अलकायदा छाडेर कसरी जुलानी सिरियाका राष्ट्रबादी नेता बने ? राेचक कथा जान्नुहाेस्

दमास्कस । सिरियामा युद्ध समाप्त भएको थिएन तर अचानक अबु मोहम्मद अल जुलानीले यस्तो चाल खेलिदिएकी सम्पूर्ण खेल नै उल्टो हुन पुग्यो। हिजो बिहान अचानक उनका सेना राजधानी दमास्कस पुगे, लगत्तै बशर अल असदको शासन समाप्त भयो । अब जुलानी सिरियाको अनुहार जस्तो देखिन्छन् । तर खासमा जुलानी को हुन् ? जसले ५ दशक लामो असद परिवारको राजवाट देशलाइ मुक्त गराए ।

 

 

 

उनी त्यही व्यक्ति हुन, जो कुनै समय अल कायदाको झण्डामुनि बसेर अमेरिका बिरूद्द लडेको थियो, जो अहिले सिरियाको नयाँ नेता बन्न खोज्दैछन् ।

अब मोहम्मद अल जुलानीको जीवन कथा र कसरी उनी सिरियाको राजनीतिक इतिहासमा सबैभन्दा ठूलो नाम बन्न पुगे, त्यो अब बताउने छौं ।

 

 

 

केही दिनअघि अबु मोहम्मद अल जुलानी एलेप्पोको ऐतिहासिक किल्लाको सिँढीमा चढेको देखिएका थिए । खाकी लुगा लगाएका गार्डहरूसहित त्यो पनि बिना हतियार। र, साथमा पछाडि हजारौं समर्थकको भीड देखिएको थियो । यो तस्बिर उनै जिहादी नेताको थियो, जसले हालै सिरियाको सबैभन्दा ठूलो सहर एलेप्पो कब्जा गरेका थिए र केही दिनभित्र हामा, होम्स र अन्त्यमा दमस्कस पनि कब्जा गर्न सफल भएका थिए । र त, असद परिवारको ५० वर्ष पुरानो शासन उखेलियो तर १३ वर्षदेखि चलिरहेको युद्धमा अचानक नयाँ मोड आयो ।

 

 

 

वास्तवमा, असदको सेनाको अवस्था पहिले नै खराब थियो। रुस र इरानको समर्थनको बाबजुद उनको सेना विघटन भएको अवस्था थियो । तर, जुलानीले युद्धमा मात्र ध्यान दिएनन्, उनले वर्षौंदेखि सोचेर हरेक कदम चाल्न सुरू गरेका थिए।

 

 

 

दमन विरुद्ध लड्ने जुलानीको निर्णय

 

 

सन् १९८२ थियो । अहमद हुसेन अल शरा उर्फ अबु मोहम्मद अल जुलानी सिरियाको राजधानी दमास्कसको एक मध्यमवर्गीय सुन्नी परिवारमा जन्मेका थिए। उनको परिवार मध्यम वर्गीय अरबी परिवार थियो। बुबा इन्जिनियर थिए भने उनको परिवार साउदी अरेबियाको अरामको कम्पनीको नजिकै बस्थे। साउदी अरबमा बिताएको उनको बाल्यकालले जुलानीमा धार्मिक र सांस्कृतिक मूल्य मान्यताको गहिरो छाप छोड्यो। उनी पढाइमा अब्बल थिए र साथीहरू माझ चतुर केटा भनेर चिनिन्थ्यो। तर त्यहाँ केही थियो, जसले उनलाई अन्य बच्चाहरु भन्दा फरक बनायो। उनी गहिरो धार्मिकता र इतिहासमा रुचि राख्थे तर उनको परिवार सिरियाली राजनीतिबाट गहिरो प्रभावित थियो।

 

 

जुलानीको जन्म हुँदा सिरियाली राजनीतिमा उथलपुथल भइरहेको थियो। बशर अल असदका पिता हाफेज अल असदको सरकारले सन् १९८२ मा होम्स र हमामा मुस्लिम ब्रदरहुड विरुद्ध ठूलो नरसंहार गरेको थियो। त्यसमा हजारौं मानिसहरू मरेका थिए र यसले सिरियाको धार्मिक र राजनीतिक गतिशीलतालाई सदाको लागि परिवर्तन गर्यो। यो त्यो समय थियो, जब जुलानीको परिवार र उनीजस्ता अन्य धेरै सुन्नी मुस्लिमहरू बीच असद सरकार विरुद्ध क्रोध उत्पन्न भइरहेको अवस्था थियो । अन्ततः जुलानीको परिवार सन् १९९० को दशकमा दमास्कस फर्कियो। जुलानीको जीवन परिवर्तन हुन लागेको थियो । सन २००० मा दोस्रो इन्टिफादा, प्यालेस्टाइनमा विद्रोह सुरु भयो। यसले जुलानीको मन र दिमागमा गहिरो छाप छोड्यो। त्यतिबेला उनी १७–१८ वर्षको मात्र थिए तर

