तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि…

म्याग्दी,  म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकमका कर्णबहादुर खत्रीको तीन दशकपछि पारिवारिक पुनर्मिलन भएको छ ।सामाजिक सञ्जाल र मोबाइल फोनको माध्यमबाट ६० वर्षीय कर्णबहादुरले आफ्नो पुर्ख्यौली थातथलो, दाजुभाइ र आफन्त खोज्दै ताकम आउनुभएको हो । “कामको खोजीमा भारतको सिलोङमा जानुभएका बुबा मतीलाल खत्रीले त्यही बिहेवारी गरेर मलाई जन्माएको ११ आँै दिनमा आमाको निधन भएको रहेछ”, कर्णबहादुरले भन्नुभयो, “बुबा घर फर्किएपछि मलाई रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित मामाघरका हजुरबुबा र आमाले हुर्काउनुभएको थियो ।”

 

 

 

तीस वर्षअघि जिल्ला सदरमुकाम बेनीमा ल्याएर दाजुभाइ र आफन्तले बुबाको नामबाट नागरिकता दिलाएपछि मामाघरमै फर्किएका कर्णबहादुर त्यसयता कसैको सम्पर्कमा नभएपछि परिवार र आफन्तहरुले माया मारिसकेका थिए । कर्णबहादुरका भाइ (फुपुका छोरा) भूमिराज केसीले केही दिनअघि ताकममा भएको कुलपूजामा सहभागी हुन श्रीमतीसहित दाजु थातथलो खोज्दै आइपुग्दा सबै दङ्ग र अचम्ममा परेका बताउनुभयो ।

 

 

 

“नागरिकता बनाएपछि मामाघरमै जानुभएका कर्णबहादुर दाइको अवस्था अज्ञात हुँदा हामीहरुले माया मारिसकेका थियौँ”, उहाँले भन्नुभयो, “जन्मथलो खोज्दै पुर्ख्यौली थलोमा आइपुगेपछि हामीहरु सबै खुसी भएका छौँ ।” जन्मजात रुपमा दाहिने आँखा नदेख्ने कर्णबहादुरले २० वर्षअघि देब्रे आँखामा लागेको चोटको समयमै उपचार नपाउँदा दुवै आँखाको दृष्टि गुमेको बताउनुभयो ।

 

 

 

रुपन्देहीमा रहेको नेत्रहीन सङ्घको कार्यालयमा बाँसको मुढा बुन्ने तालिममा सहभागी हुने क्रममा त्यही काम गर्ने दृष्टिविहीन डिलमाया चौधरीसँग कर्णबहादुरको चिनजान र १० वर्षअघि बिहेवारी भएको थियो । ३६ वर्षीया डिलमाया जन्मजात दृष्टिविहीन हुनुहुन्छ । शिक्षा शास्त्र सङ्कायमा स्नातक तह उत्तीर्ण गरेकी डिलमायाले सामाजिक सञ्जाल र वेबसाइटको माध्यमबाट श्रीमान् कर्णबहादुरको जन्मथलोको ठेगाना पहिचान गरेर सम्पर्कमा आएको बताउनुभयो ।

 

 

 

डिलमायाको माइती र कर्णबहादुरका मावलीको संरक्षणमा रुपन्देहीको सियारीमा सामानको ‘मार्केटिङ’ गरेर जीविकोपार्जन गर्दै आएका उनीहरुको सात वर्षका छोरालाई नेत्रहीन सङ्घको समन्वयमा ललितपुरको छात्रावासमा बसेर अध्ययनको व्यवस्था मिलाइएको छ । सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता र पसलको ‘मार्केटिङ’ गरेर प्राप्त हुने ज्यालाबाट उनीहरुले घरव्यवहार चलाउँदै आएका छन् ।

 

 

आफन्त र दाजुभाइ भएकै ठाउँमा बसोबास गर्ने इच्छाअनुसार पुरख्यौली थलोमा आएका कर्णबहादुरको घरजग्गा र सम्पत्ति छैन । अध्यापन गराउन सक्ने शैक्षिक योग्यता, अध्यापन अनुमतिपत्र भएकी डिलमायाले जागिरको खोजीमा रहेको बताउनुभयो ।

 

 

 

कर्णबहादुरका दिवङ्गत दाजुका छोरा बालकृष्ण खत्री ताकममा बसोबास गर्नुहुन्छ । अर्की आमाबाट जन्मिएका भाइ पनि बेपत्ता रहेका भूमिीराजले बताउनुभयो । “आफन्त खोज्दै आउनुभएका कर्णबहादुर दाइ र भाउजुको लागि ताकममै हामी आफन्तहरुले घडेरीको व्यवस्था गरेर घर बनाइदिने प्रयासमा छौँ”, उहाँले भन्नुभयो, “सुकुमवासी उहाँको आवास निर्माणका लागि वडा कार्यालय, गाउँपालिकादेखि राज्यका सम्बद्ध निकाय तथा दाताहरुबाट सहयोगको अपेक्षा गरेका छौँ ।”राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९