पर्वत, देउसीभैलोबाट सङ्कलित रकमले सदरमुकाम कुश्मामा ‘बास्केटबल कोर्ट’ निर्माण सुरु भएको छ । पर्वत जिल्ला बास्केटबल सङ्घले कुश्मा नगरपालिका–५ स्थित बडागाउँमा कोर्ट बनाउन थालेको हो ।जिल्ला बास्केटबल सङ्घका अध्यक्ष मीनबहादुर पुनले देउसीभैलोबाट सङ्कलित रु पाँच लाख ८७ हजार ९८६ कोर्ट निर्माणमा उपयोग गरिएको जानकारी दिँदै सङ्घका सबै पदाधिकारी श्रमदानमा जुटेका बताउनुभयो । अपुग रकम कुश्मा नगरपालिकाले प्रदान गर्ने नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।
कोर्टमा फाइबर बोर्ड, प्याराफिट, तारजालीलगायतका संरचना निर्माण हुने अध्यक्ष पुनले जानकारी दिनुभयो । कोर्ट रु १४ लाखमा पूरा लक्ष्य रहेको उहाँले सुनाउनुभयो । साथै अध्यक्ष पुनले देशविदेशमा रहेका पर्वतका बास्केटबलप्रेमीलाई कोर्ट निर्माणमा सहयोग गर्न अनुरोध गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






























































































































