उनलाइ त्यो उत्पीडन विरुद्धु लड्ने निर्णयमा पुगिसकेका थिए ।

 

 

 

जुलानीको विचारलाई ‘क्याम्प–बुका’ मा एक किनारा मिल्यो । त्यसपछि सन २००३ आयो। जब अमेरिकाले इराकमा आक्रमण गर्‍यो, अरब जगतमा क्रोधको लहर चल्यो। त्यतिबेला जुलानी २१ वर्षका थिए । उनले आफूलाई सुन्नी मुस्लिमको रक्षा गर्ने मुजाहिदीनको रूपमा हेर्ने निर्णय गरे। र, जुलानीले आफ्नो झोला प्याक गरिन् । दमास्कसबाट बस समातेर सिधै बगदाद गए तर यो सामान्य यात्रा थिएन। बगदादमा उनी अमेरिकी सेनाविरुद्ध लडिरहेका विद्रोही समूहहरूमा सामेल हुन पुगे । जुलानीको नाम इराकमा सानो लडाकुको रूपमा चिनिन थाल्यो तर भाग्यमा अर्कै कुरा थियो । अमेरिकी सेनाले उनलाई समातेर  ‘क्याम्प बुका’ मा कैद गर्यो ।

 

 

 

अब प्रश्न छ, शिविर बुका के थियो ? क्याम्प बुका दक्षिणी इराकमा रहेको अमेरिकी जेल थियो, जहाँ आइएसएस, अल कायदा र अन्य जिहादी समूहका शीर्ष नेताहरूलाई कैद गरिएको थियो। यो जेललाई आतंकवादीहरूको विश्वविद्यालय भनिन्छ। यहाँ जुलानीले आफ्नो दिमाग र विचारलाई अझ तिखार्ने मौका पाए । उनले अल कायदाका नेताहरू, विशेष गरी अबु बकर अल बगदादीसँग आफ्नो सम्बन्ध बलियो बनाए। उनले कुख्यात आतंकवादीहरूसँग मित्रता गर्न सुरू गरे । र, तिनीहरूको योजना सुने पछि उनमा नयाँ विचारधाराको विकास गर्न सफल भए ।

 

कट्टरपन्थीबाट राष्ट्रवादी नेता

 

 

 

सिरियामा सन् २०११ मा विद्रोह सुरु भएको थियो । अरब वसन्तको प्रभाव सिरियामा पुग्यो र जुलानीले क्याम्प बुकाबाट मुक्त भएर सिरिया फर्कने निर्णय गरे। तिनीहरूसँग पैसा, मानिसहरू र एउटा मिशन थियो, अल कायदाका लागि सिरियामा प्रवेश गर्ने । यहीँबाट उनको वास्तविक यात्रा यहीबाट सुरु हुन्छ । सिरिया फर्के पछि जुलानीले अल कायदाको सहयोगमा नयाँ संगठनको जग बसालेका थिए। यस समूहको नाम अल नुसरा फ्रन्ट थियो। यस समूहको उद्देश्य स्पष्ट थियो, असद सरकारलाई ध्वस्त पार्ने र सिरियामा इस्लामिक शासन स्थापना गर्ने। आत्मघाती हमलादेखि सिरियाली सेनामाथि घातक हमलासम्म, अल–नुसरा फ्रन्टले सम्पूर्ण देशमा डर पैदा गराउन थाल्यो ।

 

जुलानीले संगठनलाई स्थानीय सिरियाली विद्रोहको अनुहारमा बदल्न पर्ने सोचमा पर्न थाले र त जुलानीले चाँडै महसुस गरे कि उनले आतंकबाट मात्र आफ्नो लक्ष्य पूरा गर्न सकिदैन् । त्यसपछि जुलानीले आफूलाई अलकायदा र आईएसआईएसबाट टाढा राख्न सुरू गरे । सन् २०१३ मा उनले आतंकबादी संगठन अबु बकर अल बग्दादीबाट आफूलाई अलग हुने निर्णय लिए । र, उनले आफूलाई ‘कट्टरपन्थीभन्दा राष्ट्रवादी बढी’ भनेर प्रस्तुत गर्न थाले ।

 

 

 

आतङ्ककारी देखि राजनीतिक शक्तिसम्म

 

 

अब जुलानीले बन्दुक र हिंसाको सहारा मात्र लिएनन्। राजनीतिक चेस बोर्डमा ठूला नेताहरूले बुझ्नै नसक्ने खालका कदम चालेका छन् । सिरियाको राजनीतिक नक्सामा ठूलो उथलपुथल भयो, जब जुलानीले २०१७ मा ठूलो कदम चाले । उनले आफ्नो संगठनलाई पूर्ण रूपमा नयाँ डिजाइनमा लगे । उनले आफ्नो समूहको नाम परिवर्तन गरी हयात तहरीर अल शाम अर्थात् एचटीएस राखे। यस परिवर्तनको उद्देश्य समूहलाई आतंकवादी संगठनबाट ‘राजनीतिक शक्ति’मा रूपान्तरण गर्नु थियो। उनले सिरियाको विद्रोही क्षेत्रमा विद्यालय, अस्पताल र स्थानीय प्रशासन स्थापना गर्न सुरू गरे र उनी एक हदमा सफल पनि भयो । सिरयाली जनताले उनलाइ नयाँ छवीको रूपमा देख्न थाले । र, समूहका कट्टरपन्थी मानिसहरूलाई बाहिर निकालियो।

