जनताको विश्वास, आशा-भरोसाको केन्द्र नेपाल प्रहरी : आइजिपी कुँवर

रौतहट – नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँरले नेपाली नागरिकको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको नेपाल प्रहरी संगठन जनताको विश्वास र आशा-भरोसाको केन्द्र रहेको बताएका छन्।जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवनको उद्घाटन गर्दै सोमबार आइजिपी कुँवरले उक्त विचार राखेका हुन्। जिल्ला प्रहरी कार्यालय परिसरमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच कुँवरले भवनको उद्घाटन गरे। उनले नेपाल प्रहरीको संगठन स्थापनाकालदेखि नै अपराध अनुसन्धानसँगै शान्ति सुव्यवस्था कायम गर्न, मानव अधिकारको रक्षा तथा विपदमा उद्धारका लागि अग्रपङ्क्तिमा रहेर जनताको भरोसाको केन्द्र बनेको बताए।

 

 

जिल्ला प्रहरी कार्यालय रौतहटको सुविधा सम्पन्न भवन निर्माणले जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरूको थप जिम्मेवारीसँगै सबैमा ऊर्जा थपिएको उनले बताए।नयाँ भावनाबाट प्रहरी मात्र नभई सेवाग्राहीसमेत लाभान्वित हुनेछन्।देशका २ हजार ६६० प्रहरी कार्यालयमध्ये १८६९ को मात्र आफ्नो भवन रहेको छ। ३७० प्रहरी कार्यालय भाडाको घरमा सञ्चालन गरिएको छ भने ४२१ कार्यालय अन्य निकायको भवनमा सञ्चालन गरिएको आइजीपी कुँअरले जानकारी गराएका थिए।

 

 

 

त्यसैगरी, मधेश प्रदेशमा ३९५ प्रहरी कार्यालयमध्ये २९५ को आफ्नो भवन १०० पुरानो तथा जीर्ण भवनमा सञ्चालन गरिएको छ।रौतहट जिल्लाको हकमा ४६ प्रहरी कार्यालय रहेकोमा ४२ को भवन छ, जसमध्ये ३० वटाको आफ्नो जग्गा छैन।यसमा प्रदेश सरकार, स्थानीय निकाय र नागरिकको ध्यान जानु जरुरी रहेको कुँवरले बताए। कम साधन स्रोतको बाबजुद यस्तो अवस्थामा पनि रौतहट प्रहरीले धार्मिक सांस्कृतिक पर्व तथा कार्यक्रममा दुई समुदायबीचको वर्षौंदेखिको विवाद समाधानदेखि जघन्य अपराधको सफल अनुसन्धान, महिला तथा बालबालिकाको सुरक्षा लगायत गरेको सेवा प्रदान अतिनै सन्तोषजनक रहेको भन्दै कुँवरले सराहना गरेका थिए।उद्घाटन कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी लालमणि आचार्य, गौर नगरपालिकाका मेयर शम्भु साह, रौतहटका सिडिओ विनोदकुमार खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए।जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले स्वागत मन्तव्यमा नवनिर्मित भवन मात्र नभई शान्ति सुरक्षा दिने प्रतीक भएको भन्दै यसबाट नयाँ ऊर्जा मिलेको बताए।उनले प्रवृधिमैत्री, शून्य सहनशीलता, तस्करी नियन्त्रणमा कठोर भएर काम गर्दै जाँदा विगतको तुलनामा ५५ प्रतिशत अपराधमा कमी आएको स्पष्ट पारेका थिए।मधेश प्रहरी कार्यालयका इन्जिनियर तथा एसपी ईश्वर खड्काले भवन निर्माणको प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रहरी प्रधान कार्यालयको कुल १७ करोड,६४ लाख २७ हजार ६२८ रुपैयाँको लागतमा दुई चरणमा जिल्ला प्रहरी कार्यालयको भवन निर्माण भएको बताएका थिए।पहिलो चरणमा तुलसी भक्त कन्स्ट्रक्सन प्रालि बालकुमारी ललितपुर र दोस्रो चरणमा परदेज सुरेन्द्र जेभि बालकोट भक्तपुर ले जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक भवन, हिरासत भवन , कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, भान्साघर, होजियारी, सैलुन, चमेना गृह, र स्वागत कक्ष निर्माण गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’

प्रतिनिधिसभाः ‘ऊर्जा क्षेत्रलाई आर्थिक रुपान्तरणको मुख्य आधार बनाएका छौँ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९