अमेरिकामा कसरी हुन्छ सत्ता हस्तान्तरण ?

काठमाडौँ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर अब उनले यो पद सम्हाल्न कम्तिमा ७४ दिन कुर्नुपर्नेछ । वास्तवमा, अमेरिकी राष्ट्रपति चुनावको परम्परा अनुसार, पुरानो राष्ट्रपतिले नयाँ निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्दछन् । यस प्रक्रिया अन्तर्गत, नयाँ अमेरिकी राष्ट्रपतिले आफ्नो शपथ लिन्छ र त्यसपछि उनको कार्यकाल सुरु हुन्छ ।

यस प्रक्रियाका कारण डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोह जनवरी २० मा मात्र हुने छ । त्यतिन्जेल वर्तमान राष्ट्रपति जो बाइडेन ह्वाइट हाउसमै रहनेछन् । तथापि, बाइडेनसँग राजनीतिक रूपमा धेरै सीमित शक्ति र अधिकार हुनेछ । निर्वाचनपछि नयाँ राष्ट्रपतिले शपथ लिने दिनसम्मको अवधिलाई प्रेसिडेन्सियल ट्रान्जिसन भन्ने गरिन्छ ।

के हो प्रेसिडेन्सियल ट्रान्जिसन ?

राष्ट्रपित पदका उम्मेदवारले निर्वाचन जितेपछि शपथसम्मको समयलाई ट्रान्जिसन भनिन्छ । यो ट्रान्जिसनको तयारी निर्वाचित राष्ट्रपतिको गैर नाफामूलक ट्रान्जिसन टोलीले गर्छ । यो टोली निर्वाचन अभियानभन्दा फरक हुन्छ र यसको आफ्नै स्टाफ र बजेट हुन्छ । तर प्रशासनले वजेटको स्वीकृति भने दिनुपर्छ जुन भइसकेको छ । अमेरिकामा सबै राज्यले डिसेम्बर २४ सम्म आफ्नो राज्यको निर्वाचनको नतिजा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसपछि जनवरी २० मा शपथग्रहण कार्यक्रम हुन्छ । जनवरी २० सम्म बाइडेन राष्ट्रपतिकै रुपमा कायम रहन्छन् ।

यस अवधिमा पुरानो प्रशासनले नयाँ आउने राष्ट्रपतिको टिमलाई विश्वभर भइरहेका गतिविधिहरु र अमेरिकी कामकारबाहीको विषयमा जानकारी दिने बताइन्छ । अमेरिकाको सीआईएसहितका सबै गुप्तचर संस्था र अन्य महत्वपूर्ण जानकारी पनि निर्वाचित राष्ट्रपतिलाई दिइने बताइएको छ ।

किन हुन्छ ट्रान्जिसन ?

निर्वाचित राष्ट्रपतिले २० जनवरीमा शपथ लिएसँगै कुनै पनि काम नरोकिउन भन्ने उद्देश्यका साथ यो योजना ल्याइएको हो । साथै बीचको अवधिमा पनि कुनै काम नरोकियोस् भन्नका लागि यो प्रक्रियाको व्यवस्था गरिएको हो । पार्टनर फर पब्लिक सर्भिसको सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसन अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार र उनको टोलीलाई नयाँ प्रशासन वा राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु गर्न सहयोगका लागि जानकारी तथा संसाधन उपलब्ध गराउने एक निष्पक्ष माध्यम हो । यसले ट्रान्जिसन लागू गर्नमा सहयोग गर्छ ।

 

यो सेन्टरले निवर्तमान राष्ट्रपतिको दोस्रो कार्यकालको तयारीको लागि पनि सहयोग गर्छ भने नयाँले जितेको अवस्थामा निवर्तमान राष्ट्रपतिलाई पनि सजिलै सत्ता हस्तान्तरणको लागि जरुरी कदमको विषयमा सल्लाह दिन्छ । यसले सन् २०२४ प्रेसिडेन्सियल ट्रान्जिसन गाइड जारी गरेको छ । यसमा नयाँ नेतृत्वको लागि आवश्यक सबै चरणको विषयमा जानकारी दिइएको छ । यसमा उल्लेख गरिएअनुसार निर्वाचन भएको मितिभन्दा अघिदेखि नै ट्रान्जिसन बनाउने काम सुरु गर्नुपर्छ । त्यसका लागि संगठन तयार गर्ने, लक्ष्य तयार पार्ने र आफ्नो प्राथमिकता हासिल गर्न आवश्यक कदम चाल्नुपर्छ ।

