विदेशी महिला लागूऔषध तस्करीमा

दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशीहरु भने अन्तरदेशीय लागूऔषध तस्करमा सक्रिय रहेको पाइएको छ । त्यसमा विदेशी महिलासमेत रहेका छन् । ती महिला फरकफरक मुलुकबाट आएर नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध कारोबार गर्न खोजेका खुलेको छ । यस्ता तस्करले नेपालीलाई प्रयोग गरेर लागूऔषध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

उहाँका अनुसार एउटा घटनामा अवैध लागूऔषध ३३ किलो चरेशसहित चार जना पक्राउ परेका छन् । प्रहरीले आज सार्वजनिक गरेको पहिलो घटनाअनुसार भारतीय नागरिकसहितको मिलेमतोमा चार जना मिलेर चरेस तस्करी गर्न लाग्दा चार जना पक्राउ परेका छन् । काठमाडौँबाट विदेशमा लागूऔषध चरेसको तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ देउराली सडक किनाराबाट सोही ठाउँ बस्ने अल्कबहादुर तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट बा १९ प ३८०४ नम्बरको मोटरसाइकलको पछाडि सुटकेसभित्र लुकाइ ल्याएको अवस्थामा १० किलो चरेस बरामद गरिएको थियो । तामाङसँग थप अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध धादिङबाट काठमाडौँ ल्याइदिने थाक्रेका २७ वर्षीया स्यानी चेपाङ र सोही ठाउँकी पम्फे चेपाङलाई पनि पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । त्यसपछि तीनै जनासँग गरिएको अनुसन्धानकाक्रमा नेपालबाट उक्त लागूऔषध भारतसम्म पुयाउने सक्रिय रहेको पाइएपछि मिलेर भारतमा चरेस कारोबार गर्ने गरेको खुलेको थियो । सो क्रममा काठमाडौँको नागर्जुन बस्ने भारतका शर्राफ ग्याल्ट्सेनसमेतलाई पक्राउ गरिएको छ । उनले आफ्नो सुटकेसको तल फल्स बटम बनाएर चरेश तस्करी गर्न लागेको समयमा तीन वटा सुटकेस बरामद गरिएको थियो ।

 

उनीहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ । त्यस्तै लागूऔषध कारोबारमा सङ्लग्न रहेका दुई विदेशी महिलालाई पनि पक्राउ गरिएको व्यूरोका प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । अन्तराष्ट्रिय तस्कर नियन्त्रण तथा अनुसन्धानका लागि ‘क्रिमिनल प्रोफाइल’ बनाउने क्रममा हवाइमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने शङ्कास्पद विदेशी नागरिकको निगरानी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा युक्रेनी नागरिक ३२ वर्षकी डारिया एन्टेन्को र थाइ नागरिक आर्या फोनोक रहेका छन् ।

 

यही पुस ६ गते फ्लाइ दुबईमार्फत ब्राजिलबाट दुबई हुँदै काठमाडौँ आएकी ३२ वर्षकी युक्रेनी नागरिक डारियाको गतिविधि शङ्कास्पद लागेपछि निगरानी गर्ने क्रममा काठमाडौँको ठमेलस्थित होटलबाट पक्राउ गरिएको थियो । उनको साथमा रहेको दुई वटा सुटकेशभित्र फल्स बटम बनाएर लुकाई राखेको अवस्थामा पाँच किलो ६०० ग्राम लागूऔषध कोकिन, ३०० अमेरिकी डलर, ४८० थाई भाट र रु पाँच हजार बरामद गरिएको छ । उनीसँगको अनुसन्धानका क्रममा कोकिन लिन थाइल्याण्डबाट मलेसिया हुँदै थाइ नागरिक आर्या नेपाल भित्रिएको थाहा पाएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको खड्काले बताउनुभयो । उनीहरु सबैलाई म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान जारी रहेको छ । यसअघि प्रहरीले अमेरिकाबाट पार्सल गरी हुलाक हुँदै गाँजा र चरेस तस्करी भइरहेको तथ्य फेला पारेको थियो । उक्त घटनामा सङ्लग्न रहेका केही व्यक्तिलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारवाही भएको छ । यसरी १० किलोभन्दा माथि गाँजा तस्करी गर्ने व्यक्तिलाई दुईदेखि १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा कोकिन कारोबार गर्नेलाई जन्म कैदसम्म हुन सक्ने तथा पाँचदेखि २५ लाखसम्म जरिवानासमेत लगाउन सकिने कानुनी व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा...

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली), यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् ।     जिल्लामा...

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली, मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो । वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु...

मध्य भारतमा रेल दुर्घटना : यात्रु र मालवाहक रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन

नयाँदिल्ली, मध्य भारतमा मङ्गलबार राति एक यात्रु रेल मालवाहक (कार्गो) रेलसँग ठोक्किँदा कम्तीमा ११ जनाको दुःखद निधन भएको छ । दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर (७० माइल) उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो । वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९