किन मनाइन्छ तिहार ?

काठमाडौँ । तिहार हिन्दु धर्मावलम्बीहरुको दशैं पछिको सबैभन्दा ठूलो सिंगो नेपाली मानव सभ्यताकै सांस्कृतिक पर्व हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म (पाँच दिन) मनाइन्छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो भन्ने पौराणिक मान्यता रहिआएको छ । तिहार भनेको प्रकृतिपूजक पर्व पनि हो । वर्षभरि काममा लगाइने जीवजन्तुदेखि सन्देशबाहक पन्छी काग र पानीको प्रमुख स्रोत मानिने पर्वतको पुजा गर्नु भनेको प्रेम, सद्भाव र मैत्रीको प्रतीकसमेत हो ।

 

हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली) को रुपमा यस पर्वलाई नेपाल लगायत बिश्वका थुप्रै देशमा धूमधामसाथ मनाइन्छ । यसलाई दीपावली अनि दिवाली नामले पनि चिनिन्छ । यही दिन भगवान् धनवन्तरीको जन्म भएको हुनाले यसलाई धनवन्तरी जयन्ती वा धनतरेस पनि भनिन्छ । यसै दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास छ । त्यो घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्यता छ ।

 

यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु-गोवर्धन र भाइ पुजा गरिन्छ । तिहार रंग, फूलमाला, उज्यालो र विभिन्न पूजाआजाको पर्वमा हो जसमा पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई भब्य रुपमा हर्षोउल्लासका साथ रमाइलो गरि मनाउने गरिन्छ ।

काग तिहार

काग तिहार कार्तिक कृष्ण त्रयोदशी का दिन पर्छ । यमपन्चकको पहिलो दिन तिहारमा कागको पूजा गर्दा फूल, अक्षताले आकाश तिर छर्किदै पुज्दै–ऐन्द्रवारुणवायव्यां याम्यां वै नैऋतास्तथा । वायसा प्रतिगृहृणन्तु मया दत्तं वलिंत्विमम् ।’ भन्ने मन्त्रले कागलाई बोलाएर दहीभात आदि खाद्यपरिकार दिनुपर्ने शास्त्रीय प्रावधान छ ।

 

तर अहिले कागका लागि भात, रोटि मिठार्इं तथा विभिन्न परिकार थाल वा दुना वा टपरीमा छ्तमा वा बाहिर राखिदिएर पूजा गर्ने चलन छ । यसैदिन साँझ यमराजको नाममा घरको चोक आगन आदि स्थानमा बत्ती बाल्नुपर्ने पनि प्रावधान छ । काग अत्यन्त चतुर र चलाख पक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्न बालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । समाचार बहाक काग का, का का, गरेर कराउँछ ।

 

कराएपछि ‘सुबोल बोल, ठाउँ सारी सारी बस्, शुभ समाचार दे’ भनिन्थ्यो । कौवा दक्षिणमा उडे हानि, पश्चिममा उडे दु:ख, पूर्वमा उडे लाभ र उत्तरमा उडे कीर्ति फैलिने खालको समाचार रहेछ भन्ने विश्वास गरिन्थ्यो । चराविद् हेमसागर बरालका बुझाइमा, ‘तिहारमा गरिने कागको पूजा नै सम्पूर्ण चराचुरुंगीप्रतिको प्रेम हो ।’ घरबाट फालिएका र गाउँ–सहरमा थुप्रिएका फोहोर सफा गरेर वातावरणीय स्वच्छतामा सघाउ पुर्याउन कागले मद्दत गर्छ । कागले एक पटक चिनेको अनुहार हत्तपत्त नर्बिसने अध्ययनले देखाएको छ । बरालका अनुसार काग आफैंमा एउटा सूचना संवाहक पनि हो । यसले अन्य प्राणीहरूलाई पनि सूचना दिन्छ । जंगलमा हिंस्रक जनावर देख्दा कागले आवाज निकालेर अन्य जीवजन्तुलाई खतराको पूर्वसंकेत दिन्छ । कुनै प्राकृतिक विपत्ति आउने बेलामा यसले अनौठो व्यवहार देखाउने र अनौठो आवाज निकाल्ने काम गर्छ । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।

कुकुर तिहार

कुकुर तिहार यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ कतिपय जानकारहरुले  ’द्वौ श्वानौ श्याम शवलौ वैवश्वत कुलोद्भवौ । ताभ्यामन्नं प्रयच्छामि स्यातामेता बहिंसकौ ।’ भन्ने मन्त्र पढ्दै  पूजा गर्ने गर्छ्न। कुकुर तिहारको पूजामा लागि फूल, अक्षता, माला तथा मिष्ठान्न भोजनले यस दिन घरमा पालेका कुकुर तथा कुकुर नपाल्नेहरूले बाहिरका कुकुरको पूजा गरी टीका तथा माला लगाइदिएर मीठा–मीठा खानेकुरा ख्वाउने चलन छ ।

 

यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घर को रेखदेख तथा चोर-डाँकाबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । यसरी सुरक्षाका दृष्टिले पनि कुकुर हितकारी छ । आजपर्यन्त कुकुर लोकप्रिय घर पालुवा जनावरका रूपमै छ । यस्तो गुनिलो जनावरलाई मान्छेले पूजा गर्न गर्नुको साँस्कृतिक अर्थ छ।

