शुक्रबार, भदौ २७, २०८२

ब्राजिलको साओ पाउलोको मेयरका उम्मेदवारबीच टिभी बहसमा कुर्सी हानाहान

काठमाडौँ । ब्राजिलको साओ पाउलोमा मेयर पदका लागि भएको प्रत्यक्ष बहसमा एक उम्मेदवारले आफ्ना प्रतिद्वन्द्वीलाई कुर्सीले प्रहार गरेका छन् । घाइते उम्मेदवारलाई अस्पताल भर्ना गर्नुपरेको थियो । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

 

 

सीएनएनका अनुसार यो बहस वामपन्थी उम्मेदवार जोसे लुइस डेटेना र दक्षिणपन्थी नेता पाब्लो मार्सेलबीच भइरहेको थियो । मार्सेलले डेटेनामाथि ११ वर्ष पुरानो यौन उत्पीडनको विषयमा टिप्पणी गरेका थिए । यसबाट आक्रोशित डेटेनाले मार्सेलमाथि कुर्सी प्रहार गरेका थिए ।

 

 

यसपछि डटेनालाई बहसबाट हटाइयो । उनले एक विज्ञप्ति जारी गर्दै आफूले गल्ती गरेको तर आफूले गरेको कामप्रति कुनै पछुतो नभएको बताएका छन् । मार्सेललाई प्राथमिक उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनलाई सास फेर्न गाह्रो भइरहेको थियो । उनको छाती र हातमा चोट लागेको अस्पतालले जनाएको छ ।

 

 

मार्सेलले कुर्सी आक्रमणलाई पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध जुलाईमा भएको हत्या प्रयास र २०१८ को चुनावमा ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोमाथि चक्कु आक्रमणसँग तुलना गरेक थिए ।

 

 

 

साओ पाओलोमा मेयरको निर्वाचन अक्टोबर ६ गते हुँदैछ । १० जना उम्मेदवार चुनावी मैदानमा छन् । राष्ट्रिय टेलिभिजन च्यानल कल्चरमा मेयरका छ जना उम्मेदवार बहस गरिरहेका थिए । यस क्रममा मार्सेलले डेटेनामा प्रहार गर्न थालेका थिए । मार्सेलले डटेना नराम्रो पत्रकार भएको र आफू मातहतमा काम गर्ने पत्रकारलाई यौन दुर्व्यवहार गरेको बताए ।

 

 

रिपोर्टका अनुसार डटेनालाई २०१९ मा एक जुनियर रिपोर्टरले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । त्यसपछि डटेनाले पत्रकारविरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए । केही महिना पछि, महिलाले डटेनाविरुद्धको आरोप फिर्ता लिएकी थिइन् । यता डटेनाले घटनापछि पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९