संस्मरण: माया, पीडा र पुनर्जन्म

अनिषा श्रेष्ठ

प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दाे रहेछ । जब म कक्षा ७ मा पढ्दै थिएँ, मलाईसँगै पढ्ने वहाँ मन पर्न थालेछ । दिन त जसरी पनि कट्थ्यो, तर वहाँको एक झल्को देखेपछि मात्र दिन बितेको जस्तो लाग्थ्यो । दिन प्रतिदिन वहाँको मात्र याद आउँथ्यो । वहाँलाई मात्र हेरिरहन मन लाग्थ्यो । त्यति मात्र होइन, वहाँ मनपर्न थालेपछि वहाँलाई हेर्न पाइन्छ भने पनि स्कूल आउन मन लाग्थ्यो ।

 

 

दिनहुँ स्कूल आउँदा–आउँदा म आफैंमा धेरै परिवर्तन आइसकीछु । मैले कहिल्यै नपाएको पुरस्कार कक्षा ८ मा पुग्दा प्रमाणपत्रको रूपमा पाएँ, जहाँ लेखिएको थियो— ‘सरसफाइमा प्रथम’ र ‘पढाइमा दोस्रो’। यसमा मेरो मेहनत त थियो नै, तर यो मेहनत वहाँको मायाले प्रेरित थियो । मायाको अर्थ केवल माया गर्नु मात्र रहेनछ, साथै परिवर्तन ल्याउनु पनि रहेछ । बिस्तारै मलाई लाग्न थाल्यो, साँच्चै मैले प्रेम प्रस्ताव राख्ने हो कि ? सुनेको त थिएँ— केटीहरूले कहिल्यै केटालाई प्रस्ताव राख्दैनन । तर म पछि हट्न सकिनँ, मलाई त त्यही मानिस चाहिएको थियो । यस्तै गर्दै, एक दिन स्कूलमा कार्यक्रम भइरहेको बेला, मैले लेखेको प्रेमपत्र वहाँलाई दिएँ । त्यो दिन मनमा एक किसिमको छटपटी थियो, अनेकौँ प्रश्नहरू खेलिरहेको तर उत्तरको खोजीमा थिएँ ।

 

 

भोलिपल्ट एउटै मात्र जवाफ आयो— “म तिमीलाई माया गर्दिन । जति वहाँलाई मन पराउँदा खुसी भएकी थिएँ, त्योभन्दा बढी दुःखी त्यही उत्तरले बनायो । मन निकै भारी भयो, तर म रोएर, कराएर, आफ्नो पीडा कसलाई सुनाउँथें र? राति ओछ्यानमा एक्लै हुँदा, चुपचाप सिरानी भिजाएर रोएको दिन आज पनि सम्झन सक्छु । पहिलो प्रेमको अनुभव, त्यो पनि अस्वीकारको! त्यो आँसु, जो उसैको लागि झरिएको थियो । हुदा–हुदै कक्षा १० मा पुगियो । समयसँगै धेरै कुरा बुझ्न थालेँ । तर अचम्म के लाग्थ्यो भने, जसले मलाई अस्वीकार गर्यो, उसैको लागि अझै मनमा माया र चिन्ता किन थियो? बोलचाल राम्रो हुँदै गयो, भेटघाटसमेत हुन थाल्यो।

 

 

कताकता लाग्न थाल्यो उहाले माया गर्नुहुन्छ। तर दोश्रो पटक म फेरि अघि बढेँ। एक दिन, स्कूलबाट घर फर्कने बेलामा, मैले वहाँलाई फेरि भने— म तपाईंलाई अझै पनि माया गर्छु, यो पटक उत्तर आयो— हुन्छ, म पनि तिमीलाई माया गर्छु। त्यति सुन्नासाथ, त्यो मान्छे मेरो भएको झै महसुस भयो। विस्तारै हाम्रो सम्बन्ध गहिरिंदै गयो। कुराकानी फोनमार्फत हुन थाल्यो। त्यो बेला घरमा फेसबुक खोलेको थाहा भएको भए गाली खानु पथ्र्यो, तर थाहा नदिई हामीले फेसबुक खोल्यौं। जहाँ वहाँको आधा नाम र मेरो आधा नाम मिसाएर बनाएको नामबाट अकाउन्ट खोलेका थियौं।

