संस्मरण: माया, पीडा र पुनर्जन्म

अनिषा श्रेष्ठ

प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दाे रहेछ । जब म कक्षा ७ मा पढ्दै थिएँ, मलाईसँगै पढ्ने वहाँ मन पर्न थालेछ । दिन त जसरी पनि कट्थ्यो, तर वहाँको एक झल्को देखेपछि मात्र दिन बितेको जस्तो लाग्थ्यो । दिन प्रतिदिन वहाँको मात्र याद आउँथ्यो । वहाँलाई मात्र हेरिरहन मन लाग्थ्यो । त्यति मात्र होइन, वहाँ मनपर्न थालेपछि वहाँलाई हेर्न पाइन्छ भने पनि स्कूल आउन मन लाग्थ्यो ।

 

 

दिनहुँ स्कूल आउँदा–आउँदा म आफैंमा धेरै परिवर्तन आइसकीछु । मैले कहिल्यै नपाएको पुरस्कार कक्षा ८ मा पुग्दा प्रमाणपत्रको रूपमा पाएँ, जहाँ लेखिएको थियो— ‘सरसफाइमा प्रथम’ र ‘पढाइमा दोस्रो’। यसमा मेरो मेहनत त थियो नै, तर यो मेहनत वहाँको मायाले प्रेरित थियो । मायाको अर्थ केवल माया गर्नु मात्र रहेनछ, साथै परिवर्तन ल्याउनु पनि रहेछ । बिस्तारै मलाई लाग्न थाल्यो, साँच्चै मैले प्रेम प्रस्ताव राख्ने हो कि ? सुनेको त थिएँ— केटीहरूले कहिल्यै केटालाई प्रस्ताव राख्दैनन । तर म पछि हट्न सकिनँ, मलाई त त्यही मानिस चाहिएको थियो । यस्तै गर्दै, एक दिन स्कूलमा कार्यक्रम भइरहेको बेला, मैले लेखेको प्रेमपत्र वहाँलाई दिएँ । त्यो दिन मनमा एक किसिमको छटपटी थियो, अनेकौँ प्रश्नहरू खेलिरहेको तर उत्तरको खोजीमा थिएँ ।

 

 

भोलिपल्ट एउटै मात्र जवाफ आयो— “म तिमीलाई माया गर्दिन । जति वहाँलाई मन पराउँदा खुसी भएकी थिएँ, त्योभन्दा बढी दुःखी त्यही उत्तरले बनायो । मन निकै भारी भयो, तर म रोएर, कराएर, आफ्नो पीडा कसलाई सुनाउँथें र? राति ओछ्यानमा एक्लै हुँदा, चुपचाप सिरानी भिजाएर रोएको दिन आज पनि सम्झन सक्छु । पहिलो प्रेमको अनुभव, त्यो पनि अस्वीकारको! त्यो आँसु, जो उसैको लागि झरिएको थियो । हुदा–हुदै कक्षा १० मा पुगियो । समयसँगै धेरै कुरा बुझ्न थालेँ । तर अचम्म के लाग्थ्यो भने, जसले मलाई अस्वीकार गर्यो, उसैको लागि अझै मनमा माया र चिन्ता किन थियो? बोलचाल राम्रो हुँदै गयो, भेटघाटसमेत हुन थाल्यो।

 

 

कताकता लाग्न थाल्यो उहाले माया गर्नुहुन्छ। तर दोश्रो पटक म फेरि अघि बढेँ। एक दिन, स्कूलबाट घर फर्कने बेलामा, मैले वहाँलाई फेरि भने— म तपाईंलाई अझै पनि माया गर्छु, यो पटक उत्तर आयो— हुन्छ, म पनि तिमीलाई माया गर्छु। त्यति सुन्नासाथ, त्यो मान्छे मेरो भएको झै महसुस भयो। विस्तारै हाम्रो सम्बन्ध गहिरिंदै गयो। कुराकानी फोनमार्फत हुन थाल्यो। त्यो बेला घरमा फेसबुक खोलेको थाहा भएको भए गाली खानु पथ्र्यो, तर थाहा नदिई हामीले फेसबुक खोल्यौं। जहाँ वहाँको आधा नाम र मेरो आधा नाम मिसाएर बनाएको नामबाट अकाउन्ट खोलेका थियौं।

