महोत्तरीमा वडा अध्यक्ष दुर्घटना प्रकरण: शंकास्पद रहस्य बाहिरिए

महोत्तरी । महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा मृत भेटिएका वडा अध्यक्षको विषयमा शंकास्पद रहस्यहरु वाहिरिएका छन ।आइतबार विहान उक्त ठाउँमा  मृत भेटिएका रामगोपालपुर-२ का वडा अध्यक्ष मुकेश यादवको मृत्युको कारण उनी सवार मोटर्साइकल दुर्घटना भएको पारम्भिक निष्कर्ष निकालिएको थियो ।परिवारवाट नियोजित हत्या नै भएको दावी गरिरहेको वेला घटनास्थलमा फेला परेका प्रमाण र दुर्घटनाको पकृतिले आशंका गर्ने प्रसस्त आधारहरु भएको स्थानियहरुले वताएका छन ।

 

 

 

दुर्घटनाग्रस्त मोटरसाइकलको पछाडीको भागमा क्षती पुग्नु, मृतकको तिघ्रा र छातीमा निलडाम देखिनु, जुत्ता फुक्लिएको देखिएतापनी खुट्टामा कुनै चोटपटक नदेखिनु जस्ता विभिन्न आधारहरुले  घटना रहस्यमय भएको अध्यक्षका आफन्त पर्ने सन्तोष यादवको भनाई छ ।सोमबार भएको पोष्टमार्टम रिपोर्टले समेत मृत्युको मुख्य कारण छाती र टाउकोमा गम्भीर चोट लाग्नुलाई आधार वनाएको छ ।

 

 

 

छातिमा केही निलडाम जस्तो देखिनु र सोही भागमा नै गहिरो र गम्भीर चोटपटक लागेको पोष्टमार्टमको रिपोर्टमा समेत उल्लेख गर्नुले आशंका गर्ने कयौ ठाउँहरु देखिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले वताए ।मृतक यादव  माओवादी केन्द्र निकट थिए । उन्ले यसअघिको निर्वाचनमा पनि माओवादी केन्द्रवाट नै निर्वाचित भएका थिए ।

 

 

घटनाको छानविन गर्न माओवादी केन्द्रको माग

माओवादी केन्द्रले उन्को मृत्यु रहस्यमय भएको भन्दै प्रशासन कार्यालयलाई अनुसन्धान गर्न दवाव बढाएको छ ।आज एक पत्रकार सम्मेलनका विच माओवादी केन्द्र महोत्तरीले नियोजित हत्या गरिएको दावी सहित विभिन्न आधारहरु सार्वजनिक गरेको छ ।पार्टीका महोत्तरी  इन्चार्ज तथा पोलिटब्युरो सदस्य राजु खडकाका अनुसार मृतक यादवको मृत्यु लेनदेन र राजनीति प्रतिस्पर्धासँग समेत जोडिएको छ । मृतक यादवको निधनले रहस्यमय गम्भीर शंकाहरु उब्जाएको वताउदै सुक्ष्म अध्यण गर्दा हत्या भएको नै प्रतित हुने इन्चार्ज खडकाले वताए  ।

 

 

 

मधेश प्रदेश इन्चार्ज लीलामणि पोखरेल, पूर्वमन्त्री तथा माओवादी केन्द्र संसदिय दलका नेता भारत साह, केन्द्रिय सदस्य भवानी थापा सहितको  उपस्थितिमा  भएको पत्रकार सम्मेलनमा अन्यन्त्रवाट घटना घटाएर अपराधीले दुर्घटनाको नाटक गरेको वताईएको छ । घटनास्थलको पकृति हेर्दा हत्या नै गरेको दावी सहित माओवादी केन्द्रले ८ वटा आधारहरु सार्वजनिक गरेको छ । मोटरसाइकल ठोकिएको स्थान र मोटरसाइकलको उचाई नमिल्नु, ठोकिएको स्थानमा कुनै दाग नदेखिनु, लासको पकृति हेर्दा कसैले सुताए जस्तो देखिनु, जुत्ता, मोबाईल र पछाडिको सिटको अवस्था हेर्दा सुनियोजित जस्तो देखिनु, मोटरसाइकल ठोकिएको र लडेको अवस्था नमिल्नु छातीमा गहिरो चोट लागेको भनिएतापनि कपडामा कुनै घर्षण नदेखिनु, टाउको र छातीमा एकैपटक चोट लाग्नु र रातको ११ बजे मृतक यादवको मोबाईलमा शकास्पद फोन आउनु जस्ता आधारहरुले हत्या नै गरेको दावी माओवादी केन्द्रको छ ।

 

 

 

मृतक यादवको तिघ्रातर्फ पाइन्टमाथी बुटले हानेको जस्तो निसान र निलडाम देखिएको माओवादी मधेश प्रदेश संसदिय दलका नेता भारत साहले वताए । पोष्टमार्टम रिपोर्टमा सग्लन चिकित्सकसँग उदृढ गर्दै माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले छातीमा ५० एमएल आन्तरिक रगत  बगेको र टाउको, छातीमा एकैपटक चोट लाग्नु घटना दुर्घटना नभईकन शतप्रतिशत हत्या नै भएको दावी गरे ।

 

 

 

श्रीमतीलाई आज घर ढिलो आउछु भनेर फोन गरेका मुकेश सधैका लागि फर्किएनन

आईतवार राति आज घर ढिलो आउछु  भनेर दिएको सुचना श्रीमती आईती यादव अहिले पनि झलझल्ती सम्झिरहन्छिन ।राति अवेरसम्म पनि श्रीमान नफर्किएपछि आइतीले दर्जनौ पटक फोन गरिन तर फोन उठेन । ‘रातको ११ बजे हुनुपर्छ संजिव झा की श्रीमतीले फोन गरिन र मुकेश आफ्ना श्रीमानसँग भएको वताईन ।’ यादवले भनिन । ‘त्यसपछि मैले मैले मुकेश जीलाई फोन गरिरहे तर फोन काटियो ।’

