साईनिङ्ग स्टार यूवा क्लबको सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सुरु

कैलाली । “स्वास्थ्य, विकास र समृद्धिका लागि खेल” भन्ने मुल नाराका साथ कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सातौँ संस्करण खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता बुधवारदेखि सुरु भएको छ । साईनिङ्ग स्टार यूवा क्लबको आयोजनामा सञ्चालन प्रतियोगिताको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका छन् ।

 

प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले व्यक्तित्व विकाससँगै स्थानीय क्षेत्रको पहिचान जोडिएको बताए । खेलकुदले देशविदेशमा स्थानीय क्षेत्रलाई चिनाउन मद्दत मिल्ने बताउँदै उनले पालिकाले प्रतियोगिता सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । उनले स्थानीय सरकारले खेलकुदलाई महत्वपूर्ण क्षेत्रका रुपमा लिएको बताए ।

 

उद्घाटन कार्यक्रममा क्लबका अध्यक्ष गोविन्द बहादुर बुडाक्षेत्रीले भने ग्रामीण भेगमा भलिबललाई सबैले रुचाउने गरेपनि क्लब एक विशुद्ध सामाजिक तथा गैरनाफामूलक संस्था भएकाले आर्थिक व्यवस्थापन नहुँदा वर्षेनी संघसंस्थासँग हात फैलाउनुपर्ने बाध्यता रहेको बताए । उनले वडा र पालिकाले आवश्यक बजेट विनियोजन गर्दै युवा तथा खेलकुदको विकासमा जोड दिन जनप्रतिनिधिको ध्यानाकर्षण गराए ।

 

प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ३ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्। दोस्रो टिमलाई ४७ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । र तृतिय टिमलाई ३१ हजार १ सय ५१ रुपैयाँ पुस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिईने क्लबका अध्यक्ष बुडाक्षेत्रीले जानकारी दिए । भलिबल खेलमा बेस्ट स्पाईकर,बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट सटर , बेष्ट प्लेयर लगायतका बिधामा पनि छुट्टै पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

प्रतियोगिताका विभिन्न ६ विधाका उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ५ सय रुपैयाँसँगै मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ ।

 

अनुशासित खेलाडीलाई मायाको चिनोबाट सम्मानित गरिने छ । बर्दगोरिया गाउँपालिकाको मुख्य प्रवर्द्धक रहेकोे प्रतियोगिताको मुख्य प्रायोजक बर्दगोरिया गाउँपालिका वडा नं ३ को वडा कार्यालय रहेको छ।

 

कार्यक्रममा विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरी (लालदीप) र वडा नं ३ का वडा अध्यक्ष मनऋषि आचार्य रहनु भएको कार्यक्रममा अतिथिहरूमा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, वडा नम्बर ३ कि वडा सदस्य तथा न्यायपालिका सदस्य बसन्ती साउद, वडा सदस्य भावना बिक, वडा सदस्य रामबहादुर चौधरी, नेपाली कांग्रेस वडा नं ३ का वडा सभापति नन्दाराम बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा नं ३ का कार्यसमिति सभापति चक्रबहादुर बिष्ट, राप्रपा वडा नम्बर ३ का वडा कार्यसमिति अध्यक्ष लिलाधर ओली, पूर्व वडा सदस्य तथा कार्यपालिका सदस्य कोकिला खत्री, पूर्व वडा सदस्य र न्यायपालिका सदस्य तथा रानीकुण्डा खानेपानी उपभोक्ता समूहका अध्यक्ष टंकराज ओली, जगदम्बिके भगवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलन ओली, प्रधानाध्यापक दिलराज गौतम, शिव शक्ति ग्रामीण विद्युत सहकारी संस्थाका कार्यवाहक अध्यक्ष यज्ञराज बन्तोला, न्यू लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष अर्जुन थापा क्षेत्री, रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लालसिंह विश्वकर्मा, मुख्य प्रशिक्षक तथा रेफ्री विष्णु भाट, एनटिबीएस इंग्लिश बोडिङ्ग स्कूलका संस्थापक नवराज टमटा, मोतीभागरथी आधारभूत विद्यालयका सहायक प्रअ शिवराज गौतम र साइनिङ्ग स्टार युवा क्लबका निवर्तमान अध्यक्ष भेषराज जैसी लगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका सचिव गणेश विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा क्लबका खेल संयोजक यज्ञराज बन्तोलाले स्वागत मन्तव्य राखेका थिए । आजदेखि सुरु भएको प्रतियोगिता चैत ५ गतेसम्म सञ्चालन हुनेछ ।

 

 

साइनिङ्ग स्टार युवा क्लबले लामो समयदेखि शिक्षा, स्वास्थ, पुर्वाधार विकास, मनोरञ्जन तथा खेलकुद क्षेत्रमा केन्द्रित भएर सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।खेलकुदको विकासका लागि सबै एकजुट हुनपर्ने आयोजकको भनाइ छ । स्थानीय तथा राष्ट्रिय खेलाडीको सशक्तिकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरुप क्लबले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको आयोजकको भनाइ छ । खेलकुद क्षेत्रले बहुआयामिक महत्व राख्ने भएकाले स्वास्थ्य, मनोरञ्जन र विकाससँगै सामाजिक एकता, सद्भाव र पहिचान अभिवृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।यस अघि रामजानकी मन्दिर संरक्षण समितिले चौथो संस्करणसम्म भलिबल प्रतियोगिता गर्दै आएपनी साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा यो सातौँ खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता हो ।

 

हरेक वर्ष फागुपूर्णिमा होलीको अवसरमा आयोजना हुँदै आएको प्रतियोगितामा विभिन्न जिल्लाबाट १० टोलीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष बुडाक्षेत्रीले बताए ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

पदीय मर्यादाअनुरूप काम नगर्नेलाई कारबाही

धनुषा,  मधेस प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दुई÷दुई  जनाको सम्मिलित आठ वटा टोली बनाएर मङ्गलबार र बुधबार छड्के अनुगमन गरिएको हो ।   अनुगमनका क्रममा मङ्गलबार ४८ र बुधबार २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका...

‘मतदाता नामावलीमा ९९३ जनाको नाम दोहोरिएको पाइयो’

नेपालगञ्ज,  बाँकेमा ९९३ जनाको फोटोसहितको मतदाता नामावलीमा दोहोरो नाम फेला परेको छ । जिल्लाका नेपालगञ्ज उपमहानगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा मतदाता नामावलीमा दोहोरो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले त्यसमध्ये सबैभन्दा बढी नेपालगञ्जको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

महेन्द्रनगर (धनुषा),  जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसनल नेपाल तथा आसमान नेपालको सहकार्यमा सञ्चालित शिक्षा परियोजनाअन्तर्गत सो विद्यालयको भवन निर्माण गरिएको हो ।   विदेह नगरपालिका–५ स्थित आधारभूत विद्यालय मुडिवामा रु ९४...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९