रौतहटको लालबकैया नदीमा प्रहरी, वन र स्थानीय निकायलाई ‘मिलाएर’ अबैध उत्खनन्

रौतहट – रौतहटको पश्चिम उत्तरीभेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीब्र रुपमा अबैध उत्खनन भइरहेको छ।फतुवा विजयपुरको भैंसही भन्दा उत्तर, गुजाराको जंगलसहिया, पशुपति टोल, सिमरी र कटहरियाको ढोलबाजा घाट लालबकैया नदीमा व्यापारी तथा तस्करहरूले तीब्र रुपमा नदी उत्खनन् गरिरहेको पाइएको छ।

 

 

तीन वटै नगरपालिकाले लालबकैया नदीको टेण्डर नगरे पनि स्थानीय प्रहरी र वन कर्मचारीलाई पैसा दिएर बिहानैदेखि दर्जनौं ट्याक्टरमा बिना रोकटोक नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिक्स ग्राभेल ढुवानी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।भैंसही बुटवास्थित स्थानीय राजु लामाले ८/१० जना लेबर राखेर एका बिहानैदेखि बेल्चा प्रयोग गरी उत्खनन् गरेको मिक्स ग्राभेल चार वटा ट्याक्टर बाट ढुवानी गराउँछन्।उनले दैनिक २० टिप भन्दाबढी नदीजन्य पदार्थ हिमालीबास गाउँभन्दा उत्तर चौरमा स्टक गर्ने गरेको प्रत्यक्षदर्शी रुपेश यादवले बताएका छन्।

 

 

लामाकै जस्तो अन्य कैयौं व्यापारी तथा तस्करहरूले फतुवा विजयपुर नगरपालिका अन्तर्गत लालबकैया नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको यादवले जानकारी दिएका छन्।त्यसैगरी, गुजरा कटहरियाको सिमानामा पर्ने लालबकैया नदीको ढोलबाजा, जंगलसहिया, पशुपति टोल, सिमरी घाटमा बिहानैदेखि दर्जनौं लेबर खटाएर मिक्स ग्राभेल उत्खनन् गर्ने र दिनभरि ट्याक्टरमा ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।पछिल्लो कैयौं महिनादेखि यो क्रम जारी रहेको छ तर उनीहरूलाई कुनै निकायले रोकछेक गर्दैनन्।

 

 

आफ्नो घर कामको लागि नदीबाट एक ट्याक्टर बालुवा ल्याउँदा स्थानीय प्रहरीले अनेक बाधा अड्चन लगाउने गरेको छ। तर, अबैध उत्खनन् गर्नेहरू दिनभरि नदीजन्य पदार्थ ढुवानी गर्दा प्रहरी मुकदर्शक बनेको स्थानीय समाजसेवी राजकुमार महतोले गुनासो गरे।’दिनभरि अबैध उत्खनन् गरेर उनीहरू जंगलसहिया, पोखरभिन्डा, भसेढावा गाउँस्थित बाटोमै थुपारेर राख्छन्, पछि माग अनुसार बिक्री गर्छन्,’ समाजसेवी महतोले भने।यसरी जथाभावी बाटोछेउमा नदीजन्य पदार्थको स्टक गर्नाले दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन्।

 

 

अबैध रुपमा उत्खनन् गरी नदीजन्य पदार्थ ढुवानी गर्नेहरूले स्थानीय प्रहरी, वन कर्मचारी र कतिपय जनप्रतिनिधिलाई समेत मिलाएको स्थानीय रुपेश यादवले जानकारी दिए।अबैध उत्खननको कारण एकातर्फ नेपाल सरकारको लाखौं रुपैयाँ राजश्व घुमिरहेको छ भने अर्कोतर्फ ढोलबाजा घाटमा करोडौंको लागतमा निर्माण गरिएको लालबकैया नदीको पुल भासिने जोखिम बढेको छ।कुनै पनि भौतिक पूर्वाधारको ५०० मिटर टाढा उत्खनन् गर्नुपर्ने नियमलाई यहाँ बेवास्ता गर्दै तस्करहरुले पुलछेउमै उत्खनन् गरिरहेको देखिएको छ।

 

 

नदीको अबैध उत्खनन् नियन्त्रण तथा नियमन गर्ने जिम्मा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय , डिभिजन वन कार्यालय र स्थानीय निकायको हुन्छ।तर, रौतहटको हकमा नियमनकारी ती निकायहरू हालसम्म मौन रहेको स्थानीय सञ्चारकर्मी कृष्ण तिवारीले गुनासो गरेका छन्।

 

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले उक्त ठाउँमा अबैध उत्खननबारे आफूलाई कुनै जानकारी नभएको बताए।जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादवले अनभिज्ञता प्रकट गर्दै नियमन गर्ने प्रतिवद्धता जनाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९