बंगलादेशमा हसिनाको दल अवामी लिगको केन्द्रीय कार्यलय तोडफोडपछि आगजनी

काठमाडौँ । बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि पनि उनको र गठबन्धन दलको समस्या कम हुने संकेत देखिएको छैन । हसिनाको पार्टी अवामी लिग र गठबन्धन दलका नेताहरू अन्तरिम सरकारको कार्यको सिकार भइरहेका छन् ।यसैबीच अहिले ढाकास्थित राष्ट्रिय पार्टीको केन्द्रीय कार्यालयलाई पनि प्रदर्शनकारीले निशाना बनाएका छन् । उनीहरुले पहिले कार्यालयमा तोडफोड गरेपछि आगजनी गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् । बंगलादेशमा १५ वर्ष शासन गर्ने शेख हसिनाको पार्टीले यस वर्ष अगस्टमा विद्यार्थी आन्दोलनको सामना गर्नुपरेको थियो जसमा उनको सरकार सत्ताबाट हटाइएको थियो ।

 

 

बंगलादेश सन् १९७१ मा स्वतन्त्र भएको थियो । बंगलादेशमा स्वतन्त्रतादेखि नै आरक्षण प्रणाली लागू छ। यसअन्तर्गत स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत, पिछडिएका जिल्लाका युवालाई १० प्रतिशत, महिलालाई १० प्रतिशत, अल्पसंख्यकलाई ५ प्रतिशत र अपाङ्गता भएकालाई एक प्रतिशत आरक्षणको व्यवस्था गरिएको थियो । यसरी बंगलादेशमा सरकारी जागिरमा ५६ प्रतिशत आरक्षण थियो । २०१८ मा, बंगलादेशका युवाहरूले यस आरक्षणको विरोधमा प्रदर्शन गरे। केही महिनाको आन्दोलनपछि बंगलादेश सरकारले आरक्षण अन्त्य गरेको घोषणा गरेको छ ।

 

 

गत जुन ५ मा, बंगलादेशको सर्वोच्च अदालतले देशमा पुरानो आरक्षण प्रणाली पुन: लागू गर्न आदेश दिएको थियो । शेख हसिना सरकारले सर्वोच्च अदालतको फैसलाविरुद्ध अपिल पनि गरेको थियो तर सर्वोच्चले उक्त आदेशलाई कायम राखेको थियो ।यसबाट विद्यार्थीहरु आक्रोशित भएका छन् र उनीहरुले विरोध गर्न थालेका छन् । बंगलादेशका विश्वविद्यालयहरूबाट सुरु भएको यो विरोध पछि हिंसामा परिणत भयो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१