कस्ले गर्ला टाटाले छाडेर गएको ६० हजार करोड सम्पतिको नेतृत्व

मुम्बई। भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका अध्यक्ष रतन टाटाको गए राती निधन भएको छ । टाटालाई उत्कृष्ट र विश्वव्यापी ब्रान्ड बनाउन उनको योगदानलाई बिर्सन कसैले पनि सक्दैन । तर, रतन टाटा एक अर्बपति मात्र नभई टाटा समूहसँग मिलेर यो देश र यहाँका करोडौं जनतालाई सहयोग दिने व्यक्तिसमेत थिए । उनले आम्दानीको कराडौं रकम दिनदुःखीको सेबामा लगाएका थिए । त्यसैले रतन टाटाको निधनले सबैलाई दुःख मनाऊ गरिरहेका छन ।

 

आफ्नो विनम्र जीवनशैली र टाटा ट्रस्टहरू मार्फत परोपकारी कार्यमा गहिरो प्रतिबद्धताका लागि पनि परिचित उनको निधन पछि उनको उत्तराधिकारी को हुने भन्ने प्रश्न उठिरहेको छ  । झन्डै ६० हजार करोड रुपैयाँको सम्पत्तिका मालिक रतन टाटा जीवनभर अविवाहित नै रहेका थिए । उनको सम्पत्ति र उत्तराधिकारीका बारेमा अहिले भारतीय मिडियामा बहस चलिरहेको छ ।

 

रतन टाटाको उत्तराधिकारीको बारेमा आजदेखि छलफल सुरु भएको हैन, यी बहसहरु लामो समयदेखि चल्दै आएका छन् । टाटा परिवारमा एन चन्द्रशेखर सन् २०१७ देखि टाटा सन्सका अध्यक्ष छन्। उनीहरू बाहेक टाटा समूहका विभिन्न कम्पनीका धेरै व्यक्तिहरू छन्, जसले भविष्यमा टाटा समूहमा विभिन्न जिम्मेवारीहरू निर्वाह गर्न सक्ने देखिएको छ ।

 

को बन्ला टाटाको उत्तराधिकारी ?

नोएल टाटा

रतन टाटाका पिता नवल टाटाको दोस्रो विवाह सिमोनसँग भएको थियो । उनका छोरा नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्। यो सम्बन्धले उनलाई रतन टाटाको विरासतको उत्तराधिकारी बनाउँन मधत गर्नेछ। नोएल टाटाका तीन सन्तान छन्, जसमा माया, नेभिल र लेआ छन्। यसकारण रतन टाटाको उत्तराधिकारी यी मध्ये जो पनि हुन सक्छन् ।

माया टाटा

यीमध्ये माया टाटा ३४ वर्षकी भइन् र टाटा समूहमा निरन्तर प्रगति गरिरहेकी छन् । बेइज बिजनेस स्कूल र वारविक विश्वविद्यालयबाट शिक्षा प्राप्त गरेपछि माया टाटाले टाटा अपरच्युनिटीज फण्ड र टाटा डिजिटलमा धेरै महत्त्वपूर्ण पदहरू सम्हालिसकेकी छिन्। यस समयमा, मायाको रणनीतिक सीप र दूरदर्शिताले टाटा नियो एप सुरु गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

 

नेभिल टाटा

नेभिल टाटा ३२ वर्षका भइसकेका छन् र आफ्नो पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्‍याउन व्यस्त छन्।नेभिल टाटाले टोयोटा किर्लोस्कर समूहकी मानसी किर्लोस्करसँग विवाह गरेका छन् र स्टार बजार, ट्रेन्ट लिमिटेडको प्रमुख हाइपरमार्केट चेन प्रमुख छन्।

 

लेह टाटा

नोएल टाटाकी जेठी छोरी लिआ टाटा ३९ वर्षकी भइन् । उनले टाटा समूहको हस्पिटालिटी क्षेत्रमा आफ्नो विशेषज्ञता प्रमाणित गरिरहेकी छिन् । स्पेनको आईई बिजनेस स्कुलमा अध्ययन गरेकी लेहले ताज होटल्स रिसोर्ट र प्यालेसमा महत्वपूर्ण योगदान दिएकी छिन् र विगत १० वर्षदेखि होटल उद्योगसँग आबद्ध छिन् ।

माया, नेभिल र लेहलाई टाटा मेडिकल सेन्टर ट्रस्टको ट्रस्टी बनाइएको छ । टाटा समूहसँग आबद्ध परोपकारी संस्थामा पहिलो पटक युवालाई समावेश गरिएको छ ।

 

यो ठूलो प्रश्न उत्तराधिकारसँग सम्बन्धित छ 

रतन टाटाले टाटा समूहको व्यापार रणनीति मात्र निर्देशित गरेनन्, सो समूहको परोपकारी पहलहरूसँग पनि घनिष्ठ रूपमा संलग्नसमेत थिए। यस्तो अवस्थामा, उत्तराधिकारीको सन्दर्भमा आधारभूत प्रश्न यो हो कि जो उत्तराधिकारी भए पनि आविष्कार, यसको सामाजिक प्रभाव र टाटा समूहको अखण्डतालाई कायम राख्ने जिम्मेवारी लिन सक्षम छन् कि छैनन् ? त्यो हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९