 

 

एक दिन घरमा थाहा भयो, मैले चलाएको फेसबुक र मेरो हातमा भएको मोबाइल खोसिदिनु भयो, अनि केही दिनसम्म हामी बोलेनौं। यत्तिकैमा, एक दिन ममीको मोबाइलबाट एसएमएस गरेँ। सबै कुरा बताइदिएँ। त्यस बेलादेखि हामी बोल्न छोड्यौं। तर वहाँले भन्नुभयो , विश्वास गर, म तिम्रै हुँ, अनि तिमी मेरै हौ। एक महिनापछि, मलाई मोबाइल दिनु भयो। मैले तुरुन्तै वहाँलाई एसएमएस गरेँ, अनि हामी फेरि पहिलेझैँ बोल्न थाल्यौं। एक दिन अचानक अपरिचित नम्बरबाट एसएमएस आयो, जहाँ लेखिएको थियो— अनलाइन आउन, कुरा छ। म अनलाइन गएँ, तर त्यहाँ कोही थिएन, न कुनै मेसेज नै।

 

 

कसले गरेको होला भनेर सोच्दै बसेँ। केहीबेरमै वहाँकै फेसबुकबाट मलाई मेसेज आउन थाल्यो। मैले पढ्न नपाउँदै फेरि अर्को मेसेज, अनि फेरि अर्को। मैले बुझ्नै सकिनँ, आज के भइरहेको छ भनेर। त्यसैले बुझ्नका लागि मैले तुरुन्तै वहाँलाई कल गरेँ, तर मोबाइल अफ थियो। त्यसपछि म मेसेज पढ्न थालेँ। त्यहाँ लेखिएको थियो— म वहाँको प्रेमिका हुँ । त्यो पढेर म छाँगाबाट खसेझैँ भएँ। म निशब्द भए। यत्तिकैमा ती सबै मेसेजहरू हेरें, तर केही उत्तर नदिई चुपचाप बसें।

 

 

 

बेलुका वहाँले मसँग कुरा गर्नुभयो। मैले तुरुन्तै सोधेँ— के थियो यो सबै? कतै मलाई मजाक त गरिरहनुभएको छैन? वहाँले भन्नुभयो — माफ गर, तिमीसककग नबोलेको समय उनीसककग बोलेको थियो। उसले मलाई मन पराउँथी। तर मैले उसलाई भनेको थिएँ कि मेरो कोही छैन, प्रेमिका छैन। त्यसैले यो सबै भयो। त्यसपछि मैले भनेँ— यदि माया छैन भने, स्पष्ट भन्नुहोस्। तर यदि माया छ भने, बारम्बार यसरी अप्ठ्यारोमा नपार्नुस्।

 

 

 

विश्वास थियो, त्यसैले विश्वास गरेर सबै कुरा बिर्सिए। मैले कक्षा १२ पढ्न कलेज ज्वाइन गरेँ, वहाँ गाउँमै पढ्नुहुन्थ्यो। सबै कुरा राम्रै चलिरहेको थियो। एक दिन वहाँ भ्रमण जानुभयो। मैले सोधेँ— तपाईं कतै जाँदै हुनुहुन्छ, मसँग केही दिन बोल्न पाउनु हुन्न होला, होइन? वहाँले भन्नुभयो— म कहीँ जाँदिन, विश्वास गर। मैले विश्वास गरें। तर जुन दिन वहाँ भ्रमण जानुभयो, त्यस दिनदेखि वहाँ मेसककग कम बोल्न थाल्नुभयो। बिहान पठाएको म्यासेज बेलुका मात्रै पढ्नुहुन्थ्यो।

 

 

