शुक्रबार, भदौ २७, २०८२

ट्रम्प भन्छन्- आई हेट टेलर स्विफ्ट !

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गायिका टेलर स्विफ्टलाई निशाना बनाएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा ‘आई हेट टेलर स्विफ्ट’ पोस्ट गरेका छन् । ट्रम्पको पोष्टहरू टेलर स्विफ्टको इन्स्टाग्राम पोस्टको प्रतिक्रियामा आएका हुन् ।

 

 

टेलर स्विफ्टले सेप्टेम्बर ११ मा राष्ट्रपतिको बहसपछि कमला ह्यारिसको समर्थनमा पोस्ट गरेकी थिइन् । यस पोस्टमा टेलरले केही दिनदेखि भाइरल भइरहेको एआई जेनेरेट गरिएको भिडियोको पनि खण्डन गरेकी छिन्, जसमा उनी ट्रम्पको समर्थनमा देखिएकी थिइन् ।

 

 

टेलरले पोस्टमा उक्त भिडियो नक्कली भएको लेखेकी छन् । मैले निर्णय गरेको छु कि नोभेम्बर २०२४ मा हुने राष्ट्रपति चुनावमा म कमला ह्यारिस र टिम वाल्जलाई भोट दिनेछु । कमला र टिम ट्रम्पको प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार हुन् ।

 

 

टेलर स्विफ्टले कमला ह्यारिसको प्रशंसा गर्दै उनलाई योद्धा, स्थिर र प्रतिभाशाली नेता भनेकी थिइन् । उनले अराजकताको सट्टा शान्तिका माध्यमबाट मुलुकमा धेरै उपलब्धि हुने कुरा गरेकि थिइन् ।

 

 

राष्ट्रपति चुनावमा टेलर स्विफ्टको समर्थनबाट कमला ह्यारिसले फाइदा लिन सक्ने बताइन् । टेलर स्विफ्टका फ्यान भएका अमेरिकी गोरा महिलाहरूको ठूलो समूह छ । स्विफ्टको समर्थनपछि उनीहरु पनि कमलाको समर्थनमा जान सक्ने बताइएको छ ।इन्स्टाग्राममा टेलरका २८४ मिलियन फलोअर्स छन् । यो संख्या आफैमा ठूलो छ, त्यसैले यसको प्रभाव राष्ट्रपति चुनावमा देख्न सकिने विश्लेषण गरिएको छ ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९