यद्यपि अहिले ट्रम्पले निर्वाचनमा जित हात पारेर ट्रान्जिसन प्रक्रिया सुरु भए पनि अझै पनि राष्ट्रपति बाइडेनले आफ्नो फैसला लिन पाउँछन् र उनको फैसलामा ट्रम्पले हस्तक्षेप गर्न भने पाउँदैनन् । ट्रान्जिसनको प्रक्रियामा ह्वाइट हाउस र राष्ट्रपतिको कार्यालयको कर्मचारी नियुक्ति महत्वपूर्ण काम हो । त्यसका सँगै चार हजारभन्दा धेरै राष्ट्रपतीय नियुक्ति गरिन्छ । यसमध्ये १२ सयभन्दा धेरै नियुक्तिमा माथिल्लो संसद सिनेटको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । यस पटक ट्रम्पको पार्टी रिपब्लिकनले बहुमत हासिल गरेको हुनाले यसमा सिनेटको सहज सहयोग हुने विश्वास गरिएको छ । साथै यो प्रक्रियामा निर्वाचन प्रचारको क्रममा गरिएको प्रतिबद्धताको आधारमा नयाँ प्रशासनले नीतिको प्रारुप तयार पर्ने गर्दछ । यसमा कार्यकारी आदेश, व्यवस्थापकीय एजेण्डा, बजेट प्रस्ताव र सम्भावित कानुनको योजना बनाउने जस्ता काम सामेल हुन्छन् ।

कहिले सुरु हुन्छ टान्जिसन ?

ट्रान्जिसनको औपचारिक सुरुवात निर्वाचनको नतिजा आएपछि हुन्छ । सन् १९६३ को प्रेसिडेन्सियल ट्रान्जिसन ऐन अनुसार जीएसएलाई राष्ट्रपतिको टोलीलाई कार्यालय र अन्य संसाधन सुम्पिने जिम्मेवारी दिइएको छ । सन् २०१० मा यो कानुनमा भएको संशोधनअनुसार प्रमुख पार्टीका उम्मेदवारलाई सरकारी सहायता पहिला नै सुरु गर्ने अनुमति दिइएको छ । यसमा उनीहरुलाई कार्यालय, कम्प्युटर र सेवाको प्रयोग मनोनयन दर्ता भएसँगै प्रयोग गर्ने अनुमति दिइएको थियो । यस वर्ष गत अगष्टमा मनोनयन दर्ता भएको थियो । यद्यपि ट्रान्जिसनको अवधिमा नयाँ निर्वाचित उम्मेदवारको टोलीले भने पदासीन राष्ट्रपतिको निर्णयमा कुनै किसिमको दखल पुर्‍याउन सक्दैन ।

ट्रान्जिसनमा यति धेरै समय किन लाग्छ ?

सामान्य हिसाबमा ट्रान्जिसनको लागि ११ साताको समय लाग्छ । यो नोभेम्बरको सुरुवातमा मतदानको दिनदेखि शपथ ग्रहणको मितिको बीचको अवधि हो । यद्यपि निर्वाचनको नतिजा आउनमा ढिलाइ भए ट्रान्जिसनको अवधि घटाउन सकिन्छ । यस वर्ष मतगणना सामान्य रुपमा नै सम्पन्न हुनेक्रममा रहेकाले यो प्रक्रिया नियमित रुपमा तोकिएको समयमै संचालन हुने भएको छ । ट्रान्जिसनको प्रक्रिया पूरा गर्ने पैसा सरकारी र निजी कोषबाट जुटाउने गरिन्छ । जीएसए प्रशासनसँग ट्रम्पको ट्रान्जिसन टोलीलाई ६० लाख डलर दिने कानुनी अधिकार छ । यो रकमका साथै ट्रम्पले पनि अनुदानबाट आफ्नो ट्रान्जिसनका लागि रकम जुटाउन पाउने व्यवस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९