 

 

एक दिन घरमा थाहा भयो, मैले चलाएको फेसबुक र मेरो हातमा भएको मोबाइल खोसिदिनु भयो, अनि केही दिनसम्म हामी बोलेनौं। यत्तिकैमा, एक दिन ममीको मोबाइलबाट एसएमएस गरेँ। सबै कुरा बताइदिएँ। त्यस बेलादेखि हामी बोल्न छोड्यौं। तर वहाँले भन्नुभयो , विश्वास गर, म तिम्रै हुँ, अनि तिमी मेरै हौ। एक महिनापछि, मलाई मोबाइल दिनु भयो। मैले तुरुन्तै वहाँलाई एसएमएस गरेँ, अनि हामी फेरि पहिलेझैँ बोल्न थाल्यौं। एक दिन अचानक अपरिचित नम्बरबाट एसएमएस आयो, जहाँ लेखिएको थियो— अनलाइन आउन, कुरा छ। म अनलाइन गएँ, तर त्यहाँ कोही थिएन, न कुनै मेसेज नै।

 

 

कसले गरेको होला भनेर सोच्दै बसेँ। केहीबेरमै वहाँकै फेसबुकबाट मलाई मेसेज आउन थाल्यो। मैले पढ्न नपाउँदै फेरि अर्को मेसेज, अनि फेरि अर्को। मैले बुझ्नै सकिनँ, आज के भइरहेको छ भनेर। त्यसैले बुझ्नका लागि मैले तुरुन्तै वहाँलाई कल गरेँ, तर मोबाइल अफ थियो। त्यसपछि म मेसेज पढ्न थालेँ। त्यहाँ लेखिएको थियो— म वहाँको प्रेमिका हुँ । त्यो पढेर म छाँगाबाट खसेझैँ भएँ। म निशब्द भए। यत्तिकैमा ती सबै मेसेजहरू हेरें, तर केही उत्तर नदिई चुपचाप बसें।

 

 

 

बेलुका वहाँले मसँग कुरा गर्नुभयो। मैले तुरुन्तै सोधेँ— के थियो यो सबै? कतै मलाई मजाक त गरिरहनुभएको छैन? वहाँले भन्नुभयो — माफ गर, तिमीसककग नबोलेको समय उनीसककग बोलेको थियो। उसले मलाई मन पराउँथी। तर मैले उसलाई भनेको थिएँ कि मेरो कोही छैन, प्रेमिका छैन। त्यसैले यो सबै भयो। त्यसपछि मैले भनेँ— यदि माया छैन भने, स्पष्ट भन्नुहोस्। तर यदि माया छ भने, बारम्बार यसरी अप्ठ्यारोमा नपार्नुस्।

 

 

 

विश्वास थियो, त्यसैले विश्वास गरेर सबै कुरा बिर्सिए। मैले कक्षा १२ पढ्न कलेज ज्वाइन गरेँ, वहाँ गाउँमै पढ्नुहुन्थ्यो। सबै कुरा राम्रै चलिरहेको थियो। एक दिन वहाँ भ्रमण जानुभयो। मैले सोधेँ— तपाईं कतै जाँदै हुनुहुन्छ, मसँग केही दिन बोल्न पाउनु हुन्न होला, होइन? वहाँले भन्नुभयो— म कहीँ जाँदिन, विश्वास गर। मैले विश्वास गरें। तर जुन दिन वहाँ भ्रमण जानुभयो, त्यस दिनदेखि वहाँ मेसककग कम बोल्न थाल्नुभयो। बिहान पठाएको म्यासेज बेलुका मात्रै पढ्नुहुन्थ्यो।

 

 

