वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर

काठमाडौं।  इङ्लिस क्लब  वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर नियुक्त भएका छन ।बुधबार मात्रै जुलेन लोपेटेगुइलाई बर्खास्त गरेको सो क्लबले पोर्टरलाइ नियुक्त गरेको हो ।  समाचार अनुसार पोर्टरले साढे दुई वर्षको सम्झौता गरेका छन् ।सन् २०२३ मा अर्को इङ्लिस क्लब चेल्सी छाडेयता पोर्टर क्लबविहिन अवस्थामा रहेका थिए ।लोपेटेगुइले मात्रै ६ महिना वेस्टह्यामको प्रशिक्षण सम्हाल्ने मौका पाए । इङ्लिस प्रिमियर लिगमा वेस्टह्याम २० खेलमा २३ अंकका साथ १४औं स्थानमा छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१