शुक्रबार, भदौ २७, २०८२

ट्रम्पमाथि फेरी हमलाको प्रयास

काठमाडौँ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरी हमलाको प्रयास भएको छ । फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो ।

 

 

सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक-४७ सहित एक व्यक्तिलाई देखेपछि गोली चलाएका थिए । तर यस घटनामा ट्रम्प लक्षित गोली प्रहार भने भएको थिएन । ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ति व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन  सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ । राइफल बोकेका रायन वेस्ली रोथ नाम गरेका एक व्यक्तिलाई पक्राउ गरिएको र यस विषयमा अनुसन्धान भइरहेको सिबिआईले जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

 

यसैबीच पूर्व राष्ट्रपति तथा ह्वाइट हाउसका उम्मेदवार ट्रम्प आफैंले आफू सुरक्षित र स्वस्थ रहेको जानकारी दिएका छन् ।आफ्ना समर्थकहरूलाई दिएको सन्देशमा डोनाल्ड ट्रम्पले आफू सुरक्षित रहेको बताएका छन् । मेरो वरिपरि गोलीको आवाज सुनियो, तर घटनाको बारेमा अफवाहहरू फैलनु अघि, आफु ठीक र सुरक्षित रहेको जानकारी गराएका छन् । उनले आफुलाई चुनावी अभियानबाट कसैले हटाउन नसक्ने बताए ।

 

 

यसैबीच राष्ट्रपति चुनावमा उनकी प्रतिद्वन्द्वी कमला ह्यारिसले यो घटनाको निन्दा गरेकी छन् । यसअघि जुलाई १४ मा पेन्सिलभेनियामा ट्रम्पको र्‍यालीमा गोली चलेको थियो । उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने अन्य दुई जना घाइते भएका थिए । आक्रमणकारी २० वर्षीय थोमस म्याथ्यू क्रुक्सको रूपमा पहिचान गरिएको थियो, जसलाई आक्रमणको लगत्तै गोप्य सेवा स्नाइपरहरूले मारेका थिए । ट्रम्प आक्रमणबाट थोरै मात्र बचेका थिए र गोली उनको कानलाई छोएर गएको थियो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९