मोदी र ट्रम्प बिचमा १३ फ्रेबुअरीमा भेट हुने तय

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले फेब्रुअरी १३ मा अमेरिकी राजधानी वासिङ्टन डीसीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने भएका छन्। फ्रान्समा एआई शिखर सम्मेलनमा भाग लिएपछि प्रधानमन्त्री मोदी १२ फेब्रुअरी साँझ वाशिंगटन डीसी पुग्नेछन् र त्यहाँ १४ फेब्रुअरीसम्म रहने छन्। यस अवधिमा मोदी र ट्रम्पको भेट ह्वाइट हाउसमा भेटघाट हुनेछ ।राष्ट्रपति ट्रम्पको तर्फबाट प्रधानमन्त्री मोदीको सम्मानमा डिनर कार्यक्रमको तयारी भइरहेको छ, जसमा अमेरिकाका चर्चित व्यक्तित्वहरुसमेत सहभागी हुने छन् । अमेरिकी कर्पोरेट नेताहरूसँग भेट गर्नुका साथै प्रधानमन्त्री मोदीले भारतीय समुदायका मानिसहरूलाई पनि सम्बोधन गर्नेछन्।

 

दुई देशबीचको सम्बन्धको प्रगतिको प्रतीकका रूपमा रहेको यो बैठक पाँच वर्षपछि हुन लागेको हो । सन् २०१९ मा अमेरिकामा ‘हाउ दि मोदी’ कार्यक्रमको प्रतिक्रिया स्वरूप राष्ट्रपति ट्रम्प सन् २०२० मा भारत आएका थिए। त्यस समयमा उनले गुजरातमा ‘नमस्ते ट्रम्प’ कार्यक्रममा भाग लिए र २६ जनवरी को गणतन्त्र दिवस परेडको मुख्य अतिथि बनेका समेत थिए।मोदी–ट्रम्प भेटको उद्देश्य भारत–अमेरिका रणनीतिक साझेदारीलाई थप मजबुत बनाउनु रहेको छ । दुई नेताले आपसी सम्बन्धका साथै विश्वका विषयमा पनि साझा रणनीति बनाउने प्रयास गर्नेछन् । यस अवधिमा दुईबीच धेरै विषयमा छलफल हुने सम्भावना रहेको जनाइएको छ ।

 

 

राष्ट्रपति ट्रम्पले क्वाड (अमेरिका, भारत, जापान, अष्ट्रेलिया) देशहरूसँग सहयोग बढाउने योजना बनाएका छन्, जुन इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न महत्त्वपूर्ण मानिएको छ। ट्रम्पले सपथ लिने बित्तिकै उनले क्वाड देशका विदेशमन्त्रीहरूको बैठक आयोजना गरेका थिए । प्रधानमन्त्री मोदीलाई भेट्नुअघि जापानका प्रधानमन्त्रीसँग भेट हुनेछ । प्रधानमन्त्री मोदीको अमेरिका भ्रमणपछि राष्ट्रपति ट्रम्प पनि आगामी केही महिनामा क्वाड सम्मेलनमा भाग लिन भारत आउने छन् । यी सबैबाट मोदी–ट्रम्पको विदेश नीतिको केन्द्र विन्दुमा चीनसँग सम्झौता गर्ने रणनीति हुने देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल

सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ

गौशालाका पाँच सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९