म अलमलमा थिएँ— के भयो मैले केही बुझ्न सकिनँ, तर केही दिनपछि वहाँकी दिदीबाट थाहा पाएँ— वहाँ त मेरो मिल्ने साथीसँग प्रेम सम्बन्धमा रहनु भएको रहेछ! त्यो कुरा सुनेर म पूर्ण रूपमा टुटें। जति नै सम्हाल्न खोजेँ, सकिनँ। म्यासेजको प्रतीक्षा गरिरहेँ, तर केही पनि आएन। मेरो साथीले मलाई एसएमएस गरेर सबै कुरा बताइदिइन्। म रिसले आगो भएँ, धेरै गाली गरें, धेरै प्रयास गरें वहाँलाई फिर्ता ल्याउन, तर सकिनँ। रोएँ, कराएँ। मेरा केही साथीसँग मन बुझाएँ।

 

 

हप्तौँसम्म म घर नफर्की उनीहरूकै घरमा बसें। अन्ततः मैले वहाँलाई अन्तिम पटक कल गरें। रोइरोई सोधेँ— यदि माया थिएन भने, किन पटक–पटक आयौं? यदि माया थियो भने, किन मेरो भावनासँग खेल्यौ? वहाँको एउटै उत्तर थियो—मेरो परिवारमा अन्तरजातीय विवाह स्वीकार छैन, त्यसैले यस्तो कदम चालेँ। मैले भनें—मायाका लागि जात किन हेरिन्छ? यदि जात नै हेर्नुपर्ने हो भने, आफ्नै जातका सबैलाई माया गर्न सम्भव छ र? अरू जातका मान्छेको भावना हुँदैन? तर वहाँले भन्नुभयो म अब बोल्दिनँ। फोन राख। अनि वहाँले फोन काट्नुभयो। त्यसपछि, सोच्दै त्यो रात, मैले मेरो जीवन समाप्त गर्ने निर्णय गरिसकेकी थिएँ।

 

 

 

अब म यो संसारबाट टाढा जान्छु।  मर्नको लागि मैले सल ठीक पारें अनि घाँटीमा कसें। मेरो नसाहरू बाहिर आइरहेझैँ, सास रोकिएको जस्तो भयो, केहि समयमै मेरो सास रहने थिएन  त्यत्तिकैमा, ढोकाबाट आवाज आयो— छोरी, ढोका खोल। बाबालाई फोन गर्देत।  त्यो आमा बोलेको आवाज, अनि बाबाको नाम सुनेपछि मेरो हातले कस्सियको सल फुकाइदिए।  छिटटोछिटो मुख धोएर ढोका खोलिदिए। किन? के भयो? तँलाई अर्कै देख्छु त! भन्नु भयो।

 

 

 

मैले भनेँ, खोकी लागेको थियो। बिस्तारै म प्रेमलाई पछाडि राख्दै, पहिलेका कुराहरूलाई बिर्सँदै, —बुबा–आमाले गर्ने माया जस्तो माया अरू कसैले गर्न सक्दैन रहेछ। मायाको भूमिकालाई केवल बुबा–आमा र आफ्नै परिवारले निभाउन सक्छन्। तर अरूले त जिन्दगीलाई त्यही अप्ठ्यारो घडीसम्म मात्र पुर्याउने रहेछन्, जुन मैले अनुभव गरिसकेँ। मलाई जन्म दिने यही बाबा–आमा, मलाई पुनर्जन्म दिने पनि यही बाबा–आमा। मेरो लागि मेरा बाबा–आमा नै पर्याप्त छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौँ, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध,...

ज्येष्ठ नागरिकलाई लठ्ठी

तुलसीपुर (दाङ),  तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो ।त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७५...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

राष्ट्रियसभा अध्यक्ष दाहाल र टर्किस सभामुख नुमानबीच भेट

काठमाडौँ, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसद ग्रान्ड नेसनल एसेम्बलीका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५२औँ महासभामा सहभागी हुन इस्तानबुलमा रहनुभएका अध्यक्ष दाहालले शनिबार टर्कीको संसद्का सभामुखसँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध,...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेस गर्न निर्देशन

जनकपुरधाम,  जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेस गर्न लिखित सूचना जारी गरेको छ ।जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९