बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रबार देखि गाउँपालिका अंतरगत मावि कक्षा ९ -१० स्तरीय प्रथम उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता शुरु भएको थियो । बर्दगोरिया गाउँपालिकाको कार्यालयको प्रायोजनमा बसन्तमुरारी नमूना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिता आईतवार एक कार्यक्रमका बीच समापन गरिएको छ । वसन्त मुरारी नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक बहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।
आयोजक बसन्त मुरारी नमूना माविका प्रधानाध्यापक भुमी प्रकाश बमको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा विशिष्ट अथितिका रूपमा पालिका उपाध्यक्ष भगवती देवि डगौरा ,अथितिका रूपमा बर्दगोरिया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्की , वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा र वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार लगाएत रहनु भएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्ष बलिराम डगौरा थारुले विद्यार्थीको शारीरिक , मानसिक तथा खेलप्रतिको लगावलाई अझ प्रभावकारी बनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले अन्य नगपालिका र गाउँपालिकाले के गर्छन् थाह भएन ' , तर हामीले माघी पर्वलाई मध्यनजर गरि पालिका स्तरको शिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी थालेको बताउनुभयो ।
समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौराले विद्यालय स्तरमै राम्रो प्रतीभावान खेलाडी बनाउन र किशोरीहरुलाई खेल र खेलकुदमा समेत अगाडि बढाउन उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता राखिएको बताउनुभयो । उहाँले यसअघि पनि प्रतियोगिता राख्ने तयारी गरिएपनि कोरोना महामारीका कारण त्यो सफल हुन नसकेको बताउनुभयो । खेलका माध्यमबाट समेत किशोरीको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको र यसले महत्त्वपूर्ण भुमिका खेलेको दावी गर्नुभयो ।
प्रतियोगितामा विभिन्न सामुदायिक र संस्थागत गरि ९ विद्यालयका छात्रा खेलाडीले भाग लिएका छन । कार्यक्रमको सञ्चालन वसन्त मुरारी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक राकेश हमालले गर्नुभएको थियो ।
समापन कार्यक्रममा प्रथम,दृतिय र तृतीय भएका छात्रा हरुलाई पुरुस्कार वितरण गरिएको थियो भने प्रथम पुरुस्कार वसन्त मुरारी माध्यमिक विद्यालय बौनियाले हात पारेको छ भने दृतिय पुरुस्कार जगदम्बिके भगवती माध्यमिक विद्यालय रानीकुण्डा र तृतीय पुरुस्कार जगत तारा इंग्लिश बोडिङ्ग स्कुलले हात पारेको छ । (हेर्नु होस् यो भिडियो सहित)




























































































































































