साईनिङ्ग स्टार यूवा क्लबको सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सुरु

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संस्करण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका छन् ।

 

प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले व्यक्तित्व विकाससँगै स्थानीय क्षेत्रको पहिचान जोडिएको बताए । खेलकुदले देशविदेशमा स्थानीय क्षेत्रलाई चिनाउन मद्दत मिल्ने बताउँदै उनले पालिकाले प्रतियोगिता सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले स्थानीय सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।

 

उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष गोविन्द बहादुर बुडाक्षेत्रीले भने ग्रामीण भेगमा भलिबललाई सबैले रुचाउने गरेपनि क्लब एक विशुद्ध सामाजिक तथा गैरनाफामूलक संस्था भएकाले आर्थिक व्यवस्थापन नहुँदा वर्षेनी संघसंस्थासँग हात फैलाउनुपर्ने बाध्यता रहेको बताए । उनले वडा र पालिकाले आवश्यक बजेट विनियोजन गर्दै युवा तथा खेलकुदको विकासमा जोड दिन जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ३ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। दोस्रो टिमलाई ४७ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । र तृतिय टिमलाई ३१ हजार १ सय ५१ रुपैयाँ पुस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिईने क्लबका अध्यक्ष बुडाक्षेत्रीले जानकारी दिए । भलिबल खेलमा बेस्ट स्पाईकर,बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट सटर , बेष्ट प्लेयर लगायतका बिधामा पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ५ सय रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

 

अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने छ । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवर्द्धक रहेकोे प्रतियोगिताको मुख्य प्रायोजक बर्दगोरिया गाउँपालिका वडा नं ३ को वडा कार्यालय रहेको छ।

 

कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) र वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहनु भएको कार्यक्रममा अतिथिहरूमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर ३ कि वडा सदस्य तथा न्यायपालिका सदस्य बसन्ती साउद, वडा सदस्य भावना बिक, वडा सदस्य रामबहादुर चौधरी, नेपाली कांग्रेस वडा नं ३ का वडा सभापति नन्दाराम बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नं ३ का कार्यसमिति सभापति चक्रबहादुर बिष्ट, राप्रपा वडा नम्बर ३ का वडा कार्यसमिति अध्यक्ष लिलाधर ओली, पूर्व वडा सदस्य तथा कार्यपालिका सदस्य कोकिला खत्री, पूर्व वडा सदस्य र न्यायपालिका सदस्य तथा रानीकुण्डा खानेपानी उपभोक्ता समूहका अध्यक्ष टंकराज ओली, जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओली, प्रधानाध्यापक दिलराज गौतम, शिव शक्ति ग्रामीण विद्युत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष यज्ञराज बन्तोला, न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष अर्जुन थापा क्षेत्री, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, मुख्य प्रशिक्षक तथा रेफ्री विष्णु भाट, एनटिबीएस इंग्लिश बोडिङ्ग स्कूलका संस्थापक नवराज टमटा, मोतीभागरथी आधारभूत विद्यालयका सहायक प्रअ शिवराज गौतम र साइनिङ्ग स्टार युवा क्लबका निवर्तमान अध्यक्ष भेषराज जैसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका सचिव गणेश विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा क्लबका खेल संयोजक यज्ञराज बन्तोलाले स्वागत मन्तव्य राखेका थिए । आजदेखि सुरु भएको प्रतियोगिता चैत ५ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

साइनिङ्ग स्टार युवा क्लबले लामो समयदेखि शिक्षा, स्वास्थ, पुर्वाधार विकास, मनोरञ्जन तथा खेलकुद क्षेत्रमा केन्द्रित भएर सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने आयोजकको भनाइ छ । स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको आयोजकको भनाइ छ । खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।यस अघि रामजानकी मन्दिर संरक्षण समितिले चौथो संस्करणसम्म भलिबल प्रतियोगिता गर्दै आएपनी साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा यो सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हो ।

 

हरेक वर्ष फागुपूर्णिमा होलीको अवसरमा आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न जिल्लाबाट १० टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष बुडाक्षेत्रीले बताए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

दाङ–१ मा रास्वपाका पाठक निर्वाचित

दाङ,  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका योगेन्द्र चौधरीले १५ हजार २८० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

उदयपुर–२ मा रास्वपा विजयी

कटारी (उदयपुर),  उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९