आइतवार, बैशाख २, २०८१

‘सरकारले सहयोग गरे ८० प्रतिशत औषधिको माग पूरा गर्छौं’-उमेशलाल श्रेष्ठ

काठमाडौं ।औषधि उद्योगी तथा व्यवसायी उमेशलाल श्रेष्ठले मुलुक तत्काल औषधीमा आत्म निर्भर हुन नसक्ने बताएका छन् ।अहिले देशमा कुल ६२ वटा औषधि उद्योगहरुले औषधि उत्पादन गरिरहेका छन् । ती कम्पनीहरुले उत्पादन गरेको औषधिले कुल मागको ५० प्रतिशत मात्रै धान्न सक्ने श्रेष्ठले बताए । सरकारले औषधि उद्योगहरुलाई सहयोग मात्र गर्ने हो भने ८० प्रतिशत माग पूरा गर्न सक्ने उनको भनाइ छ । श्रेष्ठले उद्योग वाणिज्य महासंघको निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट उपाध्यक्ष (बस्तुगत) मा उम्मेदवारी दिएका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation