रुसी सेनावाट युद्ध लडेका १२ भारतीयको मृत्यु, १६ अझै बेपत्ता

नयाँदिल्ली । युक्रेनमा हालसम्म रुसको पक्षमा लडिरहेका १२ भारतीयको मृत्यु भइसकेको छ । भारतीय बिदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले शुक्रबार अबेर पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । प्रवक्ता जैसवालका अनुसार रुसी सेनामा भर्ना हुने भारतीय नागरिकको संख्या १२६ पुगेको छ । जसमध्ये ९६ जना भारत फर्किएका छन्, त्यहाँ अझै १८ भारतीय नागरिक फसिरहेकाका छन्, जसमध्ये १६ को बारेमा कुनै पनि जानकारी उपलब्ध हुन सकेको छैन। उनीहरु छिट्टै रिहाई गरी स्वदेश फर्किने काममा जुटेको उनले जनाएका छन । धेरै भारतीयहरू कामको खोजीमा रसिया जान्छन् तर एजेन्टहरुको धोकाका कारण उनीहरु युद्धमा फसिरहेको उनले जनाए । हालै मात्रै केरलाका भारतीय नागरिक बिनिल बाबुको रुस–युक्रेन फ्रन्टलाइनमा मृत्यु भएको थियो । प्रवक्ता जैसवालले विनिल बाबुको निधनले अत्यन्तै दुःखी भएको बताए ।

 

‘हामीले उनको परिवारसँग कुरा गरेका छौं, हामी रूसी अधिकारीहरूसँग पनि सम्पर्कमा छौं र बिनिल बाबुको शव जतिसक्दो चाँडो फिर्ता ल्याउने प्रयास गरिरहेका छौं’ उनले भने । उता, भारतीयलाइ रूसी सेनामा भर्ति गराउने ४ जना ४ जना अभियुक्तलाई सिआआइबीले पक्राउ गरेको छ । भारतको अनुसन्धान एजेन्सी सीबीआईले अप्रिल २०२४ देखी यता रुस–युक्रेन युद्धमा भारतीयहरूलाई ठगीमा पठाएको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जना भारतका थिए भने एकजना रुसको रक्षा मन्त्रालयमा काम गर्ने अनुवादक थिए।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१