
कैलाली। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सातौं वार्षिक उत्सव देसैभरी विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लम्की शाखाले वार्षिक उत्सवको अवसरमा बर्दगोरिया गाउँपालिका-२ मा रहेको साहारा घरलाई खाद्यान्न सहयोग गरेको छ । आइतबार सस्थाका कर्मचारी र अभिकर्ताहरुको सहभागितामा सहयोग असाहायहरुलाई एक छाक खाना खुवाएर सामाजिक उत्तदायितोको कार्य गरेको लम्की शाखाका मार्केटिङ प्रमुख डम्मर बुढाले जानकारी दिएका छन्।
सहयोग कार्यक्रममा पुगेका बर्दगोरिया-३ का वडा अध्यक्ष गोबिन्द बि.क ले सन नेपालले गरेको समाजिक कार्य सहार्निय रहेको बताउनु भयो । यस्तै लम्की शाखाका मार्केटिङ प्रमुख डम्मर बुढाले बिमाले सुरक्षा संगै बचत गर्न पनि आम नागरिकलाई सचेत गराउदै गएको र आगामी दिनमा प्रतेक नागरिकको पहुँचमा बिमा पुर्याउने बताउनु भयो। लम्की शाखा कार्यालयमा पनि अभिकर्ताहरुको उल्लेखनीय सहभागीतामा केक काटेर हर्सोउल्लासका साथ सस्थाले आफ्नो सातौं वार्षिक उत्सव मनाएको हो।