एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि अफगानिस्तानको पहिलो जित

काठमाडौँ । अफगानिस्तानले दक्षिण अफ्रिकालाई एकदिवसीय क्रिकेटमा पहिलो पटक पराजित गरेको छ ।जारी एकदिवसीय सिरिजको पहिलो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो ।दक्षिण अफ्रीकाले दिएको केवल १०७ रनको लक्ष्य पछाएको अफगानिस्तानले २६ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

 

 

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ३३.३ ओभरमा अल आउट हुदै केवल १०६ रन बनाएको थियो ।यो जितपछि अफगानिस्तान २ खेलको सिरिजमा १-० ले अगाडी रहेको छ । युएईको शारजहामा जारी सिरिजको दोस्रो खेल शुक्रबार हुदै छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१