कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो । कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अबैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् ।

 

 

यस्तै शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ् लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरुको सुरक्षा गर, अदालतको आदेश पालना गर, कबाड आन्दोलन जिन्दाबाद, सुकुम्बासी तथा फुटपात व्यवसायीको रक्षा गर, हाम्रो संघर्ष जारी छ, धोखेबाज नेताहरु भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दाबाद, दोस्रो स्थापना दिवस सफल पारौं लगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम संगसंगै अगाडी बढाएको हो । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ ।

 

 

केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।

 

‘मुलुकको उधोग, व्यापार धरासायी बन्दै गईरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’

 

 

नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए । ‘भारतमा १४ शिर्षमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने ।

 

 

सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।

 

 

मुलुकमा भ्रष्टाचार, अनियमितत बढदै गईरहेको र बिकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतंक बिरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले विगतदेखी नै भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, दलाल दलतन्त्र, वैदेशिक रोजगारमा देखिएको ठगीधन्दा, भन्सार कानूनमा भएको लुटतन्त्रको बिरुद्धमा आवाज उठाउँदै सडक संघर्ष गर्दै आएको छ ।

 

 

आईतबार नै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले कवाड व्यवासायीलाई कानून विपरित दुख दिईरहेकाले कवाड व्यवसायीले महानगर घेराउ गर्न लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सवारी दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–११ आश्रम चोकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार साँझ धारापानीबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५९३० नं को पिकअप भ्यान र विपरीत  दिशातर्फ जाँदै गरेको ग प्र ०४–००१ प ९१०६ नं को...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

सनासो प्रहार गरी श्रीमतीको हत्या

त्रिवेणी (रुकुम पश्चिम), रुकुम पश्चिममा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउको र हातमा सनासो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घटना शुक्रबार अपराह्नको हो ।   जिल्ला...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९