अमेरिकाको आगलागीले प्रवासीमा ल्याएको नेपालको चिन्ता

काठमाडौंमा सबैभन्दा बढी आगलागीका घटना देखिन्छन्। त्यहाँ यी बितेका १४ वर्षमा १ हजार ८१४ घटना रेकर्ड गरिएका छन्। सन् २०२५ को सुरुआतसँगै अमेरिकाको लस एन्जलसमा भएको ठूलो आगलागीले संसारका प्रमुख सञ्चारमाध्यमको ध्यान खिच्यो। वनमा लागेको यो आगोले आजसम्म २५ जनाको ज्यान लिइसकेको छ। प्रारम्भिक अनुमान अनुसार ५० बिलियन डलर बराबरको आर्थिक क्षतिको अनुमान गरिएको छ। यस वनमा लागेको आगोबाट झन्डै १२ सय घरहरू (निजी घर, स्कुल भवन, सार्वजनिक भवन) जलेर नष्ट भएका छन्।

 

लामो खडेरीपछि भएको आगलागीले झन्डै ४० हजार हेक्टर वन नाश गरेको छ। सुख्खा मौसम, तीव्र गतिको हावाको बहाव, हावाको बहावको दिशामा छिन्-छिनमा आउने अप्रत्यासित परिवर्तनले अग्नि नियन्त्रकहरूलाई थप समस्या थपेको छ। जनवरी ७, २०२५ मा सुरू भएको आगलागी यो आलेख तयार पार्दासम्म निभाउन सकिएको छैन। अर्थातु, संसारको विकासशील र शक्तिशाली देश भएर पनि आगलागी प्रकोपको सामना गर्न कति कठिन छ भन्ने कुरा यस घटनाले देखाएको छ।

 

गर्मीयाम सुरू भएसँगै नेपालमा पनि डढेलोसहित आगलागीका घटनाहरू घटने क्रम सुरू हुन्छ। यस लेखमा प्रयोग गरिएका तथ्याङ्क नेपाल सरकारको आधिकारिक स्रोतबाट लिइएका हुन्। नेपालमा आगलागी प्रकोपको तथ्याङ्क सन २०११ देखि नेपाल सरकार अन्तर्गत गृह तथा मामिला मन्त्रालयले आफ्नो प्रकोप पोर्टलमा नियमित राख्ने गरेको छ। उक्त तथ्याङ्क अनुसार नेपालमा सन् २०११ देखि सन् २०२४ सम्म २८ हजार १२४ वटा घटना सूचीकृत गरिएको छ। सूचना प्रत्येक जिल्लाबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्लास्थित आर्मी कार्यालयबाट जम्मा गरिएका हुन्।

 

विगत १४ वर्षको अवधिको विश्लेषण गर्दा आगलागीबाट नेपालमा जम्मा १०६९ (४५ प्रतिशत पुरुष र ५५ प्रतिशत महिला) जनाको मृत्यु भएको देखिन्छ। यस अवधिमा जम्मा ३७ हजार ५८४ परिवार आगलागीबाट प्रभावित भई जम्मा अनुमानित २८ अर्ब ६३ करोड ९२ लाख १९ हजार ६९२ रुपैयाँ बराबर आर्थिक नोक्सान भएको देखिन्छ। यसमा वातावरणीय नोक्सानलाई समावेश गरिएको छैन। जम्मा आगलागीका घटनाबाट ८ हजार १३४ घर-टहरा पूर्ण रूपमा ध्वस्त भएका छन् भने १४ हजार ३३६ चौपाया खरानी भएका छन्।

 

नेपालमा आगलागीका घटना क्रमश: बढ्दै गएको देखिन्छ। अधिक आगलागीका महिनामा अप्रिल, मे र जुन रहेका छन्। सन् २०११ मा देशभरबाट जम्मा ४९५ आगलागीका घटना रेकर्ड गरिएकोमा सन् २०२४ मा (१४ वर्षको अवधिमा) संख्या बढेर ४ हजार २२८ पुगेको छ। सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि त झन् आगलागीका घटना तीव्र गतिमा बढेको देखिन्छ। सन् २०२४ मा मात्र ४ हजार २२८ घटनामा ९४ जना मानिसको मृत्यु भएको छ भने ५ हजार ४३६ परिवार आगलागीबाट प्रभावित बनेका छन्। आगलागीबाट सन् २०२४ मा अनुमानित नोक्सान २ अर्ब २६ करोड ६३ लाख ६३ हजार १३८ रुपैयाँ बराबर देखिन्छ, जुन देशको कुल ग्रार्हस्त उत्पादन (५ अर्ब ५ करोड ९२ लाख ३१७) को झन्डै ४५ प्रतिशत हुन जान्छ। नेपालमा आगलागीका घटना क्रमश: बढ्दै गएको कुरा तलको ग्राफले पनि पुष्टि गर्छ।

 