 

त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ ।  डा जगमान गुरुङ भन्नुहुन्छ–`कुकुर तिहारको आफ्नै सांस्कृतिक अर्थ छ, जसले सिकारी युगको समयलाई संकेत गर्छ । कुकुरको घ्राण शक्ति उम्दो हुन्छ । यसको प्रयोगले सिकार गर्न मानिसलाई सजिलो हुन्थ्यो ।´कुकुरलाई भैरव को बाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौँ ।

गाई तिहार र लक्ष्मी पूजा

तिहारको पाँच दिनमध्ये तेस्रो दिन कार्तिक कृष्ण अमावश्या अर्थात् औंसीको दिन हो । यो दिनलाई गाई तिहार पनि भनिन्छ । गाईतिहार र लक्ष्मी पूजा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाई को गोबर ले घर-आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर-कोठा-चोटा पवित्र तुल्याउने हिन्दू हरूको संस्कार छ ।  यस दिन लक्ष्मीलाई धनधान्यकी देवी र गाईलाई गौमाता मानेर पूजा गरिन्छ । प्रार्थना गर्दा “लक्ष्मीर्या लोकपालानां धेनुरूपेण संस्थिता घृतं वहति यज्ञार्थे मम पापं व्यपोहत” भन्ने मन्त्र पढ्नु पर्दछ । त्यस्तै खाने कुरा दिँदा,“सुरभिर्वैष्णवी माता नित्यं विष्णुपदेस्थिता । गोग्रासं च मया दत्तं त्वं गृहाणानुकम्पया” भन्ने मन्त्र पढ्नुपर्ने शास्त्रीय मान्यता छ ।

 

गाईलाई पशुधनका रूपमा लिइन्छ । गाईको गोबरलाई मानिसले ‘एन्टिसेप्टिक’ का रूपमा प्रयोग गर्छन् । गाईले सूर्यबाट आउने विभिन्न हानिकारक विकिरणलाई सोस्ने काम गर्छ । यसले वायुमण्डललाई स्वच्छ बनाउन मद्दत पुर्याउँछ । गाईको गोबरबाट निकालिने गोबर ग्याँस एक प्रमुख जैविक इन्धन हो। हिन्दूहरू गाईलाई लक्ष्मी र गौमाताका रूप मान्छन् ।

 

गाईजात्रा , गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मी लाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसी को रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । गाईलाई लक्ष्मीको प्रतिकात्मक मानेर गाई तिहारको बेलुका लक्ष्मीपूजा  गरिन्छ । लक्ष्मीको पूजा गर्न सयपत्री, मखमली फूल, अक्षता, अबिर, केशरी, जौ तिल, दही, पञ्चामृत, वस्त्र, सेलरोटी, शृंगारका सामग्री, नरिवल, लावा, मौसम वा अमिलो, जुनार, कपूर, सिन्के धूप, गाग्री, पैसा ढुकुटी पूजा गर्न तथा आँगन लिप्न रातो माटोको आवश्यकता पर्छ । सेलरोटी पनि लक्ष्मीलाई प्रसादका रूपमा चढाइन्छ ।

 

यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । यहि दिन महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म भएको थियो ।

 

भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको प्रसङ्ग होस् वा यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको नै किन नहोस्, यी सबै प्रसङ्गमा यो दिनको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ ।
सुख-सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो ।  नेपालमा यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ ।

 

नेपालमा यसलाई यमपञ्चकको एक भागको रुपमा मनाइन्छ । वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ। दीपावलीमा “तमसोमा ज्योतिर्गमय” अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख-सन्तोष प्रदान गर्नुहोस् । भन्ने यो दिन चेलीबेटीहरू खासगरी स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेलेर रमाइलो गर्ने चलन छ।

गोरु तिहार गोवर्धन पूजा

गोरु तिहार, हल तिहार वा गोवर्धन पूजा तिहारको चौथो दिन वा कार्तिक शुक्ल प्रतिपदाको दिन मनाइन्छ। यस दिन गोरुको पूजा गर्न फूल, अबिर, केशरी, जौ, तिल, धूप, कपूर, चामलको पिठो आदि तयार गरी फूलको माला लगाई मीठा खानेकुरा तथा पिठो खान दिने चलन छ । बाली लगाउने प्राणीका रूपमा गोरुको सम्मानमा यो पूजा गरिन्छ । गोरु र हलोले खेत जोती आन्न फलाएर कृषिको बिकासमा र मानिसको जीवनमा क्रान्ति नै ल्याइदियो। त्यही भएर गुन तिर्न गोरुको पूजा गरेको हुनुपर्छ ।

 

यस दिन हिन्दु धर्मावलम्बीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोबर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् । गोबर्धन पर्वतको पूजा गर्दा “गोवद्र्धन धराधार गोकुलत्राणकारक । कृष्णबाहुकृतच्छाय गवां कोटिप्रदो भव” भन्ने मन्त्र र बलिराजाको प्रर्थाना गर्दा “बलिराज नमस्तुभ्यं दैत्यदानववन्दित । इन्द्रशत्रोडमराराते विष्णुसान्निध्यदो भव” भन्ने मन्त्र पढ्नुपर्ने विधान छ ।

