विदेशमा सिकेको सीपले यहाँ १० जनालाई रोजगारी

पारिवारिक सुखका लागि सन् २००६ मा खाडी देशमा रोजगारीका लागि होमिनुभएका मोरङ उर्लाबारीका राजकुमार निरौलाले त्यँहा रहदा एक कम्पनीमा बेकरी बनाउने काम पाउनुभयो । परिवारको माया र आफन्तको साथ छोडेर करिब १० वर्ष दुबईमा रोजगारी गरी सन् २०१६ मा नेपाल फर्किनुभएका उहाँले विदेशमा सिकेको सीप र क्षमतालाई स्वदेशमै उपयोगमा ल्याउन सदाका लागि वैदेशिक रोजगारी त्यग्ने सोच बनाउनुभयो । वैदेशिक रोजगारीमा सङ्गालेको अनुभवलाई समेटेर निरौलाले रु ५० लाखको लगानीमा उर्लाबारी–५ स्थित सिर्जना चोकमा ‘नोभा बेकरी उद्योग’ स्थापना गर्नुभयो । विदेशमा कमाएको सबै रकम उद्योगमा लगानी गर्दा सुरुसुरुमा उहाँले लगानी डुब्ने हो की भन्ने पिरले निकै मन पोल्ने गरे पनि निरन्तर उद्योग सञ्चालनमा लागिरहँदा आज उर्लाबारीमै सफल बेकरी उद्योगीका रूपमा स्थापित भइएको बताउनुभयो । उद्योगबाट उत्पादित बेकरीका ‘आइटम’ले छोटो समयमै उपभोक्ताको मन जित्न सफल भयो ।

 

आत्मविश्वास भए स्वदेशमै उन्नति गर्न सकिँदो रहेछ भन्ने दरिलो हिम्मत आफूमा पलाएको बताउँदै निरौलाले यस उद्योगबाट बर्थ–डे केक, केक, ब्रेड, बिस्कुट, क्रिमडोल, पप, डुनोट, विभिन्न प्रकारका पाउरोटी यति बेला धमाधम उत्पादन भइरहेका छन् भन्नुभयो । हाल बजारमा डुनोट, ब्रेड र केकको बढी माग हुन्छ । उहाँले भन्नुभयो –“मेरो उद्योगमा दैनिक १० जनाले निरन्तर काम गरिरहेका छन् तर बजारको माग धान्न मुस्किल छ ।” नोभा बेकरीका उत्पादन पूर्वी मोरङका मुख्य सहर उर्लाबारी, पथरी, बेलबारी, विराटचोक, झापाको दमक बजार र गाउँ बस्तीसम्म छाएका छन् । बजारबाट बेकरीको राम्रो माग भएपछि आधिकारिक बिक्री काउन्टर खोल्ने सोचमा पुग्नुभएका निरौलाले भन्नुभयो, “हालसम्म उद्योगबाटै उत्पादित वस्तुलाई बजारसम्म लाने गरिएको थियो अब उर्लाबारी चोकको पश्चिमतर्फ रोड हाउस क्याफेसँगै रहेको कोइराला मार्केटमा बिक्री काउन्टर खोलेर व्यवसायलाई विस्तार गर्ने सोचमा छु ।” उद्योग सञ्चालनमा आएको सात वर्ष नबित्दै नोभाका उत्पादनको व्यापार फस्टाउँदै गएको छ ।

 

उहाँसँगै परिवारका सदस्य र कामदारलाई बेकरीमा आउने मागलाई पूर्ति गर्न सधैँ हतारो हुने गरेको उक्त व्यापारलाई नजिकबाट नियाल्नेहरुले बताए । गुणस्तरीय उत्पादन र छरितो सेवाका कारण ग्राहकको रोजाइँ बनिरहेको नोभाका नियमित ग्राहक ज्योति भट्टराईले उल्लेख गर्नुभयो । चाडपर्वमा बढी उत्पादन र बिक्री हुने चर्चा गर्दै निरौलाले भन्नुभयो, “होटल, किराना र अन्य खुद्रा बेकरीलाई उत्पादित सामान दिने गरेका छौंँ ।”आफूले नोभाकै बिस्कुट र पाउरोटीहरु बिक्री गर्दै आएको उर्लाबारीको पश्चिम बस स्टेसनमा रहेको श्रेष्ठ होटलका सञ्चालक राम श्रेष्ठको भनाइ थियो । विभिन्न उत्सव र चाडपर्वका लागि बेकरी आइटमका केक गुणस्तरीय उत्पादनमा जोड दिइरहनुभएका निरौलाले होटल, पार्टी प्यालेस र व्यक्तिगत माग पनि धान्दै आउनुभएको छ । “स्वदेशमा नै केही उद्यम गरे रोजीरोटी र रोजगारीसमेत सिर्जना गर्न सकिने सम्भावनालाई मूर्तरूप दिन सपरिवार लागिपरेका छौँ” उहाँले भन्नुभयो, “बजारमा हाम्रो उत्पादन नयाँ नै हो, हामी सिकिरहेका छौँ, फड्को मारेको त नभनौँ तर सबै खर्च कटाएर मासिक रु एक लाख ५० हजारको हाराहारीम बचत हुने गरेको छ, हाम्रो तयारी अझ निखार्न ज्ञान, प्रविधि र सीप हासिल गर्न हामी बढी केन्द्रीत छौ, हाम्रो उद्देश्य ग्राहकको स्वास्थ्यलाई सर्वोपरी राख्दै गुणस्तरमा कुनै समझौता नगरी शुद्ध, सफा, गुणस्तर र हाइजेनिक उत्पादन दिनु हो ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९