मस्को । रुसको राजधानी मस्कोमा भएको बम विष्फोटमा रुसी सशस्त्र सेनाका एक वरिष्ठ जनरलको मृत्यु भएको छ । लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ मंगलबार बिहान एउटा अपार्टमेन्ट भवनबाट बाहिर निस्कदै गर्दा स्कुटरमा लुकाइएको स्वचालित बम विस्फोट हुदाँ उनको मृत्यु भएको हो ।
रुसको अनुसन्धान समितिका अनुसार उनका सहयोगी पनि सो बिष्फोटमा परी मारिएका छन । जनरल किरिलोभ रुसको आणविक सुरक्षा बलहरू परमाणु, जैविक, रासायनिक रक्षा बलहरूको प्रमुख जिम्मेवारीमा रहेका थिए।
किरिलोभलाई अप्रिल २०१७ मा सेनाको प्रमुखको रूपमा नियुक्त गरिएको थियो। रूसी राज्य संचालित मिडिया आउटलेट टासका अनुसार उनीसँग कोस्ट्रोमा हायर मिलिटरी कमाण्ड स्कूल अफ केमिकल डिफेन्समा भाग लिएको अनुभव थियो ।
जनरलले रूसको सेनामा खतरनाक सामग्रीसँग सम्बन्धित विभिन्न भूमिकाहरूमा सेवा गरेका थिए, जस मध्ये विकिरण, रासायनिक र जैविक रक्षा सेनाहरूको प्रमुखको निर्देशनालय पनि समावेश छ।
हिजो मात्र युक्रेनको सुरक्षा सेवाले (एसबियु) युक्रेनमा प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरेको आरोपमा किरिलोभलाई सजाय सुनाएको कीभ इन्डिपेन्डेन्टले रिपोर्ट गरेको थियो । एसबीयूले किरिलोभको नेतृत्वमा रुसले करिब ५ हजार पटक रासायनिक हतियार प्रयोग गरेको दाबी गरेको छ । उनकाे मृत्यु पछि रूसले थप अनुसन्धान जारी राखेकाे जनाएकाे छ । थप बिवरण केही दिइएकाे छैन ।


































































































































































