१० बुदाँमा बुझ्नुहोस्, ट्रम्पले खरिद गर्न चाहेको ग्रिनल्याण्ड

वासिङ्टन डिसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक डेनमार्कको स्वशासित क्षेत्र र विश्वको सबैभन्दा ठूलो टापु ग्रीनल्याण्ड किन्न इच्छा व्यक्त गरेका छन् । उनले सन् २०१९ मा आफ्नो पहिलो कार्यकालमा पनि यस मुद्दालाई सम्बोधन गरेका थिए र तर कुनै प्रकिया अगाडी बढाइएको भने थिएन । ग्रीनल्याण्डको साँच्चै मालिक को हो ? र ट्रम्प किन ग्रीनल्याण्डलाई अमेरिकाको हिस्सा बनाउन चाहन्छन्, यसबारे विस्तृत जानकारी राखौं ।

 

ग्रीनल्याण्ड बारे १० रोचक तथ्य

 

अलास्का खरिदः अलास्का सन १८६७ मा अमेरिकाले खरिद गरेको थियो  । यो अमेरिकाले पहिले कुनै पनि क्षेत्र खरिद गरेको छैन। देशको सबैभन्दा ठूलो राज्य अलास्का सन १९६७ मा वाशिंगटनले रूसबाट खरिद गरेको हो । अलास्का र ग्रीनल्याण्ड दुबै चिसो जलवायु, कम जनसंख्या घनत्व, रणनीतिक स्थान र तेल भण्डारका लागि प्रख्यात छ । अलास्का ५८६४१२ वर्ग माइल क्षेत्रफलमा रहेको छ, जसको त्यसबेला ७.२ मिलियनको मूल्य थियो, जुन आजको तुलनामा लगभग १५३.५ मिलियन अमेरिकी डलर हो।

 

ग्रीनल्याण्डको मूल्यः  एक मिडिया रिपोर्ट अनुसार ८३, ६०० वर्ग माइलमा फैलिएको ग्रीनल्याण्डको मूल्य २३०.२५ मिलियन डलर अनुमान गर्न सकिने भनिएको छ, जुन अलास्काको समायोजित मूल्य भन्दा ५० प्रतिशत बढी मुल्य हो। २०२१ मा ग्रीनल्याण्डको जीडीपी ३.२४ बिलियन थियो।

 

ग्रीनल्याण्डको इतिहासः कुनै बेला डेनमार्क र नर्वे एउटै देश थिए । यी दानो–नर्वेजियन क्षेत्र भनेर चिनिन्थ्यो। उनीहरूले ग्रीनल्याण्ड क्षेत्रमा सार्वभौमसत्ता दाबी गरे। यद्यपि, जब डेनमार्क र नर्वे १८१४ मा अलग हुन पुगे । त्यसैले ग्रीनल्याण्डको उपनिवेश देखि अहिलेसम्मका लागि डेनिस क्राउनमा हस्तान्तरण गरिने उनीहरू बीच सहमति भयो। हाल ५७ हजार जनसंख्या भएको ग्रीनल्याण्ड ६०० वर्षदेखि डेनमार्कको हिस्सा रहेको छ।

 

जर्मनीको कब्जाः ग्रीनल्याण्ड लगभग १४० वर्षको लागि डेनमार्क शाही परिवारको एक हिस्सा थियो। ‘अपरेशन वेसेरुबुङ’ नामक कोड नाममा नाजी जर्मनीले अप्रिल ९, १९४० मा डेनमार्क र नर्वेमा आक्रमण गरेको थियो। एक दिन भित्र डेनमार्कले आत्मसमर्पण गर्यो र जर्मनीले कब्जा गर्यो। ग्रीनल्याण्ड केही समयको लागि हिटलरको क्षेत्रको हिस्सा बन्यो। तर, ग्रीनल्याण्डको रणनीतिक स्थान थाहा पाएर संयुक्त राज्य अमेरिकाले छिटो कदम चाल्यो र हिटलरका सेनाहरू अवतरण हुनु अघि नै ग्रीनल्याण्ड कब्जा गरिदियो । सन् १९४० देखि १९४५ सम्म पाँच वर्षसम्म ग्रीनल्याण्डमाथि अमेरिकाको नियन्त्रण थियो।

