Baigyanik Media

Advertisment

SKIP THIS

सूर्या लाइफको सहयोगमा दुई नेपालीले बने गिनिज वर्ल्ड रेकर्ड

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा लेखमणी तिर्ताल र उमेश कुमार गौतमले सर्वाधिक उचाइमा स्ट्याण्ड अप कमेडी गिग गरेर गिनिज वर्ल्ड रेकर्ड बनाउन सफल भएका छन् । उनिहरुले ५३०२ मिटरको उचाइमा रहेको कालपथ्थरमा कमेडी सो गरेका हुन् ।

उनिहरुले बैशाख २० गते उक्त सो आयोजना गरेका थिए । नेपालको नाम रहने भन्दै कम्पनीले उनिहरुलाई आर्थिक सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले जानकारी दिए । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरेको उनले बताए ।

दुई नेपाली ट्यालेन्टलाई विश्वमाझ चिनाउनका लागि कम्पनीले आर्थिक सहयोग गरेको हो । यस्तो कार्यले कम्पनी पनि नाम उज्वल  हुने खड्काले जनाए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation