मौसमी प्रकोपको चपेटामा नेपाल

– प्रकाश रेग्मी

चट्याङ प्रकोप नेपालमा मौसमी प्रकारको प्रकोपमध्ये पहिलो स्थानमा छ र यो सबै प्रकोपहरूमा तेस्रो उच्च श्रेणीमा छ। नेपालमा सन् २०२२ सालमा मात्रै २२५ चट्याङबाट ८७ जनाको मृत्यु भएको छ भने २२१ जना घाइते भएका छन्। यसको घनत्व र यसको  क्षेत्रीय वितरणमा भएको असमानताले यसको गम्भीरता प्रदान गर्न सक्छ। हालको अध्ययन नयाँ सात प्रदेश र पर्यावरणीय क्षेत्रका आधारमा गरिएको हो। ५२ वर्षको अवधि (सन १९७१ देखि सन् २०२२)मा नेपालभित्र घटेका जम्मा कुल घटना संख्याको आधारमा अमेरिकी पर्यावरण प्रणाली अनुसन्धान संस्थान (इएसआरआई)ले विकास गरेको एआरसी म्याप विधिको प्रयोग गरेर विश्लेषण गरिएको हो। यो विश्लेषणबाट निस्केको नतिजा भनेको प्रि-मनसुन र मनसुन अवधिमा मेघगर्जनको उच्च घनत्व रहेको छ।

 

मनसुन अवधिमा, पूर्वी पहाडमा गर्जनको घनत्व बढी हुन्छ भने यसको उल्टो जाडो याममा पश्चिम नेपालमा मेघगर्जनको उच्च घनत्व रहेको छ। अन्य प्रदेश भन्दा बागमती प्रदेश र कोशी प्रदेशमा चट्याङ पर्ने दर धेरै देखिन्छ तर चट्याङ र मानवीय मृत्युको आनुपात भने मधेश प्रदेशमा गम्भीर छ। चट्याङ एक प्राकृतिक घटना हो। विशेषगरी, यो एक मेट्रोलोजिकल घटना हो, जसले ठूलो भोल्ट बिजुली सर्किट उत्पादन गर्दछ र यसले पृथ्वीको सतहका जीव र बोटबिरुवाहरू नष्ट गर्न सक्छ। साथै, यसले हावाहुरी, असिना र भारी वर्षाको रूपमा वरपरको मौसमलाई पनि असर गर्न सक्छ।

 

चट्याङ विद्युतीय डिस्चार्जको एक रेखा हो जुन बादल र जमिनबीचको सकारात्मक र नकारात्मक इलेक्ट्रोनको असन्तुलनको कारणले हुन्छ। यो बादलभित्र पनि हुन सक्छ। वर्षाको बादलमा स्थिर चार्जको रूपमा प्रकाश सुरू हुन्छ। बादलभित्रको हावा धेरै अशान्त  हुन्छ। बादलको तल्लो भागको पानीका थोपाहरू माथि उठ्छन् र धेरै उचाइमा पुगेपछि, धेरै चिसो वातावरणले तिनीहरूलाई स्थिर बनाउँछ र माथिको बादलले तलतिर दबाब दिन्छ। यो प्रक्रियामा त्यस क्षेत्रमा भएका इलेक्ट्रोनहरू नास हुन्छन।

 

फलस्वरूप: बादलको माथिल्लो भाग सकारात्मक र तल्लो नकारात्मक चार्जबीच चुम्बकीय आकर्षण हुन गई त्यस छेत्रमा प्रकाशसहित आवाज पैदा हुन्छ। मनसुनमा नेपालको ठूलो ओरोग्राफिक (पर्वतीय उचाइ) बाधाले तातो र आद्रतायुक्त हावालाई माथि उठाउन मद्दत गर्न सक्छ। धेरै कारणहरूमध्ये ओरोग्राफिक (परवतीय उचाइ) बाधा मुख्य एक हो, जसले नेपालमा धेरै चट्याङहरू हुन मद्दत गर्दछ।

 

यो अध्ययन माध्यमिक तथ्याङ्कमा आधारित छ। तथ्याङ्कहरू दुई फरक स्रोतहरूबाट निकालिएको हो। DesInventar, (United Nation Disaster Risk Reduction) र नेपाल सरकार, गृह तथा मामिला मन्त्रालय मुख्यतया तथ्याङ्कका स्रोत हुन्।

