कैलाश दर्शनका लागि चीन भारतबिच ५ बर्ष पछि सिधा उडान हुदैँ

नयाँदिल्ली । भारतवाट कैलाश मानसरोवर यात्रा यस वर्षको गर्मी मौसमबाट फेरि सुरु हुने भएको छ। योसँगै भारत र चीनबीच सिधा उडान सेवा पनि सुरु हुने जनाइएको छ तर, यसको मिति भने अझै तय भइसकेको छैन् । भारतीय बिदेश मन्त्रालयका अनुसार भारतका विदेश सचिव विक्रम मिस्त्री र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको दुईदिने बैठकमा यी दुई प्रमुख निर्णय भएको हो ।

 

कैलाश मानसरोवर यात्रा र दुई देशबीचको उडान सेवा २०२० देखि बन्द गरिएको थियो। यसको कारण सीमा विवाद र कोभिडको लहरपछि दुईबीचको खराब सम्बन्ध पनि थियो । जुन २०२० मा भारत र चीनबीच डोकलाम विवाद थियो र मार्च २०१९ मा कोविडको पहिलो लहर आए पछि दुबै देश बिच कैलाश दर्शनको उडान बन्द गरिएको थियो ।

भारतीय बिदेश मन्त्रालयका अनुसार सीधा उडान सेवा सुरु गर्न दुवै देशका प्राविधिक टोलीले चाँडै वार्ता गर्नेछन् भने पारस्परिक सहयोग र समझदारी अभिवृद्धि गर्न मिडिया र थिंक ट्याङ्कहरू बीचको अन्तरक्रियालाई प्राथमिकता दिइनेछ। र, दुई देशबीचको सम्बन्धको ७५ औँ वार्षिकोत्सव संयुक्त रूपमा मनाउन मिलेर काम गर्न सहमत भएका चीन भारत जलविज्ञान तथ्याङ्कको आदानप्रदान पुनः सुरु गर्न र सीमापार नदीहरूमा सहयोग अभिवृद्धि गर्न छलफल गर्न भारत र चीनबीच विज्ञ स्तरको बैठकसमेत हुनेछ।

 

गत वर्ष अक्टोबरमा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच काजानमा ५ वर्षपछि भेटवार्ता भएको थियो । त्यसपछि दुई देशले आपसी सम्बन्धको अवस्थाबारे छलफल गर्दै सम्बन्ध सुधारका लागि केही कदम चाल्न सहमत भएका थिए । त्यस यता विगत ३ महिनामा चीन–भारत सीमा विवादित क्षेत्र डेम्चोक र देप्साङबाट दुवै देशका सेना पछि हटे पछि कैलाश मानसरोवर यात्रा र उडान सेवा सुरु गर्ने निर्णय भएको जनाइएको छ ।

 

कोरोना महामारी अघि दुई देशबीच हरेक महिना ५ सय ३९ सिधा उडान हुने गरेको थियो । तिनीहरूको कुल क्षमता १.२५ लाख सिट भन्दा बढी थियो। यी उडानहरूमा एयर इन्डिया, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सजस्ता कम्पनीहरू सामेल थिए। उडान सेवा बन्द भएपछि दुवै देशका यात्रुहरू बंगलादेश, हङकङ, थाइल्याण्ड र सिङ्गापुरजस्ता कनेक्टिङ हब हुँदै आवतजावत गर्ने गरेका थिए तर यो यात्रा महँगो थियो।

 

हवाई यातायातको जानकारी दिने कम्पनी सिरियमका अनुसार सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म भारत र चीनबीच यात्रा गर्नेको संख्या ४.६ लाख थियो । उही समयमा २०१९ को पहिलो १० महिनामा यो संख्या १० लाख पुगेको थियो। सन् २०२४ को जनवरीदेखि अक्टोबरसम्म हङकङ हुँदै १ लाख ७३ हजार, सिङ्गापुर हुँदै ९८ हजार, थाइल्याण्ड हुँदै ९३ हजार, बंगलादेश हुँदै ३० हजारले दुवै देशको भ्रमण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९