श्रीमतीको हत्या गर्ने श्रीमान गोदाबरीवाट पक्राउ

ललितपुर । आफ्नै श्रीमती ३४ वर्षीया कमलामाया खड्कीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१४ ठैव बस्ने काठमाडौं चन्द्रागिरी नगरपालिका–८ घर भएका ४६ वर्षीय निरोज कुमार खड्कीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।निरोजले कुटपिट गर्दा कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?