नेपाल एक भौगोलिक हिसाबले विविधता भएको देश हो। यस्तो देशमा आगो लाग्नुका कारण र प्रभावमा पनि विविधता हुनु स्वाभाविक हुने नै भयो। डढेलोविद् सुन्दर शर्माले एक अनलाइनमा अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘विदेशमा २५ प्रतिशत आगलागी बज्रपातको कारण हुने गर्छ, तर नेपालमा धरै आगलागीका घटना मानवीय गल्तीले हुने गरेको छ।’ देशको जनसंख्याको वितरणमा भएको असमानता, शिक्षाको स्तर, आर्थिक अवस्था र प्राकृतिक स्रोतहरूप्रति उसको अवधारणाले पनि मानवीय गल्ती हुन गई धरै आगलागीका घटना हुने गरेका छन्।

 

तलको नक्सामा गृह तथा मामिला मन्त्रालयले आफ्नो प्रकोप पोर्टलमा राखेको कुल २८ हजार १२४ आगलागीका घटनालाई आर्क जिआइएस प्रो विधिमार्फत् नक्सामा उतारिएको छ, जसले नेपालमा आगलागीका घटनाको  स्थानीय वितरणको ढाँचालाई देखाउँछ। माथिको नक्सामा गाढा रातो भएका जिल्लाहरूमा अधिक आगलागीका घटना घटेका छन् र कम गाढा रातो भएका जिल्ला कम आगलागीका जिल्लामा पर्दछन्। यसरी हेर्दा, तराईका सबै जसो जिल्लाहरू गाढा रंगले भरिएका छन्। फेरि पहाडी र उच्च पहाडी भेगमा भने पूर्वी भागभन्दा पश्चिम भाग कम गाढा रातो रंगले भरिएका छन्। अर्थात्, जति-जति पश्चिम दिशातिर गयो उति-उति कम आगलागीका घटना देखिन्छन्।

 

यसो भनिरहँदा कतै हामीले कम पढे-लेखेकाहरू वा नपढेकाहरूमाथि अन्याय त गरिराखेका त छैनौं? यो मेरो आफ्नो निजी विचार हो। यसको लागि मैले मेरो आफ्नो बितेको जीवनको अनुभव तल उल्लेख गरेको छु। हाम्रा सबै किसिमका तथ्याङ्कले औसतमा पहाडी भागभन्दा तराई भाग बढी शिक्षित अनि, पश्चिमभन्दा पूर्वमा धेरै शिक्षित छन् भन्ने देखाउँछ। माथिको नक्सा अनुसार काठमाडौंमा सबैभन्दा बढी आगलागीका घटना देखिन्छन्। त्यहाँ यी बितेका १४ वर्षमा १ हजार ८१४ घटना रेकर्ड गरिएका छन्। त्यसपछि क्रमश: मोरङ (१,७१३), सुनसरी (१,३१९), सप्तरी (१२५७) र झापा (१०९०)मा धरै आगलागीका घटना सूचीकृत गरिएका छन्। काठमाडौंमा १ हजार ८१४ घटना हुँदा १ हजार ७८६ घरमा क्षति भएको छ भने ६६ जनाको ज्यान गएको छ। मोरङमा २ हजार ४८ घरमा क्षति पुग्दा ३४ जनाको ज्यान गएको छ।  सुनसरीमा १ हजार ८६७ घरमा क्षति पुग्दा २५ जनाको ज्यान गएको छ। सप्तरीमा २ हजार ३७१ घरमा क्षति पुग्दा १२ जनाको ज्यान गएको छ र झापामा १ हजार २९४ घरमा क्षति पुग्दा २९ जनाको ज्यान गएको छ। सबैभन्दा कम घटना रेकर्ड गरिएको जिल्ला मनाङ हो र त्यहाँ ११ घटना रेकर्ड गरिएकोमा १ जनाको मात्र ज्यान गएको छ।

 

तथापि, यसो लेख्दै गर्दा र आफ्नो जीवनको अनुभव साझा गर्दा उपयुक्त ठानेर मैले दुई वटा केस स्टडी साझा गर्ने जमर्को गरेको छु। १. म जन्मेर हुर्केको चितवन गीतानगरमा हो। म ९ कक्षा पढ्दै थिए। पढाइको कामपछि आमालाई खेतबारीको काममा सहयोग गर्ने हुन्थ्यो। चैत महिना थियो, गहुँ काटेर बाँकी ठूटाहरू सुकेर चुरुम-चुरुम भइसकेका थिए। त्यतिखेर ती सुकेका गहुँका ठूटाहरूलाई जलाएर बारी सफा गर्ने गरिन्थ्यो। हावा पश्चिमदेखि पूर्व दिशातिर बहिरहेको थियो। आमाको मन्जुरीपछि मैले आफ्नो बारीका गहुँका ठूटा जलाउन आगो लगाएँ। तुरुन्तै हावाले आफ्नो दिशा परिवर्तन गर्‍यो र दक्षिणबाट उत्तरतिर फर्कियो। दन्दनी बलिराखेको आगो उत्तरतिर फर्कियो। बारीको उत्तरपट्टी मेरो काठ, खर र काँसले बनेको घर थियो।

 

