उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

बागमती,  मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ ।प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवद्र्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकयीय पहिचानका रुपमा पनि जोडिन लागेको हो ।

 

 

विशेषगरी ग्रामीण परिवेशमा गाई–भैँसी पाल्ने किसानले दही जमाउनका लागि दारको ठेकी सबैभन्दा राम्रो मानिने भएका कारण पनि यसको आफ्नै विशिष्ट महत्व रहेको डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख राकेशप्रसाद चन्द्रवंशीले बताउनुभयो ।छिल्ला समयमा गाई–भैँसीपालनको क्रम घट्दै गएको र प्लाष्टिक तथा धातुुजन्य सामग्रीको प्रयोग बढ्दै जाँदा कतै यसको पहिचान नै हराउने होकि भन्ने चिन्ता बढाएको छ । दारको ठेकीको महत्वलाई उजागर गर्नकै लागि डिभिजन वन कार्यालय, हेटौँडाले विगत तीन वर्षयता दारको काठको प्रवद्र्धन गर्ने गरी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 

प्रमुख चन्द्रवंशी उहाँका अनुुसार समुदायसँगको सहकार्यमा कार्यालयले दारका बिरुवाका लागि नर्सरी, तारबारका साथै गोडमेल आदिमा सहयोग गरिरहेको छ ।मकवानपुरको चुरेको माथिल्लो भेग, मनहरी तथा लोथरभन्दा माथिल्लो भूभागमा दारका बोट प्रशस्त पाइने उहाँले जानकारी दिनुुभयो । पछिल्लो समय काठको ठेकीको प्रयोग र संरक्षण नहुँदा यो लोपोन्मुख अवस्थामा पुगेको थियो ।दही जमाउने यन्त्र र प्लाष्टिक तथा धातुजन्य उपकरणको प्रयोग बढ्दै गएका कारण पनि यहाँको पहिचानका रुपमा रहेको दारको ठेकीलाई संरक्षण गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

 

 

वर्षौंअघि देखि नै मकवानपुरमा बनाइएको दारको ठेकी काठमाडौँ, भक्तपुर, ललितपुरलगायत विभिन्न जिल्लामा बिक्रीका लागि पु¥याइन्थ्यो । दारको संरक्षणका लागि सरकारी प्रयासँगै पछिल्ला वर्षमा यहाँका विभिन्न सामुदायिक वनले पनि सक्रियता बढाएका छन् ।हेटौँडा नगरपालिका वडा नं ५ स्थित पिप्ले पोखरा सामुदायिक वनले आफ्नो क्षेत्रमा दारका बिरुवा हुर्काउने अभियान सञ्चालन गरेको छ । सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम प्रदान गरिरहेको वन उपभोक्ता समितिका अध्यक्ष रामहरि चौलागाईंले जानकारी दिनुुभयो ।

 

 

उहाँका अनुुसार उक्त वनमा अघिल्लो वर्ष १५० वटा दाराका बिरुवा लगाइएको थियो । यस वर्ष थप एक सय बिरुवा थप्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । “मकवानपुरको पहिचान दारको ठेकी लोप हुने अवस्था अवस्थालाई दृष्टिगत गरी संरक्षण, प्रवद्र्धन र उपयोगका कार्यक्रम अघि बढाएका छौँ”, उहाँले भन्नुुभयो, “पिप्ले सामुदायिक वनअन्तर्गत महिला समूहलाई दारको ठेकी बनाउने तालिम दिँदै उद्यमशीलतासँग पनि जोड्न खोजिएको छ ।”

 

 

ग्रामीण क्षेत्रका पशुपालक किसानले दूध जमाएर दही बनाउने प्रयोजनका लागि दारको ठेकी प्रयोग गर्ने गरे पनि यो क्रमशः लोपोन्मुख बन्दै गए पछि संरक्षण र उपयोगका लागि तालिमहरूमा जोड दिइएको उहाँले उहाँले बताउनुुभयो ।अन्य काठका ठेकीको तुलनामा दारको ठेकी केही महँगो पर्ने उहाँको भनाइ छ । पिप्ले पोखरा सामुदायिक वनअन्तर्गत महिलाहरूले ठेकीलगायत उपहारका लागि प्रयोग गरिने सामान बनाएर बिक्री गर्दै आएको उल्लेख गर्दै उहाँले मकवानपुरको पहिचान दारको ठेकीलाई उद्यमशीलता एवम् पर्यटनसँग पनि जोड्न खोजिएको बताउनुुभयो ।

 

 

स्थानीय बूढापाकाका अनुसार प्राचीनकालदेखि नै मकवानपुर र आसपासका क्षेत्रमा ठेकी बनाउन दार अथवा देवदार प्रजातिका रूखको काठको प्रयोग गर्दै आइएको छ । अन्य काठको तुलनामा दारको काठ हल्का हुने र यसमा दही जमाउन सबैभन्दा राम्रो हुने भएकाले पनि सकेसम्म दार नै खोज्ने प्रचलन रहेको स्थानीयवासी रमेश थापाले जानकारी दिनुुभयो ।काठको ठेकी लोप हुँदै जाँदा यस क्षेत्रमा परम्परागत रुपमा ठेकी बनाउँदै आएका चुदाराहरूको पेसासमेत सङ्कटमा परेको उहाँले बताउनुुभयो ।

 

 

पर्यटन प्रवर्द्धन गर्न दारको ठेकी उपहार…
दारको ठेकी लोप हुने चिन्ताका बीच पिप्ले पोखरा सामुदायिक वनअन्तर्गतका महिला समूहले काठको ठेकीलाई उपहारका सामग्रीका रुपमा बिक्री गर्दै आएका छन् । महिला समूहले मागअनुसार ठेकी तयार गरी उपलब्ध गराउँदै आएको वनका अध्यक्ष चौलागाईंले बताउनुुभयो ।मकवानपुरको पहिचानलाई कायम राख्नका लागि हेटौँडा बसपार्क क्षेत्रमा दारको ठेकीको आकारको पानी ट्याङ्की निर्माण गरेको छ । हेटौँडा आएका पर्यटकहरूले बसपार्कमा रहेको उक्त ठेकी आकारको ट्याङकीलाई तस्बिरमा कैद गरी लैजाने गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं ४ मा पर्ने मनकामना मन्दिर जाने मार्गमा पनि पहिचान जोगाउन र पर्यटनसँग जोड्न दारको ठेकीसहितको पार्क निर्माण गरिएको छ । वासुदेव पौडेल / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९