ओसासुनासँग बार्सिलोना स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना पराजित भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग ४-२ गोल अन्तरले पराजित भएको हो ।ओसासुनाको जितमा आंटे बुडीमिरले २ गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एक एक गोल गरेका थिए ।त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक एक गोल गरेका थिए ।यो ओसासुनाको यस सिजनमा चौथो जित हो । यो जितपछि ओसासुनाको ८ खेलमा १४ अंक भएको छ र लिग लिगमा छैटौं स्थानमा छ । त्यसैगरी बार्सिलोनाको भने यो यस सिजनमा पहिलो हार हो । यो हारपछि बार्सिलोनाको ८ खेलमा २१ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१