एक महिला माथी बलात्कार गरेको भन्दै ५१ जना दोषी ठहर, सबैलाइ जेल सजायँ

काठमाडौं । तपाईलाई फ्रान्सको घटना याद होला, जसमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई आफ्ना चिनेजानेकाले ७२ पटक बलात्कार गराएका थिए । अहिले अदालतमा सजायँ सुनाउने क्रम जारी रहेको छ । सो क्रममा उनका श्रीमानलाई २० बष{को आजिवन कारावास सजायँ सुनाइसकेको छ भने ती महिला माथी बलात्कार गने{ थप ५१ जनालाइ पन िअदालतले सजाय सुनाएको छ । अदालतले क्रमशः सजायँ सुनाएकाले संख्या थपिन सक्ने फ्रान्सेली मिडियाले जनाएका छन ।

 

त्यसो त उनका श्रीमानले आफनो अपराध प्रति पछुतो मान्दै अदालतमा श्रीमतीको खुब तारिफ गरिरहेका थिए र आफ्नो गल्तीको लागि परिवारसँग रूदैँ रूदैँ माफी पनि मागिरहेका थिए । तर, अहिले अदालतले श्रीमान डोमिनिक पेलिकोटलाई सजाय दिइसकेको छ । अदालतले फैसाला सुनाएसँगै अब उनी २० वर्षको आजीवन कारावासको सजायमा गएका छन। डोमिनिक पेलिकोटले आफ्नी पत्नी गिसेललाई १० वर्षसम्म लागूऔषध खुवाएर दर्जनौं पुरुष लगाएर बलात्कार गराएका थिए । यो कुरा अहिले अदालतमा उनले स्विकार पनि गरेका छन् र माफी पनि मागेका थिए तर अदालतले उनलाई माफि दिएन ।

 

गत सोमबार डोमिनिकले आफ्नो परिवारसँग माफी गर्न आग्रह गरेका थिए । र, परीक्षणको क्रममा आफ्नी पूर्व पत्नीको साहसको पनि प्रशंसा गरेर नाटक पनि गर्न भ्याएका थिए। तर, उनकी श्रीमती गिजेल एक यस्तो साहसी महिला हुन्, जसले यति धेरै यातना दिँदा पनि आफूलाई लुकाउन सकिनन्, बरु अगाडि आएर आफ्नो पतिको  सारा कर्तुतको पर्दाफास गरि दिइन् र आफ्नो अनुहार पनि सारा संसारमा उजागर गरिन् । उनी विश्वभर एक उत्कृष्ट उदाहरणका रूपमा परिचित भएको भन्दै अहिले फ्रान्सेलीहरू तारिफ गरिरहेका छन । गिसेल अहिले ७२ वर्षकी भइन् ।

 

खासमा पति पेलिकोटले उनलाई निद्राको चक्की दिएर बेहोस बनाउँथे । त्यसपछि उसले धेरै पुरुषलाई बलात्कार गर्न लाइनमा उभ्याउथे। नशाका कारण अचेत भएकी गिजेल पहिलो पटक अदालतमा हाजिर हुँदा धेरै कुरा याद गर्न सकेकी थिइनन् । उनले भनेका थिइन,  ‘श्रीमानले घटना घटनु भन्दा पहिला मलाइ पुतलीजस्तै व्यवहार गर्दथे तर जब म नशामा लठ्ठ हुन्थे तर अरू नै मसँग आइसकेको हुन्थ्यो, यो कुरा धेरै पछि मलाइ थाहा भयो ।’ अहिले फ्रान्सेली प्रहरीले श्रीमानको कम्प्युटरबाट हजारौं फोटो, भिडियो र प्रमाण पनि फेला पारेको छ, जहाँ उनी माथी भएको दुर्ब्याबहारका बारेमा धेरै प्रमाणहरू भेटिएका छन । धेरै फ्रान्सेलीले उनलाइ माफी होइन, आजिवन काराबासमा लैजानु पर्ने भन्दै जोड गरिरहेका थिए । तर, अहिले फैसाला भएको छ ।

 

दोषी ठहरिएका ७२ वर्षीय डोमिनिक पेलिकोटले २० वर्ष जेल सजाय भोग्नुपर्नेछ । दोषीले आफूले कसैलाई पनि भ्रममा नराखेको स्वीकार गरेका छन् । जससँग सम्झौता भएको थियो, उनीहरु सबैलाई थाहा थियो के भइरहेको थियो। मुद्दाको सुनुवाइका क्रममा आरोपीले पटकपटक बलात्कार गरेको स्वीकार गरेका थिए । महिलालाई बलात्कार गर्नेहरु फ्रान्सका विभिन्न क्षेत्रका थिए । तिनीहरूमा सिपाही, चालक, सुरक्षा गार्ड, फायर फाइटर, पत्रकारहरू पनि थिए। त्यहाँ केही मानिसहरू थिए, जसको उमेर २२ वर्षका पनि थिए, धेरै अभियुक्तहरू त ७० वर्ष आसपासका थिए।

 

यो कुरा पहिलो पटक सन् २०२० मा बाहिर आएको थियो । दोषी डोमिनिक ती महिलाको आपत्तिजनक भिडियो बनाउँदै गर्दा पक्राउ परेका थिए । अदालतको फैसलापछि दक्षिणी फ्रान्सेली सहर एभिग्नोनमा धेरै मानिस भेला भएका थिए । पीडितको पक्षमा अदालतको फैसलाको धेरैले प्रशंसा गरेका छन् । सो निर्णयप्रति सामाजिक सञ्जालमा पनि प्रतिक्रिया देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९