जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट: ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

काठमाडौँ । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्बजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब ४ हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झण्डै एक वर्षपछि भेटिएको छ ।

 

 

संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ । साथै एक्लोपन पनि गम्भीर समस्याको रुपमा आएको छ । जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाहरूको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ ।

 

 

राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांक अनुसार गत जनवरीदेखि जुन सम्मको तथ्यांक विश्लेषण गर्दा घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए ।

 

 

 

करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको छ भने करिब ३९३९ जनाको शव मृत्यु भएको एक महिनापछि भेटिएको छ । जापानी सार्वजनिक टिभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो तथ्याङ्क सरकारी समूहलाई दिनेछ जसले दाबी नगरिएको मृत्युको अनुसन्धान गरिरहेको छ ।

 

 

 

यस वर्षको सुरुमा, जापानिज राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, ‘देशमा ६५ वर्ष र माथिका नागरिकहरूको संख्या २०५० सम्ममा १०.८ मिलियन पुग्न सक्छ ।’

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९