रूसी ग्याँस राेक बिजुली र शरणार्थी सहयोग कटौती गर्ने युक्रेनलाइ स्लोभाकियाको धम्की

मस्को । स्लोभाकियाले रुसी ग्याँसको विवाद हल नगरे बिजुली निर्यात र युक्रेनी शरणार्थीलाई दिइरहेको सहायता कटौती गर्ने धम्की दिएको छ । स्लोभाकियाका ले रुसी ग्याँसको बहाव रोक्ने युक्रेनको कदममा पुनर्बिचार नगरे शरणार्थी मामिलावाट प्रतिकारात्मक कदम चाल्न सक्ने चेतावनी दिएका हुन । सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियो सन्देशमा फिकोले सुझाव दिएका छन, ‘युक्रेनमा  स्लोभाकियावाट जाने बिजुली आपूर्ति कटौती गर्न सक्छ, साथै युक्रेनी शरणार्थीहरूलाई सहयोग घटाउन सक्छ।’

 

स्लोभाकियाले २०२४ को पहिलो ११ महिनामा युक्रेनलाई २.४ मिलियन मेगावाट घण्टा बिजुली निर्यात गरेको थियो । युद्धग्रस्त देशलाई यसको ऊर्जा पूर्वाधारमा रूसी बमबारीको कारणले गर्दा अभाव पूरा गर्न स्लोभाकियाले मद्दत गरेको थियो । तर, नयाँ वर्षको दिनमा युक्रेनले मस्कोसँगको प्रमुख सम्झौताको म्याद सकिएपछि आफ्नो क्षेत्रबाट युरोपमा रूसी ग्याँसको ढुवानी रोक्ने जनाएको थियो । र, सो अनुसार युक्रेन हुदैँ रूसी ग्याँस अन्य युरोपेली देशमा जान बन्द भएको छ ।  त्यसैले युक्रेनी राष्ट्रपति भ्लादिमीरजेलेन्स्कीले आफ्नो सो कदमलाई ‘मस्कोको सबैभन्दा ठूलो पराजय’ को रूपमा बर्णन गरेका थिए ।

 

तर, फिकोले रूसी ग्याँस प्रवाहको अन्त्यलाई जेलेन्स्की द्वारा ‘सबोटेज’ को रूपमा वर्णन गरेका छन । र, स्लोभाक प्रतिनिधिमण्डलले अर्को मंगलबार ब्रसेल्सको अवस्थाबारे छलफल गर्ने बताए। त्यसपछि आफ्नो सत्तारुढ गठबन्धनले बदला लिने विचार गर्नसक्ने पनि उनले पुर्व जानकारी दिएका छन् ।,

 

‘म घोषणा गर्छु कि मेरो पार्टी बिजुलीको आपूर्ति रोक्न र स्लोभाकियामा युक्रेनी शरणार्थीलाइ दिइएको उल्लेखनीय सहयोग कम गर्नेछ, त्यसका लागि गठबन्धनमा बहस गर्न र सहमत हुन तयार छ,’ फिकोले भनेका छन् ।  उनले अगाडी भने, ‘सार्वभौम स्लोभाकियाको लागि एक मात्र विकल्प भनेको ट्रान्जिटको नवीकरण वा क्षतिपूर्ति संयन्त्रको माग गर्नु हो जसले लगभग ५०० मिलियन यूरोको सार्वजनिक वित्तमा भएको नोक्सानलाई प्रतिस्थापन गर्नेछ।’ हालैका दिनहरूमा कीभ र ब्राटिस्लाभा बीच बढेको तनावका बिचमा फिकोले बुधबार पनि चेतावनी दिएका थिए कि युक्रेन हुँदै रूसी ग्याँस प्रवाह रोक्नुले युरोपियन युनियनमा कठोर प्रभाव पार्नेछ तर रूसमा यसको कुनै प्रभाव पर्ने छैन् । फिकोले पहिले युक्रेनले नविकरण नगरेको सो सम्झौताको अन्त्यमा युरोप भरीमा ग्याँस र बिजुलीको मूल्य उच्च हुने तर्क गर्दै आएका छन । युक्रेन हुदैँ युरोपका अन्य देशमा जाने रूसवाट जाने पाइप लाइन अहिले अबरूद्द भए पछि युरोपमा महंगी बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९