अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ११ जना पक्राउ

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ दुर्गानगरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४६ एम्पुल, तालजेसिक ४६ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय सुनिल राई र २६ वर्षीय पवन घर्ती रहेका छन् । इलाका प्रहरी कार्यालय बुटवल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरीले सुनिलको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

जुम्ला, चन्दननाथ नगरपालिका-४ भारतिवाडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय समुन्द्र गिरी र १९ वर्षीय प्रशान्त थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले समुन्द्रको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

 

सर्लाही, मलंगवा नगरपालिका-१० बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ हजार ६ सय ७० ट्याब्लेट सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१० बस्ने २८ वर्षीय शनि झा, २८ वर्षीय मुकेश पण्डित र चक्रघट्टा गाउँपालिका-२ औरही बस्ने १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।

 

 

झापा, मेचीनगर नगरपालिका-६ पिङ्की ठ्याकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ७ सय २० मिलिग्राम सहित भारत दार्जिलिङ खरीबारी बस्ने २४ वर्षीय अभिजित सिंहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

 

 

बाँके, नेपालगंज उपमहानगरपालिका-१४ उदयपुर बस्ने १९ वर्षीय सुनिल खटिकलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३ ग्राम ९ सय मिलिग्राम सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित उनकै घर आँगनबाट पक्राउ गरेको हो ।

 

 

महोत्तरी, बर्दिबास नगरपालिका-८ रमानन्दचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम, नगद ५१ हजार ५ सय ५१ नेपाली रूपैयाँ र २० हजार १ सय ४० भारतीय रूपैयाँ सहित जलेश्वर नगरपालिका-२ जलेश्वर बस्ने ३२ वर्षीय सिकेन्द्र साहलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले जलेश्वरबाट बर्दिबासतर्फ आउँदै गरेको लु.२ च २१२४ नम्बर कारलाई तलासी गर्दा उक्त पदार्थ र नगद फेला पारी कार चालक सिकेन्द्रलाई पक्राउ गरेको हो ।

 

 

 

सुनसरी, धरान उपमहानगरपालिका-१७ स्थित डाँडाघोपा बस्ने २२ वर्षीय टाइटस कार्कीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ५ सय ७० ट्याब्लेट, कोलिवान १ हजार ७ सय ८० ट्याब्लेट र डिक्लोव्याक ६० ट्याब्लेट सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी रेल्बेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?