छिमेकीले अड्कल काटे कि त्यो आगो घर पुग्छ र घरमा आगो लाग्छ। त्यो देखेर छिमेकीहरू मलाई गाली गर्दै बाल्टीमा पानी भरेर आगो निभाउन, आगोको मुस्लोको पछि-पछि एक समूहजस्तो बनेर पानी छर्दै गयो। तर, आगो त्यो भन्दा छिटो-छिटो गतिमा उत्तर दिशातिर दौडँदै थियो। मेरी अनपढ आमा र अनपढ मेरी अर्की ढूलीआमा दुबै आगोको आगाडिपट्टी थिए, मेरी आमा सुकेका गहुँका ठूटाहरूलाई उप्काउँदै फाल्दै थिइन् भने ठूली आमा इनारबाट पानी ल्याउँदै सुकेका गहुँका ठूटाहरूमाथि पानी छर्कँदै थिइन्।

 

मेरो समूहपट्टीबाट एक मेरा सम्मानित अग्रज भन्दै थिए, ‘मुर्ख अनपढ आइमाइहरू आगो आगाडि के गरिराखेका मर्नलाई।’ मलाई त्यतिखेरै आफ्नो आमा र ठूली आमालाई मुर्ख भनेकोमा मन दुखेको थियो। हामी आठ जना पढे-लेखेका भनिएका सम्मानित मानिसको समूह आगोको पछाडि-पछाडि दौडँदै थियौं। तर, पनि केही दाल गलिराखेको थिएन। तर, अनपढ र तत्काल मुर्खको पदवी पाएका मेरा दुई आमाहरूले मेरो घर र गहुँका ठूटाहरूबीचको दुरी कायम गर्दा म त्यतिखेर आगलागीपीडित हुनबाट बचेको थिएँ। मेरो घर आगलागी हुनबाट बाल-बाल बचेको थियो। त्यतिबेलादेखि लगातार रुपमा मेरो मनभित्र नपढेका मान्छेमा पनि अपार ज्ञान हुँदो रहेछ भन्ने गहिरो छाप परिरहेको छ।

 

२. एक तहको पढाइ सकेर जागिरे जीवनको सुरुआत गरिसकेको थिएँ। दसैंको बिदा भर्खर सुरू भएकोले बिहान घरमा नै थिएँ। भर्खर-भर्खर मोबाइलको चल्ती हुँदै थियो। मैले पनि दाइ बद्री तिमल्सेना (त्यतिखेर जिल्ला उप-सभापति थिए)लाई भनेर एउटा मोबइल लिएको थिएँ। बिहान ८:३० बजेतिर मेरो मोबाइलमा घन्टी बज्यो, ‘म उपेन्द्रमान मल्ल बोलेको, तिमी पारस बसपार्क आऊ, तिमी र म मिलेर यो बसपार्कको प्रारम्भिक वातावरण मूल्याङ्कन गर्नपर्‍यो।’ उहाँ म पढ्ने बेलाको हामी सबै साथीहरूको साँच्चिकै सबैभन्दा सम्मानित गुरू हुनुहुन्थ्यो। हामी उहाँलाई नेपालका विलियम मोरिस डेभिज भन्ने गर्थ्यौं। म खुसी हुँदै मेरी उनितिर हेर्दै बिदाको अनुमति मागें। तर, उनको अनुहारमा मैले मौन अस्वीकारको भाषा पढें। आमातिर हेरें, आमाको स्पष्ट रुपमा निर्देशन थियो नजा, माओवादीले छुट्टै नाम गरेर बोलाएको हुन सक्छ। तर, उहाँको नाम सुनेपछि, म आफ्ना (आमा र श्रीमती) दुबैको स्वीकृतिबिना नै मोटरसाइकल चढेर गएँ। नेपाल परिवार नियोजनको आगाडिको चौतारोमा मलाई कुरेर गुरू प्रोफेसर उपेन्द्रमान मल्ल बस्नु भएको रहेछ। (अहिले त्यो चौतारो त्यहाँ छैन। बाटो फराकिलो बनाउन चौतारो भत्काइएको छ।) सम्मानित गुरूसँगै भएको त्यो मिलनको क्षण मेरो जीवनको मार्गदर्शन बनेको छ। दुबै मिलेर काम सक्यौं र उहाँले आन्तिममा भनेको वाक्य मलाई आजसम्म पनि ताजा रहेको छ।‘समुदायलाई सबै कुराको ज्ञान छ, हामी त खाली उनीहरुको ज्ञान कापीमा उतार्ने अनि किताबमा सजाएर प्रकाशित गर्ने हो।’ त्यसपछि मैले ‘समुदाय महान विश्वविद्यालय हो’ भन्ने गरेको छु। प्रणेता, यस कुरामा विश्वास गर्छ कि, आगोलागीको नोक्सान कम गर्न स्थानीय निकायहरूलाई नै योजना निर्माण र कार्यान्वयनमा समावेश गर्न जरुरी छ न कि केन्द्रको योजना निर्माण र स्थानीय निकायहरूको कार्यान्वयन।

(भरतपुर चितवनका लेखक अहिले नर्थ क्यारोलिना अमेरिकामा छन्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९