चिनिया ह्यकरले चोरे अमेरिकन डकुमेन्ट

वासिङटन डिसी। चिनियाँ ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्ट ह्याक गरेको घटना बाहिरिएको छ । अमेरिकी अधिकारीहरूका अनुसार चीनको राज्य प्रायोजित ह्याकरले ट्रेजरी डिपार्टमेन्टको तेस्रो पक्ष सफ्टवेयर प्रदायकको प्रणालीमा प्रवेश गरी धेरै कर्मचारी वर्क स्टेशनहरू र केही अवर्गीकृत कागजातहरू प्राप्त गरेका छन् । यो चोरी डिसेम्बरको शुरुमा भएको थियो, जसको बारेमा अहिले कोष विभागले जानकारी दिएको हो । विभागले सांसदहरुलाई पत्र लेखेर जानकारी गराएको छ । यस ह्याकरलाई  ‘ठूलो घटना’ भन्दै विभागले एफबीआई र अन्य एजेन्सीहरूले यसको परिणाम के हुन सक्छ भनेर संयुक्त रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१