काठमाडौँ । आइपीएलको १८औं सिजन समाप्त भएको छ । यस प्रतियोगिताको उपाधि रोयल च्यालेन्जर्स बैंगलुरुले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा बैंगलुरुले पञ्जावलाई ६ रनले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।हरेक पटक जस्तै यस पटक पनि उपाधि जित्ने टोलीमाथि पैसाको वर्षा भएको छ । च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोरलाई पुरस्कारको रूपमा २० करोड भारु भएको छ । साथै, उपविजेता पञ्जाब किंग्सले १२.५ करोड भारु प्राप्त गर्यो ।
आईपीएलमा टोलीहरूलाई दिइने पुरस्कार रकम बाहेक, धेरै अन्य पुरस्कारहरू पनि दिइन्छ । यसमा ओरेन्ज क्याप, पर्पल क्याप, फेयर प्ले अवार्ड जस्ता पुरस्कारहरू समावेश छन् । फाइनल खेलको प्लेयर अफ द म्याच कृणाल पाण्ड्या बनेका थिए र उनले ५ लाख भारु पाएका छन् । त्यस्तै सिजनको उदाउँदो खेलाडी साई सुदर्शनले १० लाख पुरस्कार पाएका छन् । उनले यस आइपिएलमा गुजरात टाइटन्सबाट खेल्दै सबैभन्दा बढी ७५९ रन बनाएका थिए । त्यस्तै सिजनको सुपर स्ट्राइकर अफ द सिजनको उपाधि राजस्थान रोयल्सबाट खेलेका १३ बर्षिय वैभव सूर्यवंशीले गाडी प्राप्त गरेका छन् ।
त्यसैगरी सिजनमा सबैभन्दा बढी ४० छक्का प्रहार गरेका लखनउ सुपर जाइन्टका निकोलस पूरनले १० लाख प्राप्त गरेका छन् भने सबैभन्दा बढी चौका प्रहार गर्ने साइ सुदर्शनले १० लाख भारु प्राप्त गरेका छन् ।त्यस्तै यस सिजनमा सबैभन्दा बढी डट बल फाल्ने बलर मोहमद सिराजले १० लाख भारु प्राप्त गरेका छन् भने सबै भन्दा बढी क्याच लिने कामिन्दु मेन्डिसले पनि १० लाख भारु प्राप्त गरेका छन् ।
त्यस्तै यस सिजनको फेयर प्ले अवार्ड ट्रफी चेन्नई सुपर किंग्सले जितेको छ ।त्यस्तै गरि यस सिजनमा सबैभन्दा बढी २५ विकेट लिएर गुजरातक प्रसिद्ध कृष्णले पर्पल क्यापसहित १० लाख प्राप्त गरेका छन् भने धेरै रन बनाउने साइ सुदर्शनले ओरेन्ज क्यापसहित १० लाख जितेका छन् ।त्यस्तै यस सिजनको सबैभन्दा उत्कृष्ट खेलाडीको अवार्ड भने मुम्बई इण्डियन्सका सूर्यकुमार यादवले जितेका छन् । उनले पुरस्कारस्वरूप १५ लाख प्राप्त गरेका छन् ।





















































































































































