आज कति छ सुनचाँदीको मुल्य ?

काठमाडौं । आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६२ हजार ४ सयमा कारोबार भएको छ ।यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार ६ सयमा कारोबार भएको थियो  ।त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?