बौनिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य कोकिला खत्रीले स्थानीय लिटिल स्टार ट्रेनिंग सेन्टरलाई पोशाक वितरण गरेकी छ्न्। वडा नम्बर तीनबाट निर्वाचित खत्रीले स्थानीय स्तरमा खेलकुद तथा खेलाडीको विकासमा टेवा पुर्याउन खेकुदल पोशाक वितरण गरेकी हुन्।
लिटिल स्टारको आयोजनामा आउँदो श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा हुन गइरेको १९ बर्ष मुनिका पुरुषहरुको दोस्रो राष्ट्रव्यापी भलिबल प्रतियोगितालाई सफल पार्नका लागि आज एक कार्यक्रमका बीच पोशाक हस्तान्तरण गरिएको हो। प्रतियोगिता यहि भदौ १२ गतेदेखि १४ गतेसम्म वडा नं ३ स्थित रामजानकी मन्दिर (खैरेनी) खेल मैदानमा सञ्चालन हुनेछ। सो प्रतियोगितामा देशभरका ३० टिमको सहभागिता हने आयोजकले जनाएको छ।
खेलकुद पोशाक वितरण गर्दै खत्रीले खेलक्षेत्रको विकासका लागि आफुले सधै सहयोग गर्ने प्रतिबद्धता समेत जनाईन्। युवाहरुलाई मानसिक तथा शारीरिक रूपमा स्वच्छ र समग्र खेलकुदको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको बताइन्।
खेलकुदको माध्यमबाट युवाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलकुदमा सरकारले विशेष लगानी र जोड दिन आवश्यक छ, उनले भनिन्। उनले खेलकुद क्षेत्रको विकासका लागि खेलाडीमा लगानी र उचित व्यवस्थापनको खाँचो रहेको समेत बताईन्।
कार्यक्रममा वडासदस्य तथा कार्यपालिका सदस्य टंक ओली, खेलाडी तथा प्रशिक्षकको सहभागीता थियो।

























































































































































