बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लगातार छैटौं जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्की र राफिन्हाले २-२ गोल अग्रे भने पाब्लो टोरेले एक गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि एक गोल आयोज पेरेजले गरेका थिए ।यो जितपछि बार्सिलोनाको ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी भिल्ला रियलको ६ खेलमा ११ अंक रहेको छ र लिगमा पाँचौ स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१