नेपालमा चट्याङको असर

विभिन्न अवधिमा ३७३१ चट्याङका कारण ८ करोड ७६ लाख १८ हजार ७६० बराबरको क्षति भएको अनुमान गरिएको छ। यो वर्तमान मूल्यमा धेरै उच्च हुनुपर्छ। कूल ३७३१ चट्याङका कारण १२ सय ४ वटा निजी घर (४८० पूर्ण र ७२४ वटा आंशिक) क्षतिग्रस्त भएका छन् भने २४२७ गाई वस्तु मारिएका छन्। नेपालमा अप्रिल महिनादेखि तापक्रम बढ्न थाल्छ। बढ्दो तापक्रमसँगै मेघ गर्जन बढ्दै गएको र अप्रिल महिनामा ३४ प्रतिशत आर्थिक क्षति भएको रेकर्डले देखाएको छ।

नेपालमा गर्जनको खतरा र परिणाम (१९७१ – २०२२)

यस अवधिमा जम्मा ३७३१ चट्याङ परेको छ। अप्रिल, मे र जुन महिनामा सबैभन्दा बढी चट्याङ परेको देखिन्छ जुन क्रमशः ६७८ (१८.२ प्रतिशत), ६५४ (१७.५ प्रतिशत), र ५९९ (१६.१ प्रतिशत) रहेको छ। सबैभन्दा बढी मासिक मानवीय क्षति क्रमशः जुन (४०४), मे (३८६) र अप्रिल (३४६) थियो। त्यहाँ सबैभन्दा गहन तीन महिना कुल  चट्याङ  संख्या र मानव क्षति संख्या एकदम विपरीत दिशा देखिन्छ।

प्रदेश अनुसार चट्याङ को वितरण र मानवीय क्षति

७ प्रदेश र ७७ जिल्लासहित २०१५ को नयाँ संविधान जारी भएको छ। यसअघिका १४ अञ्चल र ७५ जिल्लाबाट प्राप्त तथ्याङ्क नयाँ संविधान बमोजिम समायोजन गरिएको हो। सन् १९७१ देखि २०२२ सम्मको यस अवधिमा कुल ३७३१ चट्याङले देशमा २१४० जनाको ज्यान लिइसकेको छ। नेपालमा औसतमा प्रत्येक सात चट्याङले चार जनाको ज्यान लिने गरेको छ। मधेस प्रदेशमा सबैभन्दा बढी केस-मृत्यु अनुपात अर्थात् प्रत्येक बाह्र चट्याङमा १० जनाको ज्यान गएको छ।

 

कर्णाली प्रदेशमा मृत्यु अनुपात सबैभन्दा कम देखिन्छ अर्थात् प्रत्येक एघार चट्याङले चार जनाको ज्यान गएको छ। सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी गाई वस्तु मारिएका छन् भने प्रत्येक चट्याङले चार घरपालुवा जनावरको ज्यान लिने गरेको छ। बागमती प्रदेशमा बढी घाइते भएका छन्। सबैभन्दा बढी प्रभावित परिवार कोशी प्रदेशमा रहेका छन्। ५२ वर्षको अवधिमा (१९७१–२०२२) कुल चट्याङका प्रहार ३७३१ रेकर्ड भएका छन्। कोशी प्रदेशले देशको कुल क्षेत्रको १७.५६ प्रतिशत (२५९०५ वर्ग किलोमिटर) भू-भाग ओगटेको छ भने ३० प्रतिशत चट्याङका घटना भएका छन्।

 

बागमती प्रदेशले देशको कुल भूभागको १३.७६ प्रतिशत हिस्सा ओगटेको छ र ८०५ (२१.५७ प्रतिशत) चट्याङ परेको तथ्यांकमा उल्लेख छ। कर्णाली प्रदेशको १९ प्रतिशत भू-भाग रहेको छ भने ९ दशमलव ४ प्रतिशत चट्याङका घटना भएका छन्। कोशी प्रदेशको सबैभन्दा बढी चट्याङ पर्ने जिल्ला झापा हो र यहाँ १६० वटा घटना सोही अवधिमा रेकर्ड गरिएको छ। यसले ९५ जनाको ज्यान लियो। मोरङमा १२४ वटा चट्याङले १११ जनाको ज्यान लिएको छ। मधेश प्रदेशमा सप्तरी जिल्ला बढी जोखिममा रहेको र ७० चट्याङ परेर ५४ जनाको ज्यान गएको छ।

 

मकवानपुर जिल्लामा यस अवधिमा २२६ वटा चट्याङ परी १२९ जनाको मृत्यु भएको छ। यो संख्या ७७ जिल्लामा मानव जीवन-मृत्युको हिसाबले सबैभन्दा बढी हो। हेटौंडा मकवानपुर जिल्लाको सदरमुकाम र बागमती प्रदेशको राजधानी पनि हो। बागमती प्रदेशको दोस्रो जोखिममा रहेको सिन्धुली जिल्लामा ८२ चट्याङ परी ५२ जनाको मृत्यु भएको छ।

 

