असदका सेनाले आक्रामण गर्दा सिरिया सरकारका १४ कर्मचारीको मृत्यु

दमास्कस। अपदस्थ राष्ट्रपति बसर अल असदप्रति वफादार सेनाहरूले गरेको आक्रमणमा परी १४ जनाको ज्यान गुमाएका छन । सिरियाका नयाँ विद्रोहीको नेतृत्वमा रहेका अधिकारीहरूका अनुसार देशको पश्चिममा आन्तरिक मन्त्रालयका १४ कर्मचारीको मृत्यु भएको र १० जना घाइते भएको छन । टार्टोसको भू मध्यसागरको बन्दरगाह नजिकै भिडन्त भएको थियो।

 

 

राजधानी दमास्कस नजिकै रहेको कुख्यात सयदनाया जेलमा उनको भूमिकाको सम्बन्धमा एक पूर्व अधिकारीलाई पक्राउ गर्न खोज्दा सुरक्षा बलहरूले आक्रमण गरेको बताइएको छ।दुई साताअघि मात्रै असद सरकार पतन भए पछि सिरियाको नेतृत्व हयात तहरीर अल शाम (एचटीएस) गुटको नेतृत्वमा रहेको विद्रोही सेनाको हातमा परेको थियो।बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले भिडन्तमा तीन जना लडाकूको पनि मृत्यु भएको जनाएको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१