 

 

 

एक हिसाबले उनले आफ्नो संगठनलाई ‘इस्लामिक’ र ‘प्रगतिशील’ देखाउन खोजेका थिए । एचटिएसले रूस र पश्चिमी देशहरूसँग प्रत्यक्ष संचार पनि सुरु गर्न थाल्यो । जुलानीले अब आफू ‘आतंकवादी’ नभई ‘राजनीतिक नेता’ भएको सन्देश दिएका छन् । त्यसपछि त्यो ऐतिहासिक मिति आयो– एलेप्पोको पतन।

 

 

 

जब जुलानीले अलेप्पोको किल्लालाई जित्यो, त्यो विजय मात्रै थिएन, अब असद सरकारको दिनगन्ती सुरू भएको संकेत थियो। त्यसपछि आइतबार बिहान उनका सेना राजधानी आयो र दमास्कसको सत्ता क्षणभरमा नै ढालिदियो । रुस र इरान जस्ता शक्तिशाली देशको समर्थनमा रहेको असद सरकार केही घण्टामै ढलेको थियो । यो कुनै चमत्कार थिएन। यो जुलानीमा आतंकबादीबाट रूपान्तरण भएर राष्ट्रवादी नेताको रूपमा  भएको परिवर्तन र उनको सफल  ‘कूटनीति’को परिणाम थियो।

 

 

 

के जुलानी आतंकवादी हुन ? उनले हतियारले मात्रै लडेका होइनन्, बिचार र योगदानले पनि लडेका छन् । उनले त्यहाँका जनजातिहरूसँग कुरा गरेर अल्पसंख्यकहरूको विश्वास जितेका थिए। र सबैभन्दा चकित पार्ने कुरा  उनले रूसलाई भने कि यदि तिनीहरू सिरियाको पुनर्निर्माण गर्न चाहन्छन् भने एचटीएसले उनीहरूसँग काम गर्न सक्छ।

 

 

 

तर, अब प्रश्न उठ्छ कि जुलानी आतंकवादी हो कि नेता ? उनका बारेमा धेरै विरोधाभासी कुराहरू छन्। कतिपयले उनलाई कट्टरपन्थी भनेका छन् । एचटीएसको बदलिएको प्रकृति देखेर कतिपयले यसलाई सिरियाको  ‘भविष्य’ पनि ठान्छन्। तर एउटा कुरा प्रष्ट छ, जुलानीले राजनीति र युद्धको यस्तो संयोजन सिर्जना गरेका छन्, जुन यसअघि कसैले देखेका छैनन् ।

 

 

 

अब जुलानी र पश्चिमी देशबीचको सम्बन्ध कस्तो हुन्छ ? त्यो हेर्न बाँकी छ । यो प्रश्न हो किनभने अमेरिकाले एचटिएसलाई आतंकवादी संगठन घोषित गरेको छ। यसले पश्चिमी देशहरूसँग सम्बन्ध बनाउने र सिरियाको नेतृत्व गर्ने जुलानीको सपनामा कठिनाइ सिर्जना गर्न सक्छ। जुलानी आफ्नो रणनीति, बुद्धिमत्ता र चलाखीले सिरियाको राजनीतिक नक्सा परिवर्तन गर्ने व्यक्ति हुन् भन्ने उनलाइ ठानिएको छ । किनभने, यो पटक कुनै मानवीय हताहत बिना जुलानीले दमास्कस कब्जा गरेका छन् र राष्ट्रपति असद देश छाडेर भागेका छन् । तर उनको अबको यात्रा कस्तो होला ? समयले मात्र बताउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौँ,   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने विषयमा मुख्य रूपमा छलफल हुने छ ।सभापति लामिछानेको स्वास्थ्य अवस्थाका कारण यसअघि आज बस्ने भनिएको सचिवालय बैठक भोलि...

बजारमा ग्यास अभाव, आयात भने नियमित

सिद्धार्थनगर (भैरहवा), भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको बताएका छन् ।स्थानीय उपभोक्ताहरूका अनुसार एउटा ग्यास सिलिण्डरका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था सिर्जना...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इंग्लिस बोडिङ्ग स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यु स्टार इङ्लिस बोर्डिङ स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला कार्यक्रम शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ। शिक्षक अभिभावक सङ्घका अध्यक्ष रमा पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर रावत प्रमुख अतिथिका रूपमा उपस्थित...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ (गलकोट),  बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ ।आवश्यक खोप र जनशक्ति दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर शुक्रबार खोप लगाइएको हो । ढोरपाटनको...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९