कास्की जिल्ला गण्डकी प्रदेशमा अवस्थित छ भने जिल्ला सदरमुकाम पोखरा प्रदेशको राजधानी पनि हो। यसमा सबैभन्दा बढी चट्याङको संख्या ७७ थियो र यसले ४६ जनाको ज्यान लियो। उत्तरी चिसो हावापानीमा पर्ने प्रदेशका मनाङ र मुस्ताङ जिल्लामा अहिलेसम्म कुनै रेकर्ड हुन सकेको छैन। दाङ जिल्लामा ९१ वटा चट्याङ परी मृत्यु हुनेको संख्या ५९ पुगेको छ। यो लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै हो। दाङ जिल्ला यस प्रदेशको सबैभन्दा जोखिमयुक्त जिल्ला मानिन्छ। यो अवधिमा कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिम प्रदेशको अछाम बढी जोखिममा छन्। दैलेखमा ६४ चट्याङ परेर २१ जनाको ज्यान गएको थियो भने अछाममा ५७ चट्याङले २१ जनाको ज्यान गयो।

मौसमी र पारिस्थितिक घनत्व

सिंगो देश चट्याङको चपेटामा परेको देखिन्छ। देशको उत्तरपश्चिमी भागमा चट्याङको प्रभाव कम देखिन्छ र उत्तरपश्चिमका केही भागमा चट्याङको कुनै रेकर्ड छैन। देशको पूर्वी भू-भागमा चट्याङ को गणना बढी छ भने पश्चिममा क्रमशः पातलो हुँदै आएको छ। यस अवधिमा कूल ३७३१ चट्याङ परेको र यसले २१४० जनाको ज्यान गुमेको छ। प्रत्येक सात चट्याङले औसतमा ४ जनाको ज्यान लिइ रहेको छ। अध्ययन अवधिमा कुल २१२५ गाई मारिएका छन् र १ हजार २ सय ३ निजी घर ( ४ सय ७८ पूर्ण र ७ सय २५ वटा आंशिक) क्षतिग्रस्त भएका छन्।

नक्सा १ : नेपालमा चट्याङ वितरण

वैशाख-भाद्र (अप्रिल-अगस्ट) मा ७३ प्रतिशत (२७१२) चट्याङ परेको र यस अवधिमा ७६ प्रतिशत (१६१८) मानव मृत्यु र ७० प्रतिशत (३५११) घाइते भएका छन्। प्रिलदेखि अगस्ट (गर्मी महिनाहरू) जाडोको बाँकी महिनाहरू भन्दा धेरै चट्याङका घटनाहरू देखिन्छ। DRR पोर्टलले गर्मी महिनामा २६७४ (७० प्रतिशत ) चट्याङ र जाडो महिनामा १०५७ चट्याङ (३० प्रतिशत) रेकर्ड गरेको छ। पश्चिमी जिल्लाको तुलनामा पूर्वी जिल्लामा  चट्याङका घटना बढी देखिएको थियो।

नक्सा १ अनुसार, पहाडी क्षेत्रको मध्य भागमा चट्याङ वितरण अभिलेख नभएको देखिन्छ। पश्चिमी पहाडको तुलनामा पूर्वी पहाडी भेगमा मेघ गर्जनको संख्या बढी थियो। देशको उत्तरपश्चिम सीमा रेखातिर कुनै मेघ गर्जन रेकर्ड गरिएको छैन। पहाडी क्षेत्रमा मेघ गर्जनको अनियमित वितरण ढाँचा र पहाडी भूभागको मध्य भागमा बढी मेघ गर्जन रहेको थियो। तराईमा अनियमित रूपमा वितरण भए पनि पूर्वी भागमा पश्चिमभन्दा बाक्लो मेघ गर्जन रहेको थियो।

(भरतपुर, चितवनका रेग्मी हाल अमेरिकामा छन्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै

वीरगञ्ज (पर्सा),  पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको  झन्डै डेढ वर्षपछि बेलिब्रिज निर्माणको काम अघि बढेको हो ।   विक्रम संवत् २०८१ को बर्सातका कारण तिलावेमा पुल निर्माण कार्य...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

काठमाडौँ,  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको उल्लेख गर्दै निगमले मूल्यवृद्धि गरेको हो । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

बस दुर्घटनामा २६ जना घाइते

कृष्णनगर (कपिलवस्तु),  पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् ।नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिनुभयो ।     दुर्घटना लगत्तै यात्रुको उद्धार गरिएको उहाँले बताउनुभयो...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

दोधारा चाँदनी (कञ्चनपुर), कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया–थालसेमिया’ पहिचान भएको छ ।जिल्ला स्वास्थ्य कार्यालयले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि यहाँको लालझाडी गाउँपालिकामा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । एक सातासम्म सञ्चालन भएको उक्त शिविरमा दुई हजार ६४७...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९