म अलमलमा थिएँ— के भयो मैले केही बुझ्न सकिनँ, तर केही दिनपछि वहाँकी दिदीबाट थाहा पाएँ— वहाँ त मेरो मिल्ने साथीसँग प्रेम सम्बन्धमा रहनु भएको रहेछ! त्यो कुरा सुनेर म पूर्ण रूपमा टुटें। जति नै सम्हाल्न खोजेँ, सकिनँ। म्यासेजको प्रतीक्षा गरिरहेँ, तर केही पनि आएन। मेरो साथीले मलाई एसएमएस गरेर सबै कुरा बताइदिइन्। म रिसले आगो भएँ, धेरै गाली गरें, धेरै प्रयास गरें वहाँलाई फिर्ता ल्याउन, तर सकिनँ। रोएँ, कराएँ। मेरा केही साथीसँग मन बुझाएँ।

 

 

हप्तौँसम्म म घर नफर्की उनीहरूकै घरमा बसें। अन्ततः मैले वहाँलाई अन्तिम पटक कल गरें। रोइरोई सोधेँ— यदि माया थिएन भने, किन पटक–पटक आयौं? यदि माया थियो भने, किन मेरो भावनासँग खेल्यौ? वहाँको एउटै उत्तर थियो—मेरो परिवारमा अन्तरजातीय विवाह स्वीकार छैन, त्यसैले यस्तो कदम चालेँ। मैले भनें—मायाका लागि जात किन हेरिन्छ? यदि जात नै हेर्नुपर्ने हो भने, आफ्नै जातका सबैलाई माया गर्न सम्भव छ र? अरू जातका मान्छेको भावना हुँदैन? तर वहाँले भन्नुभयो म अब बोल्दिनँ। फोन राख। अनि वहाँले फोन काट्नुभयो। त्यसपछि, सोच्दै त्यो रात, मैले मेरो जीवन समाप्त गर्ने निर्णय गरिसकेकी थिएँ।

 

 

 

अब म यो संसारबाट टाढा जान्छु।  मर्नको लागि मैले सल ठीक पारें अनि घाँटीमा कसें। मेरो नसाहरू बाहिर आइरहेझैँ, सास रोकिएको जस्तो भयो, केहि समयमै मेरो सास रहने थिएन  त्यत्तिकैमा, ढोकाबाट आवाज आयो— छोरी, ढोका खोल। बाबालाई फोन गर्देत।  त्यो आमा बोलेको आवाज, अनि बाबाको नाम सुनेपछि मेरो हातले कस्सियको सल फुकाइदिए।  छिटटोछिटो मुख धोएर ढोका खोलिदिए। किन? के भयो? तँलाई अर्कै देख्छु त! भन्नु भयो।

 

 

 

मैले भनेँ, खोकी लागेको थियो। बिस्तारै म प्रेमलाई पछाडि राख्दै, पहिलेका कुराहरूलाई बिर्सँदै, —बुबा–आमाले गर्ने माया जस्तो माया अरू कसैले गर्न सक्दैन रहेछ। मायाको भूमिकालाई केवल बुबा–आमा र आफ्नै परिवारले निभाउन सक्छन्। तर अरूले त जिन्दगीलाई त्यही अप्ठ्यारो घडीसम्म मात्र पुर्याउने रहेछन्, जुन मैले अनुभव गरिसकेँ। मलाई जन्म दिने यही बाबा–आमा, मलाई पुनर्जन्म दिने पनि यही बाबा–आमा। मेरो लागि मेरा बाबा–आमा नै पर्याप्त छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

काठमाडौँ,  नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।   सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना दर्ता हुने गरेको जनाएको छ ।  आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान

दमौली (तनहुँ),  यहाँको आँबुखैरेनी गाउँपालिकाले तनहुँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेतालाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रम आयोजना गरी पदक विजेता विद्यार्थीलाई नगदसहित सम्मान गरेको हो । जिल्ला खेलकुद विकास समितिले भिमादमा आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा आँबुखैरेनीले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९