 

 

संजिव झाले सम्सिमा संगम होटल संचालन गर्दा मृतक मुकेशको परिचय भएको थियो । झाले उक्त होटलमा महिलाहरु बटुलेर देहव्यापार गरेको आरोपमा प्रहरीले ६ महिना अगाडी पक्राउ गरेको थियो भने होटल संचालनमा समेत प्रतिबन्ध लगाएको थियो ।

 

 

उनी जेलमा परेपछि पनि मुकेश पटक-पटक भेटन गएको र झालाई भर्खरै १६ लाख धरौटी तिरेर रिहा गराएका थिए । यो हत्या पनि यही पैसासँग जोडिएको हुन् सक्ने मृतकका दाजु सतेन्द्र यादवले वताए । १६ लाख मुकेशले खोजेर धरौटी बुझाएको रकम झासँग ताकेता गरेपछि उनीहरुको दुरी केही समयदेखि टाढिएको परिवारले वताएका छन ।

 

 

आईतवार राति पनि मुकेश संजिव झा, दिलिप मण्डल र तिन जना महिलाहरु बसेर बर्दिवास-८ स्थित राजु होटलमा खाजा समेत खाएको फेला परेको छ । खाजा खाएपछि महिला र दुई पुरुष बर्दिवासस्थित एमडी स्टार होटलमा आएको होटल संचालकले वताएका छन ।

 

 

दूई महिला मध्ये एक महिला भने संगम होटलमा प्रहरीले छापा हान्दा आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिइन ।  यी सवै पृष्ठभूमि हत्यासँग जोडिएको र योजनावद्व ढंगले हत्या गरिएको परिवार पक्षको दावी छ । मृतक यादवको हक्की स्वभाव र प्रतिस्पर्धात्मक क्षमताका कारणले मृत्यु राजनीतिसँग समेत जोडिएको हुन सक्ने आकलन गरेका छन ।घटनाको थप खोजविन गरेर सत्यतथ्य वाहिर ल्याउने पनि माओवादी केन्द्रले प्रतिवद्वता जनाएको छ । यस्को लागि केन्द्र, प्रदेश र जिल्लामा प्रहरीहरुलाई तथ्यहरु दिएर अनुसन्धान अगाडी बढाउँन गम्भीर ध्यानाकर्षण गराएको इन्चार्ज खडकाले जानकारी दिए । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी,  मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र...

राहदानीको विषय समाधान उन्मुख छः परराष्ट्र मन्त्रालय

काठमाडौँ, परराष्ट्र मन्त्रालयले हाल सेवाग्राहीको उच्च मागअनुसार राहदानी पुस्तिका केही न्यून सङ्ख्या भएपनि यो विषय समाधान उन्मुख रहेको जनाएको छ । राहदानी पुस्तिका बाहिर प्रचारमा आएजस्तो अवस्थामा नरहेको मन्त्रालयले स्पष्ट पारेको हो । मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग विसं २०८२ साउनमा...

वीरगञ्ज भन्साार नाकाः विद्युतीय सवारीसाधन आयातमा बृद्धि

वीरगञ्ज (पर्सा), चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८ करोड ५ लाख मूल्य पर्ने दुई सय २९ विद्युतीय जीप,कार र भ्यानहरु आयात भएका छन् ।गत आर्थिक वर्षको तीन महिनाका तुलनामा चालु आवको सोही अवधिमा भने विद्युतीय सवारीसाधनको आयात ह्वातै बृद्धि भएको छ...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ । स्टारलिङ्कले कम–कक्षीय...

एलन मस्कको स्टारलिङ्कले भारतमा सेवा विस्तार गर्दै, महाराष्ट्र पहिलो राज्य बन्ने

नयाँदिल्ली, विश्वका चर्चित उद्यमी एलन मस्कको स्वामित्वमा रहेको स्टारलिङ्क इन्टरनेट सेवा अब भारतमा आधिकारिक रूपमा सुरु हुन लागेको छ । राजधानी वित्तीय केन्द्र मुम्बई रहेको भारतको महाराष्ट्र राज्य यो सेवा सञ्चालन गर्ने पहिलो भारतीय राज्य बन्ने भएको मुख्यमन्त्रीले बुधबार घोषणा गर्नुभएको छ । स्टारलिङ्कले कम–कक्षीय...

जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने

काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

स्वास्थ्य बीमा सेवा ‘प्रणाली’मा प्राविधिक समस्या

चितवन,  स्वास्थ्य बीमा सेवा प्रणालीमा प्राविधिक समस्या हुँदा देशभरका बिरामी प्रभावित भएका छन् । सो प्रणाली राम्रोसँग नचलेपछि लामो समय पालो कुरेर बिरामी अस्पतालबाट फर्किनु परेको छ । भरतपुर अस्पताल स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलले गएराति ११ बजेसम्म काम गर्दासमेत दिउँसोको दाबी पेस...

आरसिबीलाई २ अर्ब डलरसम्ममा बेच्ने तयारी, मालिकको रणनीतिक समीक्षा सुरू

नयाँदिल्ली, इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको नयाँ च्याम्पियन रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) का मालिकहरूले टोली बिक्री गर्ने सम्भावनाबारे गम्भीर रूपमा विचार गर्न थालेका छन् । यो प्रतिष्ठित फ्रेन्चाइजको मूल्याङ्कन करिब दुई अर्ब अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । विश्वप्रसिद्ध पेय पदार्थ कम्पनी डियाजियोको भारतीय...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९