Baigyanik Media

Advertisement

Skip Ad

जनै हराएकाे बाहुनकाे थिम संबाद सार्बजनिक

काठमाडौं।  ‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ?’

 

‘गाउँ नछोडी त सपना पूरा नहुँदो रहिछ साथी’

 

‘अब तँ कहिले फर्किन्छस् ?’

‘खै थाहा छैन । थाहा छैन । ए सुन त– हिँड्ने बेलामा आमाको आँखाको आँसु पनि हेर्न सकिनँ । कहिले काहीँ आमाकोमा जाइदे है ।’

 

‘ल. ल.., तैँले हामीलाई बिर्सिन्छस् होला नि साथी ?’

‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’

 

हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बुढी नहुनु है ! (भाका हालेर गाउँदै)

 

आम गाउँले नेपाली युवाले भोग्दै आएको समस्या हो यो । सानासाना रहर र सपना पूरा गर्न वृद्ध भइसकेका एक्ला बाबुआमालाई अनकन्टार गाउँमा एक्लै छोडेर हिँड्नु परिरहेको वास्तविकता बोल्ने संवाद हुन्, चलचित्र ‘जनै हराएको बाहुन’को । गाउँका दुई साथीमध्ये एकले आफ्नो सपना पूरा गर्न सहर हिँड्ने बेलामा गाउँको साथीसँग गरेको बिदाइको संवाद हो ।

 

घर छोड्ने बेलामा आमाको अनुहारसमेत हेर्न नसकेको कारुणिक संवादले आम नेपाली युवा कसरी मनलाई गाँठो पारेर सहर र खाडी पसिरहेका छन् भन्ने छर्लंग पार्छ । समयलाई छेक्न कसैले सक्दैन भन्ने जान्दाजान्दै आमाको उमेर छँदै उनका रहर पूरा गर्ने अभिलाषा बोकेर सहर पसेको छोरो कसरी घर फर्किन्छ, सहरमा उसले खान्ने हन्डर र ठक्कर कस्ता हुन्छन् भन्ने ‘जनै हराएको बाहुन’को बाहुन चलचित्रबाट अपेक्षा गर्न सकिने यो संवादले प्रष्ट पारेको छ ।

 

चलचित्रका दुई मुख्य पात्रको कारुणिक स्वरमा रहेको यो संवादले देशको अहिलेको यथार्थ कथा बोल्ने हिन्स दिएको छ । चलचित्रले गम्भीर कथा इमोसनसहित भन्ने संकेत गरेको छ । थिम अनुसार चलचित्र बने आम दर्शकमा सिनेमा कनेक्ट हुनसक्छ । चलचित्र ‘जनै हराएको बाहुन’को यो थिम संवाद सार्वजनिक गर्दै निर्माणपक्षले नयाँ अफरको घोषणा गरेको छ । थिममा यो चलचित्रका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर छ ।

 

थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो चलचित्रको गीत गाउन अवसर दिइने निर्देशन न्यौपानेले जानकारी दिए । उत्कृष्ट स्वर हुनेले यो अवसर पाउनेछ । उत्कृष्ट हुनेले अर्जुन पोखरेलको संगीत रहने गीतमा स्वर दिन सक्नेछन् । यो चलचित्रको मुख्य भूमिकामा विजय बराल अनुबन्धित भइसकेका छन् । ‘जनै हराएको बाहुन’ हिमाल न्यौपानको डेव्यु निर्देशनमा निर्माण हुने लागेको चलचित्र हो ।

 

असोसियट निर्देशक ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत छन् । उनको अभिनय पनि रहनेछ । उनका लागि निर्देशनको यात्राको सुरुआत भने पहिलो हुनेछ । ‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेले बताए ।

 

चलचित्रको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । नवीन गुरुङको छायांकन रहने चलचित्रको क्रिएटिभ निर्देशकमा सम्राट महर्जन (ज्याक) छन् । भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला छन् । ‘जनै हराएको बाहुन’ लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिनेछ । चलचित्रका गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको रहनेछ । निर्देशक न्यौपानेले चैतबाट छायांकन सुरु गर्ने जानकारी दिए । ‘जनै हराएको बाहुन’ २०८२ सालमा रिलिज हुनेछ ।

https://www.facebook.com/watch/?v=976616421103858

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

काठमाडौँ,  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि विदेशी मुद्राको निर्धारण

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६७ पैसा र...

बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ । सन् १९९५ अक्टोबर २० मा रिलिज भएको यो चलचित्र आज...

तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

काठमाडौँ, तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९