‘अमेरिका फर्स्ट’ भन्ने ट्रम्पले नै जब सपथमा लगाए बिदेशी ब्रान्डको सुट

काठमाडौं । डोनाल्ड ट्रम्पले गत सोमबार अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा सपथ लिएका छन् । ट्रम्पले सपथ लिएको केही समयपछि ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्राथमिकता ‘अमेरिका फर्स्ट’ रहेको बताए । तर ट्रम्पको यो नीति उनले पदभार ग्रहण गर्नेबित्तिकै आलोचनामा परेको छ किनभने उनले आफ्नो सपथ ग्रहण समारोहमा ब्रोनीको सूट लगाएका थिए, जुन इटालियन ब्रान्डको महँगो कपडा मानिन्छ ।,

 

डोनाल्ड ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिको अर्थ अमेरिकालाई फेरि सुरक्षित बनाउनु, देशलाई आर्थिक रूपमा सक्षम बनाउनु, ऊर्जाको क्षेत्रमा अगुवा बनाउनु र अमेरिकी मूल्यमान्यताको पुनर्स्थापना गर्नु हो। साथै, सीमा सुरक्षित गर्न र अमेरिकी समुदायको रक्षा गर्न साहसी कदम चाल्न उनी पछि हट्ने छैनन् भन्ने उनले प्रस्ट सन्देश दिए । सपथ ग्रहणपछि ट्रम्पले विभिन्न कार्यकारी निर्णयको घोषणा गर्दै अमेरिकाको ‘स्वर्णयुग’ सुरु भएको पनि बताए । तर, अमेरिकन फर्स्ट भन्ने ट्रम्प भने बिदेशी ब्रान्डको सुट लगाएर सपथ समारोहमा उपस्थित भए ।

 

खासमा जर्ज वाशिंगटनले पदको सपथ लिएदेखि नै राष्ट्रपतिहरूले उद्घाटनको दिनमा अमेरिकी निर्मित लुगा लगाउने चलन रहेको छ। जो बाइडेनले टाउकोदेखि खुट्टासम्म राल्फ लरेन लुगा लगाएर पदको सपथ लिएका थिए। उनको सूट, टाई, ओभरकोट र कोविड मास्क पनि रोचेस्टर, न्यूयोर्कमा हिकी फ्रिम्यानको कारखानामा बनाइएको थियो। त्यस्तै, बराक ओबामाले सुट, ओभरकोट लगाएका थिए र त्यस दिन पछि हार्ट स्याफनर मार्क्सको टक्सिडोको ब्रान्ड लगाएका थिए, जुन शिकागो बाहिर कम्पनीको कारखानामा बनाइएको थियो।

 

तर, सपथ ग्रहणका लागि डोनाल्ड ट्रम्पको पोशाक कसले बनाएको औपचारिक रूपमा खुलाइएको छैन । आफ्नो पहिलो कार्यकालमा ट्रम्पले प्रायः जसो लक्जरी इटालियन ब्रान्ड ब्रियोनीको सूट लगाएका थिए। यसबाट उनले सोमबार पनि ब्रियोनीको सुट लगाएका होलान् भन्ने अनुमान गरिएको छ । उनले लगाएको कोट क्लासिक अमेरिकी शैलीको थिएन। एक अमेरिकी पब्लिकेशन हाउसले भने कि स्क्वायर काँधको कोटले यो सूट पनि ब्रियोनीले नै बनाएको हुनसक्ने संकेत गरेको छ किनभने यसको लुक इटालियन टेलरिङ लेबल जस्तो देखिन्थ्यो।

 

डोनाल्ड ट्रम्पले लामो समयदेखि ब्रोनी लुगा लगाएको तथ्य सबैलाई थाहा छ। २००४ मा प्रकाशित आफ्नो पुस्तक ‘थिंक लाइक अ मिलियनेयर’ मा ट्रम्पले कपडाको कुरा गर्दा ब्रोनी सबैभन्दा राम्रो ब्रान्ड भएको सल्लाह दिए। उनले लेखेका थिए, ‘सबैभन्दा राम्रो लगाउनुहोस्, आफ्नो ब्यक्तित्वको स्तर माथि देखिने छ।’

 

उनले लेखेका छन,  ‘यसैले मैले ब्रोनी रोजेँ। मैले धेरै वर्षहरूमा धेरै उत्कृष्ट सूट लगाएको छु तर अब म ब्रोनीलाई रुचाउँछु। ब्रोनीका सूटहरू पूर्ण रूपमा फिट हुन्छन्, त्यसैले तिनीहरू उत्कृष्ट देखिन्छन्। ” ट्रम्पले ‘बेस्ट टाई’का लागि ब्रोनी र हर्मिसको नाम सुझाएकासमेत थिए । ब्रियोनी इटालीको ७५ वर्ष पुरानो लक्जरी फेसन हाउस हो। यो पुरुषको लुगा, छालाका सामान, जुत्ता, चश्मा र अत्तरका लागि परिचित छ। ब्रोनीलाई विश्वको सबैभन्दा महँगो कपडा ब्रान्डमा गनिन्छ। यसको मुख्यालय रोममा छ र यसको विश्वभरि धेरै शोरूमहरू छन्। ब्रोनीका सूटहरू ग्राहकको रोजाइ अनुसार बनाइन्छ। ब्रोनीका अनुसार ट्रम्प लामो समयदेखि उनको ग्राहक हुन् ।

 

ब्रोनीले पनि भनिसकेको छ कि ट्रम्पको सूटहरू अनुकूलित छन्। ‘उनलाई आफ्नो व्यक्तिगत आवश्यकता अनुसार कपडा मन पर्छ।’ ब्रोनीले वाशिंगटन, डीसीमा आफ्नै बुटिक खोलेको छ। यो ट्रम्प इन्टरनेशनल होटलमा स्थित छ। कम्तिमा नयाँ राष्ट्रपतिले सूट किन्न टाढा जानु पर्दैन।

 

ब्रियोनीको सूटको मूल्य ५ हजार डलर देखी १७ हजार डलरसम्म पर्न जान्छ। मूल्य सामान्यतया कपडा र फिनिसिङमा निर्भर गर्दछ जुन तपाईले चाहानुहुन्छ।अमेरिकाको प्रसिद्ध फेसन साइट चिटसिट डटकमको रिपोर्ट अनुसार पनि जब ट्रम्प टिभीमा आफ्नो शो ‘द एप्रेन्टिस’ प्रस्तुत गर्न सुरू गरे, सन २००४ देखि यसका लागि ब्रियोनी प्रयोग गरिरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी, म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो ।   “कोदो,...

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।   ‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ,  चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ ।   चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिनुभयो ।  यसका...

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज (पर्सा), वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडौँ,  नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको...

आयुर्वेदिक उपचारतर्फ जनआकर्षण बढ्दो

भोजपुर, भोजपुरमा आयुर्वेदिक उपचार पद्धतिप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । कम खर्चमा रोग निको हुने र दीर्घकालीन स्वास्थ्य लाभ पाइने भएपछि स्थानीय नागरिक आयुर्वेदिक उपचारतर्फ आकर्षित हुन थालेका हुन् । पहिले आयुर्वेदिक उपचारप्रति कम चासो राख्नेहरु पनि पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरमा...

दोस्रो सतिसाले गोल्डकपको उपाधि इन्ट्रा पथरी–११ लाई

पथरी (मोरङ),  दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै इन्ट्रा पथरी–११ ले नगद रु दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९