असदले देश छाडेर भागेको भन्दै मस्कोस्थित सिरियाली राजदुत क्रुद्द

मस्को। रूसका लागि सिरियाली राजदूतले अल असदको बहिर्गमन ‘लज्जास्पद र अपमानजनक’ भनेर टिप्पणी गरेका छन् ।

रुसका लागि सिरियाली राजदूत बसर अल जाफारीले आरटी अरबीलाई भनेका छन्, ‘देशप्रति कुनै जिम्मेवारीबोध नगरी रातको समयमा लाजमर्दो र अपमानजनक भाग्नुले परिवर्तनहरूको आवश्यकता पुष्टि गरेको छ ।’

 

‘केही दिनमा भ्रष्ट प्रणालीको पतनले समाज र सेना दुवैमा यसको अलोकप्रियता र समर्थनको अभाव देखाउँछ,’ उनले भने।

 

अल जफारी २०२२ मा रसियाका लागि सिरियाको राजदूत बनेका थिए ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१