ग्रीनल्याण्ड डेनमार्कलाई हस्तान्तरणः दोस्रो विश्वयुद्धमा हिटलरको मृत्यु भएको पाँच दिनपछि डेनमार्क मे ५, १९४५ मा जर्मनहरूबाट स्वतन्त्र भएको थियो।
त्यसको केही महिना पछि संयुक्त राज्यले डेनमार्कलाई ग्रीनल्याण्ड फिर्ता गर्ने निर्णय गर्यो।

 

ग्रीनल्याण्डमा ‘होम रूल’:  सन १९५३ मा डेनमार्कले आधिकारिक रूपमा ग्रीनल्याण्डलाई आफ्नो देशको भागको रूपमा एकीकृत गर्यो। यससँगै ग्रीनल्याण्डका जनता डेनमार्कको नागरिक बन्न पुगे । र, मे १, १९७९ मा डेनमार्कले शासनको ठूलो हिस्सा ग्रीनल्याण्डका बासिन्दाहरूलाई हस्तान्तरण गर्ने निर्णय गर्‍यो। जसका कारण उसले ‘होम रुल’ को अनुमति पायो तर डेनमार्कले विदेशी मामिला र सुरक्षाका सबै मामिला भने आफैंमा राख्यो, जुन आजसम्म जारी छ।

 

पहिला पनि खरिद गर्ने प्रयासः सन १९४६ अमेरिकी प्रस्ताव अनुसार १०० मिलियन डलर सुनको सट्टामा ग्रीनल्याण्ड खरिद गर्ने विचार गरेको थियो, जुन आजको १.६ बिलियन डलर भन्दा बढी हो। अमेरिकाले सन् १९१७ मा अमेरिकी भर्जिन टापुहरू डेनमार्कबाट २ करोड ५० लाख डलर सुनमा खरिद गरेको थियो, आजको सन्दर्भमा लगभग ६१६.२ मिलियन अमेरिकी डलर हो । १८१५ मा, लुइसियाना फ्रान्सबाट १५ मिलियन डलर अर्थात आजको सर्तहरूमा लगभग ४१८.८ मिलियन डलर० मा खरिद गरिएको थियो।

 

ग्रीनल्याण्डमा चासो किनः ग्रीनल्याण्डमा अमेरिकी चासोको धेरै कारणहरू छन्। यो टापु उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा अवस्थित छ। यसमा दुर्लभ खनिजहरूको सबैभन्दा ठूलो भण्डारहरू छन्, जुन ब्याट्रीहरू र उच्च प्रविधि उपकरणहरूको निर्माणमा महत्त्वपूर्ण हुन सक्छन्। र, ग्निनल्याण्डमा ठूलो अमेरिकी सैन्य अड्डा पनि रहेको छ।

 

ट्रम्पको योजनाः आगामी जनवरी २० मा पदभार सम्हाल्न लागेका अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले हालै भनेका थिए , ‘डेनमार्क बिरूद्ध सैन्य वा आर्थिक उपायहरू प्रयोग गरेर ग्रीनल्याण्डलाई संयुक्त राज्य अमेरिकामा गाभ्ने सम्भावनालाई अस्वीकार गर्दैनन्।’ ट्रम्पका अनुसार यी टापुहरू अहिले जताततै देखिने चिनियाँ र रुसी जहाजहरूमा नजर राख्न महत्त्वपूर्ण रहेका छन्। आर्थिक सुरक्षाका लागि यो आवश्यक रहेको उनको तर्क रहेको छ ।

 

ग्रीनल्याण्ड किन्न कति सजिलोः सन् २०१९ मा ट्रम्पले आफ्नो डेनमार्क भ्रमण रद्द गरेका थिए । वास्तवमा, प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले ग्रीनल्याण्ड किन्ने अमेरिकाको विचारलाई अस्वीकार गरेकी थिइन्।  डेनिस प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले भर्खरै डेनिस टिभीलाई भने, ‘त्यो ग्रीनल्याण्ड ग्रीनल्याण्डी जनताको हो र स्थानीय जनताले मात्र यसको भविष्य निर्धारण गर्न सक्छन्।’ उनले ‘ग्रीनल्याण्ड बिक्रीको लागि होइन’ भनेका छन्  तर डेनमार्कलाई नेटो सहयोगी अमेरिकासँग नजिकको सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९