भेनेजुएलाः राष्ट्रपतिका प्रतिस्पर्धीलाइ पक्राउ गरे १ लाख डलर पुरस्कार

भेनेजुएला । भेनेजुएलामा राष्ट्रपति निर्वाचन सकिएको भएता पनि केही महिनादेखि राजनीतिक संघर्ष जारी नै छ। यसै बिच, अहिले दक्षिण अमेरिकी देश भेनेजुएलाको सरकारले राष्ट्रपति पदका बिपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको अवस्थाबारे जानकारी दिनेलाई १ लाख अमेरिकन डलर पुरस्कार दिने घोषणा गरेको छ । जबकि गोन्जालेजले आगामी शुक्रबार (जनवरी १०) मा राष्ट्रपतिका रूपमा निकोलस मादुरोको सपथ ग्रहण गर्नु अघि नै स्वदेश फर्कने जनाएका थिए । यो घोषणा भेनेजुएलाको अर्को राष्ट्रपतिको कार्यकाल सुरु हुनुभन्दा केही दिन अघि गरिएको हो। उनी हाल स्पेनमा राजनीतिक शरण लिएर बसेका छन् । एडमन्डो गोन्जालेज राष्ट्रपति पदका उम्मेदवार थिए, जसले गत वर्षको मध्यमा भएको चुनावमा राष्ट्रपति निकोलस मादुरोलाई हराएको दाबी गरेका थिए।

 

सामाजिक सञ्जाल मार्फत पुरस्कारको घोषणा गरिएको छ । देशको अपराधिक फरेन्सिक अनुसन्धान एजेन्सीको प्रेस कार्यालयले आफ्नो इन्स्टाग्राम पोस्टमा भन्यो, ‘उनको ठेगानाको बारेमा जानकारी दिने जो कोहीलाई १ लाख अमेरिकन डलरको पुरस्कार प्रदान गरिनेछ।’ यसले गोन्जालेजको तस्बिर र उसलाई अधिकारीहरूलाई बुझाउन निर्देशनहरू सहितको वान्टेड बुलेटिन देखाइएको छ । सरकारको घोषणाको केही घण्टा पछि राष्ट्रपतिका उम्मेदवार गोन्जालेज निकटले भने कि अब उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण अर्जेन्टिनाबाट सुरु गर्नेछन्, जहाँ उनले शनिबार राष्ट्रपति जेभियर माइलीलाई भेट्ने तय भएको छ ।

 

खासमा गोन्जालेज गत सेप्टेम्बरमा स्पेन भागेका थिए । गोन्जालेजले गत वर्ष सेप्टेम्बरमा स्पेनको लागि भेनेजुएला छाडेका थिए जब एक न्यायाधीशले जुलाई २८ को राष्ट्रपति चुनावको अनुसन्धानको भागको रूपमा उनको गिरफ्तारीको लागि वारेन्ट जारी गरे पछि उनी भागेका हुन् । गोन्जालेजमाथि षड्यन्त्र र कागजपत्र किर्तेको आरोप लागेको छ । देशको नेशनल इलेक्टोरल काउन्सिल, जसमा सत्तारुढ दलका वफादारहरू पनि थिए, निकोलस मादुरोले चुनाव जितेको बताएको थियो। तर, यो राष्ट्रपति चुनाव विवादले घेरिन पुगेको थियो । अघिल्लो राष्ट्रपति चुनावको विपरीत, निर्वाचन अधिकारीहरूले मतदानसँग सम्बन्धित विस्तृत जानकारी जारी गरेनन भन्ने उनको तर्क रहेको छ । र त गोन्जालेजले जितको दाबी गरेका छन् ।

 

यद्यपि, विपक्षीहरूले देशका ८० प्रतिशत इलेक्ट्रोनिक भोटिङ मेसिनबाट ट्याली सिट सङ्कलन गरी अनलाइन पोस्ट गरेका छन् । विपक्षी समूहका उम्मेदवार गोन्जालेजले मादुरोभन्दा दोब्बर मतान्तरले चुनाव जितेको मतदानको रेकर्डले देखाएको पनि उनीहरूको दाबी रहेको छ ।

 

त्यसैले निर्वाचनमा पारदर्शिता नभएको भन्दै विश्वव्यापी निन्दा भएको छ । त्यसपछि मदुरोले भेनेजुएलाको उच्च अदालतलाई चुनावी नतिजाको लेखा परीक्षण गर्न भने, जसमा सत्तारुढ दलका वफादारहरू पनि समावेश थिए। पछि अदालतले उनको जित सुनिश्चित गरिदिएको थियो । अब निकोलस मदुरोले अर्को साता राष्ट्रपति पदको सपथ लिनेछन् । मादुरोलाई जनवरी १० मा हुने सपथ ग्रहण समारोहका लागि राष्ट्रिय सभाबाट निमन्त्रणा प्राप्त भइसकेको छ। यसैबीच, गोन्जालेजले घोषणा गरेका छन् कि अब उनी सपथ ग्रहण अघि नै स्वदेश फर्कने योजनामा छ तर पछिल्लो वान्टेड जारी भए पछि अब उनले त्यसो गर्नेछन कि छैनन ? त्यो भने अझै खुलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९