काठमाडौं । नेपाल आर्मी क्लब र नेपाल पुलिस क्लबले अंक बाँडेका छन् । एन्फा राष्ट्रिय महिला लिगको दोस्रो चरण (सुपर लिग)मा दुबै विभागीय टोली गोलरहित बराबरीमा रोकिए पछि अंक बाडेका हुन । आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा सम्पन्न खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसके पछि खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
काठमाडौँ, बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...






















































































































