 

पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरूसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्र को पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरूले केही पाउँदैन थिए । कृष्णले एकदिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घास, पानी दाउरा दिने गोवर्धन पर्वत को पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ । आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरूलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।

 

भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृत मा गौ भनेको गाई हो । त्यसैले गोवर्धन, गोकुल, गोपाल यी शव्दहरूले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । नेवार समुदायले यहि दिन आफ्नो शरीरलाई पुजा गरी म्हपुजा मनाउँछन् । आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ म्हः पूजा गरिँदै आएको छ । परिवारमा मुलीले परिवारका सबै सदस्यहरुको म्ह अर्थात शरिरको पुजा गरी हाँस वा कुखुराको फुल सगुन अर्पण गरिन्छ ।

 

राष्ट्रिय विभूति शंखधर साख्वाले ईस्वी सम्वत् ८८० मा नेपाल सम्वत् चलाइएका थिए । उनले काठमाडौंका जनतालाई ऋणमुक्त गराई नेपाल संवत् चलाइएका थिए । त्यसरी एकजना साधारण जनताले राष्ट्रको नाममा चलाइएको संवत् फेरिएको खुसियालीमा एकआपसमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र शंखधर साख्वाको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरी मनाइने गरिन्छ ।

 

यसै दिन देखि पुरुषहरुले देउसी खेली व्यापक रमाइलो गरि तिहार मनाउने गरिन्छ। परम्परागत  देउसी  हराउदै जादैछ भने त्यसमा आधुनिकता पनि मिसिएको पाइन्छ। जे होस देउसीका कारण तिहारको मज्जा नै बेग्लै हुन्छ।

भाइतिहार (भाइ टीका)

भाइतिहार (भाइ टीका) तिहारको वा यमपन्चकको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका र महत्वका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ ।

 

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराज लाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमराजको प्रार्थना गर्दा “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करै साद्र्धं सूर्यपुत्र नमोडस्तुते” भन्ने मन्त्र पढ्न पर्दछ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले राजा बलि का लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ ।

 

भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ । लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा यसलाई लिइन्छ ।

 

यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन छ। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरूको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् ।

 

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेश को पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मङ्गलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्गकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ ।

 

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरङ्गी टीका; पहेंलो, नीलो, सुन्तला रङ्गको, सेतो, हरियो, रातो र कालो सात रङ्गका टीकालाई निधारमा उर्द्ध्वाकार रेखामा सिधा लगाइन्छ। सप्तरङ्गी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। पूजा-पाठ पछि टीका थाप्दा आत्मामा धेरै आनन्दानुभूति प्राप्त हुन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गरि  भाइटिका पर्व धुमधामसँग मनाइन्छ । समग्रमा हेर्दा तिहारका गतिविधिले हाम्रा संस्कार र सभ्यताको सांगोपांगो झल्को दिन्छन् । यो पर्वले सत्य र असल कार्यका लागि बत्तीजस्तै प्रज्जवलित हुन हामी सबैलाई प्रेरित गर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा,  यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरुको दैनिकी चलाउनै समस्या भएको गुनासो गर्न थालेका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नगरपालिकाका सम्पूर्ण खाता रोक्का गरिदिएपछि यो समस्या भएको हो । एक विद्यालयका...

रानीवासमा महिला सामुदायिक भवन निर्माण

भोजपुर,  भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ ।     रानीवासका महिलाले...

मल्कवाङमा विद्युतीकरण

म्याग्दी,  म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङमा केन्द्रिय प्रशारण लाइनमार्फत विद्युतीकरण भएको छ ।  नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तर्गत धवलागिरी गाउँपालिका–६ मराङ हुँदै मल्कवाङमा केन्द्रीय प्रशारण लाइन विस्तार गरेर विद्युुतीकरण गरिएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, तार तान्ने र एक सय...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

प्रि–मनसुन : चैते धानलाई अनुकूल

काठमाडौँ,  देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको वर्षाले चैते धान खेतीका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । रोपाइँको मुख्य समयमा भएको यस वर्षाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएसँगै किसानहरूमा आशा बढेको छ । प्रि–मनसुन साधारणतया मध्य फागुनदेखि मध्य जेठसम्मको अवधिलाई मानिन्छ ।...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारण सभा : अध्यक्ष बाहेक सबै सर्वसहमत चयन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा, खैरेनीमा रहेको शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक चुनावी साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आत्मा प्रसाद जैसीको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर – ३ का वडाअध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

महेन्द्रनगर (धनुषा),  मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताउनुभएको छ ।शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित,...

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

पर्वत,  यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।     आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु...

प्रधानमन्त्री कप क्रिकेटः मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज (पर्सा), प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।वीरगञ्जको नारायणी रङ्गशालामा भएको उक्त खेलमा मधेस प्रदेशले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । सुरुआती चरणमा ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले ४३ दशमलव २ ओभरमा सबै विकेट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९