१.रातो फारम कसले भर्ने
यदि तीन पुस्ता भित्र बाजे,बुवा र छोराको नाममा कुनै पनि ठाउँमा १ धुर जग्गा पनि दर्ता नभएको या ऐलानी जग्गा पनि नभएको या कम्तिमा ५ कट्टा जग्गा छ भने त्यस्ता घर परिवारले रातो फारम भर्ने ।
२.सेतो फारम कसले भर्ने
जुनसुकै ठाउँमा तीन पुस्ता भित्र बाजे, बुवा र छोराको नाममा जग्गा दर्ता प्रमाण पुर्जा भएको या ऐलानी जग्गा ५ कट्टा भन्दा बढी छ र सबै आफ्नो नाममा दर्ता गराउन चाहेको खण्डमा पुरै राजस्व लाग्ने गरि सेतो फारम भर्ने।
आवस्यक कागजातहरु
१.परिवारको सबैजनाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
२.नाबालिकको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ।
३.जसको नाममा दर्ता गर्ने हो पति पत्नी दुबैको पासपोर्ट साइजको फोटो।
४.खानेपानीको बिल ।
५.बिजुलीको बिल ।
६.जग्गा धनीपुर्जा ।
७.मतदाता परिचयपत्र ।
८.जमीन मात्र भए चारकिल्ला प्रमाणित ।कैलालीको बर्दगोरिया गाउँपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागि लगत संकलनको प्रारम्भिक काम सुरु भएको छ । भुमिहीनहरुको समस्या समाधानका लागि पालिकाले इकाई कार्यालय समेत संचालनमा ल्याई काम थालेको हो ।भूमिसम्बन्धी समस्या समाधानका लागि पालिकाले यहाँका जनप्रतिनिधि, कर्माचारीलगाएत सरोकारवालासंग आवश्यक छलफल र परामर्श गरिसकेको छ भने आवस्यक कर्मचारी नियुक्त गरि काममा खटाएको बर्दगोरिया गाउँपालिकाकी उपाध्यक्ष भगवती डगौरा थारुले जानकारी दिनुभयो । उहाँले पालिकाका ६ वटै वडामा प्रत्येक वडामा तीनरतीन जना कर्मचारी खटाइ सकिएको जानकारी दिनुभयो ।उहाँले भन्नुभयो “भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारको निर्देशनअनुसार पालिकामा समेत आवश्यक काम थालिसकेका छौ,जसको लागि यहाँका ६ वटै वडामा कर्मचारी खटाई काम थालिएको छ र पहिलो चरणमा रातो र सेतो फारम भरिनेछ ।उपाध्यक्ष डगौराका अनुसार भुमि सम्बन्धि समस्या समाधान आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत ९तथ्यांक० संकलनको लागि आधिकारिक रूपमा मिति तय गरेको छैन । तर पालिकाले भने कार्य संचालनमा सहयोग पुग्ने उदेश्यका साथ प्रारम्भिक चरणको काम थालिसकेको छ।संविधानले नै सबै नागरिकलाई आवासको हकको व्यवस्था गरेकाले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गरेर उनीहरुलाई जग्गा धनी पुर्जा उपलब्ध गराउने सरकारको रणनीति अनुसार यो कार्यमा सहयोग गर्न उपाध्यक्ष डगौराले सबैलाई आग्रह गर्नुभयो ।यता आयोगकाअनुसार कुनै व्यक्तिको तीन पुस्ता भित्र हजुरबुबा,बाजे,बुवा र छोरा को नाममा कुनै पनि ठाउँमा जग्गा दर्ता नभएको,ऐलानी जग्गा समेत नभएको वा कम्तिमा ५ कट्टा जग्गा छ भने त्यस्ता घर परिवारले रातो फारम भर्नुपर्छ भने देशका कुनैपनि ठाउँमा तीन पुस्ता भित्र हजुरबुवा बाजे, बुवा र छोराको नाममा जग्गा दर्ता प्रमाण पुर्जा भएको वा ऐलानी जग्गा ५ कट्टा भन्दा बढी छ र सबै आफ्नो नाममा दर्ता गराउन चाहेको खण्डमा पुरै राजस्व लाग्ने गरि सेतो फारम भर्नुपर्नेछ ।कुनै पनि दाजुभाइ दिदिबहिनीहरुले फारम भर्न नछुटाउनु होला। जसको नाममा पुर्जा बनाउने हो सो ब्यक्ती आफै उपस्थित भै ल्याप्चे सहिछाप गर्नु पर्ने भएकोले पति पत्नी मध्येका एक जना अनिवार्य हुनुपर्ने छ ।